Wednesday 5 Kartik, 2071 |
Menu

खेल

अन्तर ट्रेड युनियन भलिबल सुरु

(0 votes)
अन्तर ट्रेड युनियन भलिबल सुरु
काठमाडौं - पेसागत महासङ्घको आयोजना तथा नेपाल खेलकुद महासङ्घ आबद्ध राष्ट्रिय भलिबल सङ्घ नेपालको सहकार्यमा अन्तर ट्रेड युनियन भलिबल प्रतियोगिता आजदेखि ललितपुरको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा सुरु भएको छ ।
पेसाकर्मीहरूको हकहित, सुरक्षा, समान अवसर, जीवनवृद्धि र सुनिश्चित भविष्यका लागि भन्ने उद्देश्यका साथ गठन भएको महासङ्घको १९औँ स्थापना दिवसको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो।
यही जेठ ६ गतेसम्म चल्ने प्रतियोगितामा महासङ्घसँग आबद्ध सङ्घ–संस्थाका आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ। 
करिब रु ३ लाखको लागत रहेको प्रतियोगितामा विजयी टोलीलाई कप, प्रमाणपत्रसहित प्रथम हुनेलाई रु १५ हजार, दोस्रोलाई रु १० हजार र तृतीय र चौथो हुनेलाई क्रमशः रु पाँच/पाँच हजार प्रदान गरिनेछ। 
सो प्रतियोगिताको अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठले उद्घाटन गरे । रासस
फुटबल खेल्ने क्रममा १५ वर्षे युवतीको मृत्यु

फुटबल खेल्ने क्रममा १५ वर्षे युवतीको मृत्यु

लन्डन— फुटबल खेलिरहेकी एक १५ वर्षे युवतीको मैदानमै मृत्यु भएको छ। वेलायतकी उत्तरपूर्वी लेनक्यासाइरमा अन्डर–१६ गर्ल्स फुटबल म्याच खेल्ने क्रममा मेलिसा स्मिथले ज्यान गुमाएकी हुन्।

गाइड नहुँदा विक्रम दौडन पाएनन्

गाइड नहुँदा विक्रम दौडन पाएनन्

काठमाडौं, कात्तिक २– दक्षिण कोरियामा भइरहेको पारा एसियाली खेलकुदमा 'गाइड' नभएका कारण एथलेटिक्सका विक्रमबहादुर रानाले प्रतिस्पर्धा गर्न पाएनन्। आफूलाई दौडाउने मान्छे नभएपछि रानाले आइतबार २ सय मिटरमा सहभागि नसकेका हुन्। 

विमला आर्मीमा अनुबन्धित

विमला आर्मीमा अनुबन्धित

काठमाडौं- इन्चोन एसियाडकी पदकधारी विमला तामाङ सोमबार त्रिभुवन आर्मी क्लबसँग अनुबन्धित भएकी छन्। कराते खेलाडी विमलाले दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७औं एसियाली खेलकुदमा एकल काताबाट कांस्य पदक जितेकी थिइन्।

'लेखाको निर्णय पुनर्विचार गर'

'लेखाको निर्णय पुनर्विचार गर'

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) का जिम्मवार पदाधिकारीको २ महिनाका लागि पद स्थगन गर्ने सार्वजनिक लखा समितिको निर्णय पुर्नविचार गर्न राष्ट्रिय फुटबल खेलाडी, प्रशिक्षक र रेफ्रीले सामूहिक आग्रह गरेका...

रारामा बालकदेखि वृद्धसम्म दौडने

रारामा बालकदेखि वृद्धसम्म दौडने

जुम्ला- कर्णालीमा पहिलोपल्ट हुन लागेको जुम्ला–रारा अल्ट्रा म्याराथनमा भाग लिन ७ देखि ७२ वर्ष उमेर भएकाले नाम दर्ता गराएका छन्। कर्णालीको नाम राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चिनाउन आयोजित म्याराथनमा ऐक्यबद्धता जनाउन...

इन्चोनको भव्यताले अन्य आकांक्षीलाई चुनौती

इन्चोनको भव्यताले अन्य आकांक्षीलाई चुनौती

इन्चन- एसियाकै सबैभन्दा ठूलो खेल मेलाको १७ औं संस्करणले आइतबार विदा लिएसँगै यसको भविष्यलाई लिएर चिन्ता सुरु भएको छ। दक्षिण कोरियाले इन्चोन एसियाडलाई कम खर्चमा चुस्त आयोजनाको नमुनाका रुपमा प्रस्तुत...

रोनाल्डोको २२ औं ह्याट्रिकले रियल म्याड्रिड ५–० ले विजयी

रोनाल्डोको २२ औं ह्याट्रिकले रियल म्याड्रिड ५–० ले विजयी

म्याड्रिड—स्टार खेलाडी क्रिस्टियानो रोनाल्टो तथा ग्रेथ बेलको शानदार प्रदर्शनको मद्दतले रियल म्याड्रिडले स्पेनिस प्रिमियर लिगमा एट्लेटिको बिल्बाओलाई ५–० ले हराएको छ। रोनाल्डोको यो २२ औं लिग ह्याट्रिक हो। यो जितसँगै...

चेन्नइद्वारा च्याम्पियन्स लिगको उपाधि कब्जा

चेन्नइद्वारा च्याम्पियन्स लिगको उपाधि कब्जा

बैंगलोर- सुरेश रायनाको शतक प्रहारसँगै ट्वान्टी-२० च्याम्पियन्स लिगको उपाधि चेन्नइ सुपर किङ्गले जितेको छ। शनिबार राति भएको खेलमा कोलकता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै चेन्नइले उपाधि जितेको हो। रायनाले...