Wednesday 12 Jestha, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

कोर्ट बाहिरको स्टारडम

(0 votes)
कोर्ट बाहिरको स्टारडम सिपोरा गुरुङ
एउटा चोटले खेलाडीको पूरै जीवन अन्धकार बनाउन सक्छ। चोट घातक हुँदा खेलाडीले खेलजीवन नै त्यागेका उदाहरण विश्व खेलकुदमा कमी छैन। व्यावसायिक खेलकुदमा समेत खेलाडीहरू अर्थोपार्जनभन्दा पनि ग्ल्यामरका लागि होमिने गरेको पछिल्लो समयमा धेरै अध्ययनहरूले देखाएको छ। चोटले आराममा रहँदा ग्ल्यामरबाट टाढिनु खेलाडीका लागि अझै ठूलो पीडा हो। थोरै भाग्यमानी मात्र खेलमा सक्रिय नहुँदा सञ्चारमाध्यमको रोजाइमा परिरहन्छ।
nepali-patro-may
नेपाली खेलकुदमा भलिबल खेलाडी सिपोरा गुरुङ त्यस्ती भाग्यमानी खेलाडी हुन्, जो झन्डै दुई वर्ष कोर्टमा नदेखिए पनि सञ्चारमाध्यममा छाइरहेकी छन्। ग्ल्यामरसँग अझै जोडिन सफल भएकी छन्। खेलजीवनमा सक्रिय नहुँदा ओझेलमा पर्ने नियति सिपोराका लागि लागू भएको छैन। उनी अपवादका रूपमा लगातार 'स्टारडम' बढाइरहेकी छन्। पछिल्लो २० महिनामा सिपोरा एकपटक मात्र कोर्टमा देखिइन्। तर, फरक बहानामा सञ्चारमाध्यममा उनी खेल्दाभन्दा बढी छाइन्।
चोटले कोर्टमा उत्रने अनुमति नदिँदा उनी अचानक अन्य क्षेत्रको रोजाइमा परिन्। आकर्षक जीउडालकी पोखरेली सुन्दरीलाई त्यहीक्रम फिल्ममा खेल्नेदेखि मिस नेपालमा भाग लिनेसम्मको अवसर जुर्योर। 'फुर्सदको समय फिल्म सुटिङ र मिस नेपालमा भाग लिएर उपयोग गरेँ,' सिपोराले भनिन्, 'खेल्न नसकेका बेला पनि गुमनाम हुनुपरेन।'
१३ वर्षकै कलिलो उमेरमा राष्ट्रिय महिला भलिबल टोलीमा परेपछि ग्ल्यामरको दुनियाँमा पदार्पण गरेकी सिपोराको जीवनले दुई वर्षअघि एउटा दुःखद मोड लियो। २०६८ पुसमा पोखरामा सम्पन्न वाइवाइ अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताक्रम जम्पपछि ल्यान्डिङ गर्ने बेला उनले बायाँ घुँडामा चोट बोकिन्। चोटको प्रकृति थाहा नपाए पनि ६ महिना पूर्ण आरामको सल्लाह मिल्यो। चोट लागेपछि खेलमा फर्कन दुईपल्टको प्रयास असफल भयो।

फिल्मी यात्रा
भलिबल खेलाडीकै रूपमा उनी नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्ड २०६७ को लोकप्रिय खेलाडी चुनिइन्। तर, त्यसपछि चोटले उनलाई प्रशिक्षणबाट समेत बाहिर पार्योप। ११ कक्षाको अध्ययनमा केन्द्रित भएकै बेला 'घलेक द साइन अफ लभ' खेल्ने प्रस्ताव आयो। 'फिल्म खेल्छु भन्ने कहिल्यै लागेको थिएन। प्रस्ताव ठीकै लाग्यो। परिवार र शुभचिन्तकको खेल्ने निर्णय लिएँ,' उनी भन्छिन्, 'भविष्यमा फेरि फिल्म खेल्छु खेल्दिनँ थाहा छैन। केही प्रस्ताव आएका पछि छन्। सबै कुरा मिल्यो भने खेल्न पनि सक्छु। खेल्नैपर्छ भन्ने चाहिँ छैन।'

मिस नेपाल
फिल्ममा लागेपछि सिपोरा भलिबलबाट ग्ल्यामरको अर्कै दुनियाँमा प्रवेश गरेको चर्चा चल्न थाल्यो। जसले उनलाई पीडा हुन्थ्यो। भन्छिन्, 'त्यसपछि अभ्यासमा फर्किने प्रयास गरंे। दुईपल्ट चोट बल्भि्कयो। झन खतरनाक भयो। अझै खेल्न सकिरहेकी छैन।'
खेल्न नसकिरहेका बेला १२ कक्षाको परीक्षा सकेकी उनले गत वर्ष हिउँदमा मिस नेपालमा सहभागिताको अर्को मौका पाइन्। 'मिस नेपालमा भाग लिन मलाई खुब मन थियो। तर, केही वर्षपछि मात्र जाने योजना थियो। पोखरामा अडिसन भएकाले परिवारबाट भाग लिने सल्लाह मिल्यो,' मिस नेपालको शीर्ष ५ भित्र पर्नुका साथै मोस्ट ट्यालेन्टको उपाधि जितेकी सिपोरा भन्छिन्, '१२ को परीक्षाफल पनि राम्रो भयो।'

अन्तर्वार्तापछि उपचार
फरक कारणले चर्चामा रहे पनि उनी भलिबलमा फर्कन चाहन्थिन्। त्यसका लागि घुँडाको राम्रो उपचार जरुरी थियो। सम्बन्धित निकायले उचारमा चासो नलिइरहेका बेला उनका मेन्टरद्वय सुदर्शन रञ्जित र सरस्वती गुरुङले विदेशमा उपचार गराउने प्रयास थालिसकेका थिए। 'सुदर्शन दाई र सरस्वती म्यामले प्रयास गरिरहेका बेला मिस नेपालको केही सातापछि विजयकुमार पाण्डेले दिशानिर्देशमा मेरो अन्तर्वार्ता लिनुभयो। त्यति अन्तर्वार्ताले मेरो उपचारले सही दिशा लियो,' उनी सम्भि्कन्छन्, 'डाक्टर चक्रराज पाण्डेले अन्तर्वार्ता हेर्नुभएछ। उहाँले फोन गर्नुभयो। उहाँकहाँ पुगेपछि वास्तविक समस्या थाहा भयो। वैशाख ७ गते ४ लाख लाग्ने शल्यक्रिया उहाँले ग्रान्डी अस्पतालमा निःशुल्क गरिदिनुभयो।' उपचारपछि भलिबलमा फर्किन आफू आतुर रहेको उनी बताउँछिन्।
आर्मी बन्ने लक्ष्य
नेपाली सेनामा भर्ती हुने सिपोराको बाल्यकालदेखिकै लक्ष्य हो। उनी अझै त्यसमा कायम छिन्। गत वर्ष सहसेनानीका लागि फर्म भरे पनि चोटका कारण सहभागी हुन नपाएको पीडाले उनलाई अहिले पनि दुखाइरहेको छ। तर हार भने खाएकी छैनन्। भन्छिन्, 'उमेरले भ्याएसम्म प्रयास गरिरहन्छु। सेनाको अधिकृत हुनु मेरो सपना हो।'

अस्ट्रेलिया जाने तयारी
लामो समयदेखि खेल्न नसके पनि उनले बटुलेको लगातार चर्चाका कारण अस्ट्रेलियाको सिड्नीमा आइतबार ओली एन्ड एसोसिएट सिपोरा भलिबल प्रतियोगिता हुँदैछ। त्यसमा छन्त्याल परिवार, नेपलिज रिक्रिएसन क्लब, तमु समाज, पोखरा समाज, म्याग्दी सेवा समाज, बाग्लुङ अस्टे्रेलिया समुदाय, थकाली समाज र मगर समाजले प्रतिस्पर्धा गर्दैछन्। सिपोरा अभितित फिल्म प्रदर्शनसँगै उनलाई सम्मान गर्ने कार्यक्रम छ। 'विदेशमा बस्ने नेपालीले सम्झनुभयो। त्यो नै मेरो लागि ठूलो सम्मान हो,' प्रतियोगिताका लागि सिड्नी उड्ने तयारीमा रहेकी उनले भनिन्, 'अहिलेसम्म राम्रो काम गरेकाले त्यसकै मूल्यांकन भएको ठानेकी छु।'

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...