Sunday 18 Magh, 2071 |
Menu

खेल

HUB

कल्याण र केशरीको प्रदर्शन निराशाजनक

(0 votes)
काठमाडौं- भारतको पुनेमा जारी एसियन एथलेटिक्स च्याम्पियनसिपमा नेपाली खेलाडीको खराब प्रदर्शन हिजो दोस्रो दिन पनि जारी रह्यो। कल्याण बानियाँ र केशरी चौधरी दुवैले आफ्नो प्रदर्शनमा सुधार ल्याउन सकेनन्।
गत चैत अन्तिम साता ३८औं राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा १ सय मिटर हर्डल्समा राष्ट्रिय कीर्तिमान बनाएकी पुलिस क्लबकी केशरी पुनेमा कीर्तिमानभन्दा निकै पछि रहिन्। उनले १७.६१ सेकेन्डमा दूरी पूरा गरिन्। जबकि उनको नाममा १५.९ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ। घरेलु ट्र्याकमा सफल मानिएकी केशरीले पहिलो प्रयासमै हर्डल्समा कीर्तिमान राखेकी थिइन्। 
आर्मी क्लबका कल्याणले १५ सय मिटर दौड ४ मिनेट ०४ दशमलब ८१ सेकेन्डमा पार गरे। राष्ट्रिय एथलेटिक्समा उनले उक्त दुरी ३ मिनेट ५८.०१ सकेन्डमा सकेका थिए। असोजमा सम्पन्न राष्ट्रिय खुला एथलेटिक्स च्याम्पियनसिपमा कल्याणको टाइमिङ ३ मिनेट ५८.९ सेकेन्डको थियो। बुधबार स्पि्रन्टर तिलकराम थारुले १०० मिटर दौड ११.१० सेकेन्ड र दिलमाया कार्कीले ४०० मिटर दौड ६१.६३ सेकेन्डमा पूरा गरेका थिए।
एथलेटिक्सका मुख्य प्रशिक्षक सुशील नरसिंह राणाले नेपाली खेलाडीको प्रदर्शन अपेक्षा विपरीत आइरहेको बताए। 'कल्याणको इभेन्टमा कडा टक्कर हुने भएकाले धेरै अपेक्षा थिएन। तर केशरीले राम्रो गर्लिन् भन्ने थियो। त्यस्तो भएन,' राणाले नागरिकसँग भने, 'अरुको भन्दा आफ्नो कीर्तिमान भंग गर्न केही सहज हुन्छ। किन उनको प्रदर्शन बिर्गियो, म अहिले भन्न सक्दिनँ। फर्केपछि प्रशिक्षकले बताउँलान्।' प्रशिक्षक राजेश वज्राचार्य र ४ खेलाडी तीन दिनको यात्रापछि पुने पुगेका थिए।
पुबुदु र प्रफुल्ल सम्मानित

पुबुदु र प्रफुल्ल सम्मानित

धनगढी- नेपाली क्रिकेटका दुई हस्ती पुबुदु दासानायके र प्रफुल्ल वैद्य शुक्रबार सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) बाट सम्मानित भएका छन्। दी होटल डिभोटी कपको चौथो संस्करणको उद्घाटनका अवसरमा सिंचाइमन्त्री एनपी साउदले राष्ट्रिय...

माइभ्याली गोल्डकप सुरु

माइभ्याली गोल्डकप सुरु

इलाम-तीन लाख पुरस्कार राशीको टुवर्ग माइभ्याली गोल्डकप प्रतियोगिता बिहीबार इलाममा सुरु भएको छ। अखिल नेपाल फुटवल संघ (एन्फा) कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित उद्घाटन कार्यक्रम भव्यरुपमा सम्पन्न भयो।...

ब्लाटरका प्रतिद्वन्द्वी फिगो

ब्लाटरका प्रतिद्वन्द्वी फिगो

लन्डन- पार्चुगल र रियाल मड्रिडका पूर्वविंगर लुइस फिगोले बुधबार सेप ब्लाटरविरुद्ध फिफा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

‘संरचनामा सुधार आवश्यक’

‘संरचनामा सुधार आवश्यक’

काठमाडौं-विश्व क्रिकेट लिग डिभिजन–२ मा सोमबार फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ। नामिबियामा सम्पन्न प्रतियोगिताको चौथो स्थानमा रहँदै नेपाल डिभिजन २ मा यथावत रहेको थियो।...

नेपालको डिभिजन २ को यात्रा: लक्ष्य भेटे उपलब्धि थेग्न सक्ला?

नेपालको डिभिजन २ को यात्रा: लक्ष्य भेटे उपलब्धि थेग्न सक्ला?

काठमाडौं-नामिबियाबाट उपाधि जितेर फर्कने लक्ष्यसाथ नेपाली राष्ट्रिय क्रिकेट टोली विशेष तयारी गर्न बुधबार दक्षिण अफ्रिकातिर लागेको छ। जनवरी १७ देखि २४ सम्म नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ को...

जागिरसँगै डिभिजन २ को साइत

जागिरसँगै डिभिजन २ को साइत

काठमाडौं-आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीलाई दक्षिण अफ्रिका जानु अघिल्लो दिन मंगलबार नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका १४ सहित २२ खेलाडीसँग करार अनुबन्धन गरेको छ। राष्ट्रिय...

छ खेलाडीलाई छात्रवृत्ति

छ खेलाडीलाई छात्रवृत्ति

काठमाडौं- अर्को बर्ष ब्राजिलमा हुने ३२औं गृष्मकालिन ओलम्पिक खेलकुदका लागि ६ नेपाली खेलाडीले विशेष प्रशिक्षण लागि छात्रवृत्ति पाएका छन्। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) को पहलमा एथलेटिक्सकी संगीता...

डिभिजन २ तयारी: दक्षिण अफ्रिका यात्रामा ढिलाइ

डिभिजन २ तयारी: दक्षिण अफ्रिका यात्रामा ढिलाइ

काठमाडौं-विश्व क्रिकेट लिग डिभिजन २ को विशेष तयारीका लागि दक्षिण अफ्रिका जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको योजना भिसा समस्याका कारण पछि सरेको छ। जनवरी १७ देखि २४ सम्म अफ्रिकी मुलुक...