Thursday 8 Shrawn, 2071 |
Menu

खेल

विक्रम फेरी उत्कृष्ट

(0 votes)
विक्रम फेरी उत्कृष्ट
काठमाडौं - विक्रमबहादुर राना पल्सर स्पोर्टस अवार्डमा दुईपल्ट पारा एथलिट वर्ष खेलाडी बन्ने पहिलो खेलाडी बने। २०६६ बाट सुरु भएको यो अवार्ड विक्रमले २०६७ मा पहिलो पटक पाएका थिए। दुवैपटक उनले एथ्लेटिक्स र क्रिकेटबाट यो अवार्ड जिते।
अघिल्लो वर्ष लन्डन पारा ओलम्पिक्समा सहभागी २ नेपाली खेलाडीमा विक्रम पनि थिए। उनले १ सय र २ सय मिटरमा राष्ट्रिय कीर्तिमान बनाए। उनी १२.८१ सेकेन्डमा १ सय मिटर पार गरी १८ खेलाडीमध्ये १५औं भए। २ सय मिटर उनले २६.९५ सेकेन्डको समय निकाल्दै १८औं स्थानमा रहे। उनको दुवै समय पारा ओलम्पिकमा दक्षिण एसियाली कीर्तिमान हो। 
तीन बर्षअघि ग्वान्जाउ एसियाडमा १ सय मिटरमा कायम गरेको १२.८५ सेकण्ड र २ सय मिटरमा कायम गरेको २७.३१ सेकेन्डको कीर्तिमान उनले लन्डनमा सुधारे। तीन वर्ष अगाडी विक्रमले अवार्ड पाउनुको कारण ग्वान्जाउ एसियाड नै थियो।
लन्डनबाट फर्केपछि उनले बैङ्लोरमा आयोजित नेत्रहीन विश्वकप क्रिकेट पनि खेले। बैङ्लोरमा पनि उनले उच्च स्तरको प्रदर्शन गरे। उनकै ५८ रन र १ विकेटको सहयोगमा नेपालले बंगलादेशविरुद्ध नौ विकेटको ऐतेहासिक जित रच्यो। दृष्टिविहिन वर्ल्डकपमा उनले नेपालको निम्ति सर्बाधिक १ सय ५४ रन बनाए। २ विकेट पनि लिए। उनी एकै बर्ष पारा ओलम्पिक र नेत्रहीन विश्वकप खेल्ने दुर्लभ खेलाडी बने।
नेपाली सेनाका सुबेदार विक्रमको २०६० मा कर्तव्यपालन दौरान नुवाकोटमा एम्वुसमा परी दृष्टि गुमेको थियो।
२४ खेलबाट २ सय १७ खेलाडी पठाउने तयारी

२४ खेलबाट २ सय १७ खेलाडी पठाउने तयारी

काठमाडौं-दुई महिनापछि दक्षिण कोरियाको इन्चोनमा हुने १७औं एसियाली खेलकुदमा नेपालबाट २४ खेलमा २ सय १७ खेलाडी सहभागी गराउने तयारी भइरहेको छ।

कप्तान जेरार्डको संन्यास

कप्तान जेरार्डको संन्यास

लन्डन– इङ्ल्यान्डका कप्तान स्टेभन जेरार्डले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेको इङ्ल्यान्डको फुटबल एसोसिएसनले सोमबार जनाएको छ। युक्रेनविरुद्ध वेम्बलीमा २–० को विजय हात पार्दा राष्ट्रिय टोलीबाट 'डेब्यु' गरेका लिभरपुलका मिडफिल्डर जेरार्डले...

बिदा मनाउन आउँदा सात कीर्तिमान

बिदा मनाउन आउँदा सात कीर्तिमान

काठमाडौं- लन्डनबाट बिदा मनाउन आएकी ११ वर्षे किशोरी गौरिका सिंहले १९औं राष्ट्रिय खुला तथा १२औं ग्यालेक्सी कप अन्तरस्कुल पौडी च्याम्पियनसिपमा सात नयाँ राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाइन्।

द्वन्द्वको पेलाइमा राष्ट्रिय खेलकुद

द्वन्द्वको पेलाइमा राष्ट्रिय खेलकुद

काठमाडौं- निर्वाचनको बहानामा एक वर्ष सरेको बृहत राष्ट्रिय खेलकुदको सातौं संस्करण राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयको द्वन्द्वका कारण यो वर्ष पनि नहुने भएको छ।

स्वारेज बार्सिलोनामा पक्का

स्वारेज बार्सिलोनामा पक्का

बार्सिलोना– स्पेनिस क्लब बार्सिलोनाले उरुग्वेका स्ट्राइकर लुइस स्वारेज अब सतप्रतिशत आफ्नो टोलीको खेलाडी भएको बताएको छ। अघिल्लो सिजन लिभरपुलमा बिताएका स्वारेज गत साता ७ करोड ५० लाख पाउन्डमा बार्सिलोनामा आबद्ध...

२० वर्षअघिको त्यो दिन

२० वर्षअघिको त्यो दिन

रियो द जेनेरियो– कोलम्बिया २० वर्षअघि विश्वकपको क्वार्टरफाइनल पुगेको भए राष्ट्रिय टोलीका रक्षक एन्ड्रेस इस्कोबारको हत्या गरेको अन्तर्राष्ट्रिय लज्जाजनक घटनाबाट देश बच्ने थियो। 

अमेरिकालाई पछि पार्दै बेल्जियम अन्तिम आठमा

अमेरिकालाई पछि पार्दै बेल्जियम अन्तिम आठमा

साल्भाडोर- अतिरिक्त समयमा केभिन डि ब्रोएन र रोमेलु लुकाकुको गोलको मद्दतले अमेरिकालाई २-१ ले पराजित गर्दै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार बिहान भएको खेलमा निर्धारित ९० मिनेटमा कुनै गोल...

मेसी परिपक्व

मेसी परिपक्व

अर्जेन्टिना दुई खेलबाटै नकआउट चरण पुगिसकेकाले नाइजेरियासँग खेल्दा सुरक्षित खेल्यो। आउने खेलहरू अझै कठिन हुने भएकाले त्यो गर्नु उपयुक्त हुन्छ। खेलाडीलाई आराम दिने, इन्जुरीबाट जोगाउन दबाब कम भएको खेललाई अवसरमा...