18 Baishak, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

हट्यो बन्देज, चाहिएजति तेल र भरी सिलिण्डर ग्यास लिनुहोस्

(0 votes)
nepalipatr-april

काठमाडौं– आपूर्ति मन्त्रालयले नेपाल आयल निगमअन्तर्गत पेट्रोलियम इन्धन तथा खाना पकाउने एलपी ग्यासमा लगाउँदै आएको परिमाणात्मक बन्देज हटाएको छ। नाकाबन्दी खुलेपछि नेपाली बजारमा दैनिक मागको करिब ७० प्रतिशत इन्धन भारततीय आयल निगम(आइओसी)बाट आयात भइरहेकोले मन्त्रालयले त्यस्तो बन्देज हटाएको आपूर्ति मन्त्री गणेशमान पुनले बताए। 'नाकाबन्दीको अवधिमा दुईपाङ्ग्रे सवारीलाई ५ लिटर र चार पांग्रेलाई १५ लिटरका दरले इन्धन दिने गरी लगाइएको बन्देज हटाइएको छ,' मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले भने, 'आफूलाई चाहिँदो मात्रै इन्धन लिनुस्, स्टक गर्नु जरुरी छैन। केही दिनमै मागको शतप्रतिशत इन्धन आउने अपेक्षा छ।'

मन्त्रालयले खाना पकाउने एलपी ग्यासमा लगाउँदै आएको ७ दशमलव १ किलोको परिमाणत्मक बन्देज पनि हटाएको छ। उद्योगी व्यववसायीले आधा सिलिण्डर ग्यास बिक्री गर्दा लागत बढेको र मुनाफा कम भएको भन्दै निगमलाई भरी सिलिण्डर उपलब्ध गराउने व्यवस्था गर्न आग्रह गर्दै आएको थियो। मंगलबार देखि उद्योगहरुले डिपोमार्फत १४ दशमलव २ किलो परिमाणको भरी सिलिण्डर बिक्री वितरण गर्नुपर्ने छ।

नेपाल आयल निगमले नाकाबन्दीपछिको अवस्थालाई ध्यान दिँदै डिपो सुधार, नयाँ डिपो निर्माण तथा मध्यपहाडी लोकमार्गलगायत रणनैतिक महत्वका स्थानहरुमा डिपो निर्माण गर्न अध्ययन गरी प्रस्ताव ल्याउन पनि निगमलाई निर्देशन दिएको छ। 'मन्त्रालयले करिब ४ महिनाका लागि पुग्ने पेट्रोलियम पदार्थ स्टक गर्न सक्ने क्षमताका लागि डिपो सुधारको प्याकेज सुरु गर्न लागेको छ,' उनले भने। ग्यास वितरण प्रभावकारी बनाउन निगममा कन्ट्रोल रुमको व्यवस्था गरी निगरानी गरिएको, वितरण अनुगमन प्रभावकारी बनाउन सर्वपक्षीय अनुगमनको व्यवस्था गरिएको पनि मन्त्री पुनले जानकारी दिए।

पेट्राेलियम अापूर्ति सहज बनाउन चिनियाँ कम्पनीसँग भएका सहमतिहरूलार्इ सम्भाैतामा बदल्न अन्तिम प्रयास भइरहेकाे पनि उनले बताए।

गत माघमा मात्रै व्यापारिक फर्म तथा पम्पहरु मध्ये ६ ओटालाई विभिन्न कसुरमा मुद्दा दायर गरिएको, ९ ओटासँग स्पष्टिकरण मागिएको र ३ ओटालाई कारवाही सिफारिस गरिएको जनाएको छ। मन्त्रालयले अनधिकृत रुपमा पेट्रोलियम पदार्थको बिक्री वितरण नगर्न पनि आग्रह गरेको छ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...