Monday 20 Baishak, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

अथक योद्धाको अवसान

(0 votes)
अथक योद्धाको अवसान
काठमाडौं-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको मंगलबार बिहान निधन भएको छ। लामो समयदेखि फोक्सो र जिब्रोको क्यान्सर एवं निमोनियाले पीडित निष्ठावान राजनीतिज्ञ कोइरालाको मंगलबार बिहान १२ बजेर ५० मिनेटमा राजधानीको महाराजगन्जस्थित निवासमा 'हृदयघातले' निधन भएको हो।


nepalipatr-april
संविधानसभाबाट संविधान लेख्ने सात दशक लामो जनचाहनालाई पूर्णता दिने कामको नेतृत्व लिएका कोइराला सादगी नेताका रुपमा परिचित थिए ।

७८ वर्षअघि विराटनगरमा जन्मेका कोइरालाले लोकतन्त्र स्थापना र पुनःस्थापनामा महत्वपूर्ण योगदान पु¥याएका थिए । सत्ता र शक्तिमोहबाट टाढा पार्टी राजनीतिमै जीवनका अधिकांश समय बिताएका कोइराला दोस्रो संविधानसभा चुनावपछि प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । पहिलोपटक लाभको पदमा पुगेका कोइरालाले २० महिना लामो सरकारको नेतृत्वमा रहँदा शान्ति स्थापना र संविधान निर्माणमा विशेष जोड दिएका थिए ।

एक वर्षभित्र लोकतान्त्रिक संविधान निर्माणलाई आफ्नो कार्यभार बताउँदै सत्तारोहण गरेका कोइरालाले आठ महिना ढिलो जिम्मेवारी पूरा गरेका थिए । एकता, सहमति, सहकार्य र मेलमिलापको राजनीतिलाई जोड दिँदै आएका उनले प्रमुख दलबीच संविधान निर्माणमा देखिएको धु्रवीकरण हटाएर संविधान निर्माण अघि बढाएका थिए ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकाल अन्त्य गर्दै कोइरालाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न महŒवपूर्ण भूमिका निर्वाह गरेको बताए । कोइरालाको निधनको खबरपछि मंगलबार बिहान महाराजगन्ज निवास पुगेका प्रधानमन्त्री ओलीले भने, 'उहाँको सकारात्मक र दृढ भूमिकाकै कारण संविधान निर्माण सम्भव भएको हो ।'

संविधान जारी गर्न कोइरालाले देखाएको सकारात्मक भूमिका र दृढतालाई सबै नेपालीले सधैं स्मरण गरिरहने जनाउँदै प्रधानमन्त्रीले भने, 'उहाँले जहिले पनि एकता, सहमति, सहकार्य र मेलमिलापको राजनीतिमा जोड दिँदै आउनुभएको थियो, त्यसलाई अनुशरण गर्दै मुलुकमा देखिएका समस्या समाधान गर्दै जानुपर्छ ।'

झन्डै ९० प्रतिशत दलको सहमतिमा कोइराला नेतृत्वको सरकारले २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी गरेको थियो । संविधानसभाबाट जारी संविधानप्रति मधेसकेन्द्रित राजनीतिक दलहरुको असन्तुष्टिसँगै त्यसलाई सम्बोधन गर्न कोइरालाले नेतृत्व लिएका थिए । उनीहरुका माग सम्बोधन गर्न कोइरालाले नै संविधान संशोधन प्रक्रिया अघि बढाएका थिए ।

संविधानप्रति असन्तुष्ट पक्ष समेटेर नै संविधान कार्यान्वयन पक्षमा सभापति कोइराला रहेको सुनाउँदै उपसभापति रामचन्द्र पौडेलले भने, 'संविधान कार्यान्वयन गर्ने उहाँको अधुरो सपना हामी पूरा गर्छौं ।'

पूर्वराष्ट्रपति रामवरण यादवले लोकतन्त्र स्थापनाका लागि सधैँ संघर्षरत नेताका रुपमा कोइरालालाई स्मरण गरे । कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्न कांग्रेस केन्द्रीय कार्यालय, सानेपा पुगेका पूर्व राष्ट्रपति यादवले संविधानसभाबाट संविधान जारी गर्न उनले नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गरे ।

कांग्रेसले कोइरालाले सुरु गरेको शान्तिको यात्रालाई गन्तव्यमा पु¥याउने प्रण गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बिहान बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले कोइरालालाई संविधान निर्माणको मुख्य नेताका रुपमा सम्झने निर्णय गरेको छ । अत्यन्त जटिल बन्दै गएको संक्रमणकालीन राजनीतिका बेला कोइरालाले संविधानसभाबाट संविधान जारी गर्ने अभियानको मुख्य नेताका रूपमा देश र जनताले चिरपर्यन्त सम्झिने कांग्रेस निर्णय छ ।

'नेपालको लोकतान्त्रिक आन्दोलनमा लामो समय उहाँले निर्वाह गर्नुभएको भूमिका सदैव स्मरणीय रहनेछ,' कांग्रेसले भनेको छ, 'आजीवन राष्ट्र, जनता, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमान्यताका हिमायती कोइरालाले नेपालको संविधान निर्माणमा पु¥याउनुभएको अतुलनीय योगदान नेपाल र नेपालीले सदैव सम्झिइरहनेछन् ।'

राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति अविचलित, निष्ठा, सादा र सरल जीवनशैली तथा सुदृढ चारित्रिक र नैतिक बलद्वारा राष्ट्रिय राजनीतिमा शीर्षस्थ स्थान बनाएको कांग्रेस निष्कर्ष छ । कोइरालाको निधनप्रति शोकप्रस्ताव पारित गर्र्दै कांग्रेसले पार्टी महाधिवेशनको अन्तिम चरणमा रहँदा आफ्ना प्रिय सभापति एवं अभिभावकलाई गुमाउनुपरेको पीडाबाट आहत पार्टी कार्यकर्तालाई सभापतिले देखाउनुभएको बाटो, निष्ठा, नैतिकता र सरल जीवन पद्धतिलाई पार्टीको प्रेरणा र पुँजीका रूपमा ग्रहण गर्न आग्रह गरेको छ ।

१३ दिनसम्म औपचारिक कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेको कांग्रेसले तीन दिनसम्म पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै, आगामी फागुन ९ गतेसम्म पार्टी केन्द्रीय कार्यालय र देशभरिका पार्टी कार्यालयमा पार्टीको झन्डा झुकाइने निर्णय गर्दै १३औं दिनको पुण्य तिथिमा ७५ वटै जिल्लामा अन्तिम संस्कारपछिको अस्तु सेलाउने र शोकसभा गर्ने निर्णय गरेको छ ।

कांग्रेसले १३औं महाधिवेशनअन्तर्गत जारी अधिवेशनका सबै प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ । चैत ५ भित्र महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यतामा रहेका कांग्रेसले फागुन १ गतेपछि भने स्थानीय तहको अधिवेशन अघि बढाउने निर्णय गरेको छ । केन्द्रीय निर्वाचन समितिसँगको समन्वयमा अधिवेशन अघि बढाउन केन्द्रीय समितिले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

त्यसअघि कोइरालाको पार्थिव शरीरलाई मंगलबार बिहान ८ बजेसम्म कोइराला निवास, महाराजगन्जमा राखिएको थियो । त्यहाँ कांग्रेस नेता तथा कार्यकर्ताका साथै प्रधानमन्त्री केपी ओली, एमाले वरिष्ठ नेता झलनाथ खनाल, उपप्रधानमन्त्री कमल थापा, गृहमन्त्री शक्तिबहादुर बस्नेतका साथै संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुख पुगेका थिए ।

सवा आठ बजे कोइरालाको शव महाराजगन्जस्थित निवासबाट पार्टी केन्द्रीय कार्यालय लगिएको थियो । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र कार्यवाहक सभापति रामचन्द्र पौडेलले सुशीलको शवमा पार्टी झन्डा ओढाएर श्रद्धा व्यक्त गरेका थिए ।

झन्डै १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिएको कोइरालाको शव २ बजेपछि रंगशाला ल्याइएको थियो । ३ बजेर ११ मिनेटमा प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय झन्डा ओढाएर कोइरालाप्रति राष्ट्रिय सम्मान प्रकट गरेका थिए भने राष्ट्रपति विद्यादेवी भण्डारीका साथै सभामुख, मन्त्रीहरु, कूटनीतिक नियोगका प्रमुखहरु, विभिन्न राजनीतिक दलका नेताहरुका साथै हजारौंका संख्यामा कांग्रेस नेता तथा कार्यकर्ता एवं शुभेच्छुकले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सोमबार काठमाडौंको १३औं जिल्ला अधिवेशन उद्घाटनका लागि प्रज्ञा भवन जाने तयारीमा रहेका कोइरालालाई चिसोमा ननिस्कन परिकारको दबाबपछि कोइराला रोकिएका थिए । चिसोसँगै कोइरालालाई रुघा पनि लाग्न थालेपछि उनले साँझ अन्य नेतालाई भेटघाट नगरे पनि जिल्लाजिल्लाका नेतासँग टेलिफोन सम्पर्कमा रहेको निकटस्थ बताउँछन् ।

नियमित अक्सिजन लिँदै आएका कोइरालालाई थप समस्या देखिएपछि उनका निजी चिकित्सक कोइराला निवास महाराजगन्ज पुगेका थिए ।

राति १० बजे कोइरालाले जाउलो खाएका थिए । तर, श्वासप्रश्वासमा समस्या देखिएपछि चिकित्सकले अक्सिजनको मात्रा बढाएर घर गएका थिए । तर १२ बजे सुप खाएर सुतेका कोइरालालाई थप समस्या देखिएको सहयोगीहरुले जानकारी दिए । 'सुप खाएर सुत्नुभएको थियो,' एक सहयोगीले भने, 'केही छिनमै उठ्नुभयो, गाह्रो भएको हो भन्दा टाउको हल्लाएर होइन भनेर सुत्नुभएको, उठ्नुभएन ।'

पारिवारिक नातेदारसमेत रहेका चिकित्सक संयुक्त आचार्यले घटनाहरु छिटोछिटो विकास भएकाले अस्पतालसम्म लैजान नभ्याएको बताए । 'पुरानो रोगको उहाँले औषधि लिई नै रहनुभएको थियो,' आचार्यले भने, 'स्वास्थ्य छिटोछिटो डिटोरेड हुँदा अस्पताल लैजानै भ्याइएन ।' कोइरालामा मुटुको पनि समस्या देखिएको उनले जानकारी दिए ।

श्रद्धाञ्जलीका लागि बुधबार २ बजेसम्म दशरथ रंगशालाबाट कोइरालाको त्रिपुरेश्वर–पुतलीसडक–कमलपोखरी–मैतीदेवी–गौशाला हुँदै पशुपति आर्यघाट राजकीय सम्मानसाथ अन्येष्टि गरिने कार्यक्रम छ ।

अशोक कोइराला पार्टीलाई मिलाएर जानुपर्छ । सहज तरिकाले पार्टी र मुलुकलाई मिलाएर अघि बढाउनुपर्छ भन्नुहुन्थ्यो । पार्टीमा गुटबन्दी बढेको प्रति पछिल्ला दिनमा बढी चिन्ता व्यक्त गर्दै आउनुभएको थियो । पार्टीलाई एकढिक्का बनाएर अघि बढाउनुपर्छ भन्ने उहाँको चिन्ता थियो । सबै कार्यकर्तालाई मिलाउने, संविधानलाई सबैले मानून् भनेर मधेसी मोर्चासँग निरन्तर कुरा गर्नुभयो । संविधान पास गराउनुभयो । मधेसी मोर्चाले पनि विश्वास गरेका थिए । सबैले विश्वास गरेका मान्छे । उहाँ रिसाउनु हुँदैनथ्यो । कार्यकर्तालाई उहाँको सधैँ निर्देशन दिनुहुन्थ्यो, धनसम्पत्तिमा कहिले लोभ गर्नुभएन । नभएको बेला म सँग पैसा छैन भन्नुहुन्थ्यो । पार्टीका साथीहरुले सहयोग गरिदिने गरेका थिए । यसरी नै सधै चल्नुभयो ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...