Sunday 2 Falgun, 2072 |
Menu

खेल

istl

सिरहा सप्तरीमा यातायात सञ्चालन

(0 votes)
छ महिनापछि सिरहा सप्तरीमा बस सञ्चालनमा आउँदा यात्रुको भीड । छ महिनापछि सिरहा सप्तरीमा बस सञ्चालनमा आउँदा यात्रुको भीड ।
लहान–शुक्रबारबाट वीरगञ्ज नाका खुलेसँगै सिरहा र सप्तरीमा सार्वजनिक यातायात आइतबारबाट पूर्ण रुपमा सञ्चालनमा आएको छ । सगरमाथा यातायात व्यवसायी संघ सिरहाले औपचारिक निर्णय गर्दै सगरमाथा अञ्चलभर सार्वजनिक बस सञ्चालन गरेको हो।
nepalipatro-nagarik
संघका अध्यक्ष हरिनारायण यादवका अनुसार मोर्चालाई पटक पटक आग्रह गर्दा पनि निर्णय दिन नसकेपछि आफैं निर्णय गरेर बस सञ्चालन गरिएको हो। 'नकाबन्दी खुल्ने, बजार खुल्ने, रात्री बस खुल्ने हामी मात्रै किन बस बन्द गर्ने,' यादवले भने,' छ महिनासम्म हामीले बस थन्काएर आन्दोलनलाई सहयोग गर्यौं अब धेरै भयो।'

सिरहा जिल्लाबाट ५२ वटा दिवा सेवाको यात्रुबाहक बस सेवा सञ्चालन हुँदै आएको उनले बताए । सिरहाबाट राजविराज, जनकपुर, विराटनगर बस सञ्चालन हुँदै आएको छ। उनले मोर्चाको बन्दका कारण जिल्लाबाट सञ्चालन हुने दिवा सेवाको यात्रुबाहक बस सञ्चालकलाई २ करोड भन्दा अधिक घाटा ब्योहोर्नु परेको बताए ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको बन्द आह्वानका कारण भदौ १ गतेदेखि यातायातका साधन ठप्प थियो । मधेसी मोर्चाका सिरहा संयोजक किशोरी यादवले मोर्चाको निर्णय बिपरित बस लगायतका अबरोध खुलेको प्रतिक्रिया दिए । उनले भने, केन्द्रीय मोर्चाको ठोस निर्णय नआउँदा अन्यौल छ माथिको निर्णय पर्खेर बसेका छौं।'

प्रतिक्रिया

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...

संकटमा किशोर फुटबलर

संकटमा किशोर फुटबलर

काठमाडौं-नेपाली जनता महाभूकम्पको पीडा बिर्सने कोसिस गरिरहेका बेला किशोर फुटबलरहरू एएफसी यु–१४ फुटबल फेस्टिबल खेल्न ताजिकिस्तान उडेका थिए। अभ्यास गरिरहेका बेला उनीहरूले वैशाख २९ को अनुकम्पनलाई भोगे। जनजीवन सामान्य बन्दै...