Sunday 2 Falgun, 2072 |
Menu

खेल

istl

चितुवाको छालासहित एक पक्राउ

  • आइतबार १० माघ, २०७२
  • हरिकृष्ण गौतम
  • DISQUS_COMMENTS
(0 votes)
म्याग्दी–जिल्लाको हिस्तान गाविस–९ दोसल्लेमा चितुवालाई मारेर सुकाएको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। ३५ वर्षीय हिकबहादुर पुर्जालाई उनको साथबाट बरामद भएको चितुवाको छालासहित जिल्ला प्रहरी कार्यालय म्याग्दीले आइतबार सार्वजनिक गरेको हो।
nepalipatro-nagarik

पासोमा चितुवा मारेर छाला सुकाएको अवस्थामा माघ ९ गते पुर्जालाई उनकै घरबाट प्रक्राउ गरिएको प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बताए । 'सुराकको आधारमा प्रहरीले पक्राउ गरेको हो। 'थप अनुसन्धान भइरहेको छ,' खड्काले भने।

सीमा प्रहरी चौकी भुरुङ्ग तातोपानीका प्रहरी नायव निरीक्षक सोमन छन्त्याल र घार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक अर्जुन शर्माको नेतृत्वमा खटिएको टोलीले पुर्जाको चर्पीको बाहिरपत्तिको भित्तामा सुकाएको अवस्थामा चितुवाको छाला र अन्य अंगहरु बरामद गरेको थियो ।

गाउँमा चितुवाले सताएपछि तर्साउन राखेको पासोमा परेको अभियुक्तले बताएका छन् । ४० ईञ्च लम्बाईको शरीर, ३० ईञ्च लामो पुच्छर र १८ ईञ्च चौडाई भएको छिर्केमीर्के चितुवाको एक थान छाला, चितुवा मार्न प्र्रयोग भएको फलामको तारको पासो, चितुवाको दाह्रा बरामद गरिएको छ । अभियुक्त पुर्जालाई बन्यजन्तु ऐन अन्र्तरगत कारवाहीका लागि बन कार्यालयलाई सिफारिस गरिएको छ । जिल्लाको ग्रामिण क्षेत्रमा बन्यजन्तुको चोरीशिकारी बढिरहेको छ । यस अगाडी पनि एकजनालाई चितुवासंगै पक्राउ गरेर कारवाही गरिएको छ ।

प्रतिक्रिया

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...

संकटमा किशोर फुटबलर

संकटमा किशोर फुटबलर

काठमाडौं-नेपाली जनता महाभूकम्पको पीडा बिर्सने कोसिस गरिरहेका बेला किशोर फुटबलरहरू एएफसी यु–१४ फुटबल फेस्टिबल खेल्न ताजिकिस्तान उडेका थिए। अभ्यास गरिरहेका बेला उनीहरूले वैशाख २९ को अनुकम्पनलाई भोगे। जनजीवन सामान्य बन्दै...