Monday 17 Jestha, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

मोटरसाइकल चोरी गर्ने सात पक्राउ

(0 votes)
इटहरी–पछिल्लो दुई महिनायता पूर्वका मुख्य शहरमा मोटरसाइकल हराउने क्रम बढेसँगै चोरी गर्ने गिरोहमा संलग्न भएको आरोपमा सात जनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ।
nepali-patro-may
प्रहरीले इटहरी तथा आसपासका स्थानबाट मोटरसाइकलसहित भरौलका ५० वर्षीय अनिल चौधरी, झापा धुलाबारीका २६ वर्षीय रोशन चौधरी, सुनसरी रामधुनी भासिका १६ बर्षीय अंकित घिमिरे, इटहरीका ४२ वर्षीय खडगनारायण चौधरी, ३१ वर्षीय लालकुमार राई, २६ वर्षीय देवनारायण चौधरी र ३८ बर्षीय बिनोदकुमार चौधरीलाई पक्राउ गरेको छ।

प्रहरीले पक्राउ गरेका सातै जनालाई शुक्रबार पत्रकार सम्मेलन गरि सार्वजनिक गर्यो । प्रहरीले पक्राउ पर्ने सातै जनाको एक–अर्कोसँग समन्वय हुने गरेको र समुहमा अन्य व्यक्ति भएको जानकारी दिइयो ।

'मोटरसाइकल चोरी गर्ने गिरोहमा संलग्न अन्य व्यक्तिको पनि पहिचान भइसकेको छ ति व्यक्ति पनि चाडै पक्राउ पर्नेछन,' इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी ओम अधिकारीले भने । पक्राउ पर्ने सवैलाई चोरी मुद्दा दर्ता गरिनेछ ।  इटहरी प्रहरीले यसअघि इटहरीकै सचिन चौधरी र रोशन झालाई पक्राउ गरी मुद्दा चलाई सकेको छ ।

इटहरीसँगै पूर्वका धरान, इनरुवा, उर्लाबारी, दमकलगायतका स्थानमा पछिल्लो समय मोटरसाइकल चोरी गर्न संगठित गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ। डेढ साताअघि मात्र पेशेवर मोटरसाइकल चोरी गर्ने र बिक्री गर्न सहयोग गर्ने आठ जनालाई उर्लाबारी प्रहरीले पक्राउ गरि मुद्दा दर्ता गरेको छ । पूर्वका सुनसरी, मोरङ र झापाका मुख्य बजार क्षेत्रमा पार्किङ गरिरहेका मोटरसाइकल चोरी गर्ने र पूर्वी पहाडी जिल्लामा लगेर बिक्री गर्न सहयोग गर्नेलाई उर्लाबारी प्रहरीले पक्राउ गरी मुद्दा चलाएको हो ।

सुनसरीकै इनरुवामा पुस महिनामा मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ परिसकेका छन्। पछिल्लो समय पूर्वका मुख्य बजारहरुमा पार्किङ गरिराखेका मोटरसाइकल चोरी हुने क्रम बढ्दो छ। पुस महिनामा इटहरीबाट मात्र दसवटा मोटरसाइकल चोरी भएको छ। 'हुन त अरु बेला पनि मोटरसाइकल चोरी त हुने गरेको छ तर पछिल्लो समय बढेको छ,' जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चिरञ्जिवी कोइरालाले भने।

चोरीका मोटरसाइकल प्रयोग गर्ने व्यक्तिले नयाँ नम्बर पिलेट लेखी यातायात व्यवस्था कार्यालयको नक्कली कागजात बनाएर चलाउने गरेको समेत पाइएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...