Sunday 2 Falgun, 2072 |
Menu

खेल

istl

अदालतमा विचाराधीन मुद्दा दलकाे सिफारिसमा फिर्ता लिन नपाइने

(0 votes)
काठमाडौं–सर्वोच्च अदालतले सरकारले राजनीतिक दलहरुको सिफारिसको आधारमा अदालतमा विचाराधीन रहेका गम्भीर फौजदारी मुद्दाहरु फिर्ता लिन नपाउने फैसला गरेको छ। सर्वोच्चको यो फैसला पछि आफ्ना कार्यकताको मुद्दा कुनै पनि बहानामा फिर्ता लिन नपाउने भएको छ।
nepalipatro-nagarik
यसअघि विभिन्न पटक यस्ता आदेश भएको भएपनि ती मु्द्दामा आधारित रहेका थिए। तर सर्वोच्चले बिहीबार मुद्दा फिर्ता सम्वन्धी सरकारी ऐनको व्यवस्थालाई आधार बनाउँदै यस्तो फैसला गरेको हो ।
प्रधानन्यायाधीशसहितको संवैधानिक इजलाशले सरकारी मुद्दा सम्वन्धी ऐन , अदालतको नजिर र सरकारको आफ्नै मापदण्डलाईसमेत मिचेर अदालतमा रहेका मुद्दाहरु फिर्ता लिने प्रयास समय समयमा हुँदै आएको भन्दै त्यसलाई गैरकानूनी ठहर गरेको छ।

प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, न्यायाधीशहरु सुशीला कार्की, वैद्यनाथ उपाध्याय गोपाल पराजुली र ओमप्रकाश मिश्रको इजलाशले बिहीबार दलको सिफारिसमा अपराधीहरुलाई उन्मुक्ती दिने कार्य नर्गन परमादेश जारी गरेको छ ।

'मुद्दा फिर्ता लिने भनि विभिन्न समयमा मन्त्रिपरिषद्ले गरिएको निर्णय र सो सम्वन्धि काम कारवाही संविधान,प्रचलित कानूनको अवस्था यस अदालतले प्रतिपादन गरेको नजिर विपरित रहेको देखिन्छ,' सर्वोच्चको फैसलामा भनिएको छ, 'मुद्दा फिर्ताका लागि सरकारले नै निर्माण गरेको 'मुद्दा फिर्ता सम्वन्धी मापदण्ड' अनुरुप समेत देखिँदैन।'

सर्वोच्चले हालसम्मका सरकारले मुद्दा फिर्ता लिने भनि गरेको निर्णय नितान्त राजनीतिक आधारमा स्वेच्छापूर्ण र भेदभावपूर्वक भएको सर्वोच्चको फैसलामा उल्लेख छ । अधिवक्ता प्रकाशमणी शर्मा,माधवकुमार वस्नेत,वेचनी देवि ,रुपिया देवी र विश्वेश्वर मण्डलले दायर गरेको मुद्दामा अन्तिम फैसला गर्दै सर्वोच्चले मापदण्ड बाहिर गएर अदालतमा रहेका मुद्दाहरुमा हात नहाल्ने भनेको हो।

अदालतमा विचराधीन रहेको मुद्दाहरु फिर्ताका लागि सिफारिस भएको भए उत्प्रेषणको आदेशले बदर हुने सर्वोच्चको फैसला उल्लेख छ। सरकारी मुद्दा सम्वन्धी ऐन २०४९को वारेमा पटक पटक अदालतवाट आदेश भएको र नयाँ संविधानमा पनि यस्तो व्यवस्था भएको तर त्यसको दुरुपयोग भएको सर्वोच्चको भनाइ छ ।

प्रतिक्रिया

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...

संकटमा किशोर फुटबलर

संकटमा किशोर फुटबलर

काठमाडौं-नेपाली जनता महाभूकम्पको पीडा बिर्सने कोसिस गरिरहेका बेला किशोर फुटबलरहरू एएफसी यु–१४ फुटबल फेस्टिबल खेल्न ताजिकिस्तान उडेका थिए। अभ्यास गरिरहेका बेला उनीहरूले वैशाख २९ को अनुकम्पनलाई भोगे। जनजीवन सामान्य बन्दै...