1 Falgun, 2072 |
Menu

खेल

istl

अस्पताल र शिक्षण संस्था बन्द सरकारलाई सैह्य छैन: अाेली

(0 votes)
लोकतान्त्रिक प्राध्यापक संघको टोलीसँग प्रधानमन्त्री अाेली लोकतान्त्रिक प्राध्यापक संघको टोलीसँग प्रधानमन्त्री अाेली
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना माग पूरा गराउने नाउँमा अस्पताल र शिक्षण संस्थामा गरिने हड्ताल सरकारलाई सह्य नहुने बताएका छन्। लोकतान्त्रिक प्राध्यापक संघका पदाधिकारीसँग भेटघाट गर्दै बुधबार उनले यस्तो बताएका हुन्।
nepalipatro-nagarik
'जायज मागहरु पूरा हुन्छन् तर शिक्षण संस्था र अस्पताल जस्ता संस्थाहरुमा माग पूरा गराउने नाममा तालाबन्दी र बन्द हड्ताल गर्ने जस्ता कामहरु सरकारलाई सह्य हुने छैनन्', प्रधानमन्त्री ओलीले भनाइ उदृत गर्दै उनका प्रेस सल्लाहकार प्रमोद दाहालले भने।

संघका पदाधिकारीहरु विश्वद्यिालयहरुमा गरिने नियुक्तिहरुमा आफ्नो संघको समेत प्रतिनिधित्व हुनुपर्ने माग गर्न बालुवाटार पुगेका थिए। अध्यक्ष डा. उदय किशोर तिवारीको नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीसँग भेट गर्दै विभिन्न विश्वविद्यालयहरु तथा विश्वविद्यालय अनुदान आयोगमा क्षमता र दक्षताका आधारमा पारदर्शी रुपमा पदाधिकारीहरु नियुक्ति गर्न माग गरेको थियो।

प्रधानमन्त्रीले ज्ञापनपत्र बुझ्दै विश्वविद्यालयहरु राजनीतिक भागबण्डाका आधारमा नभई निष्पक्ष र प्राज्ञिक आधारमा सञ्चालन हुनुपर्ने पक्षमा आफु रहेको जवाफ दिए। उनले समान योग्यता हुनेहरुबीच भेदभाव नगरी विश्वविद्यालयहरुमा नियुक्ति गरिने बताएका थिए।

प्रतिक्रिया

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...

संकटमा किशोर फुटबलर

संकटमा किशोर फुटबलर

काठमाडौं-नेपाली जनता महाभूकम्पको पीडा बिर्सने कोसिस गरिरहेका बेला किशोर फुटबलरहरू एएफसी यु–१४ फुटबल फेस्टिबल खेल्न ताजिकिस्तान उडेका थिए। अभ्यास गरिरहेका बेला उनीहरूले वैशाख २९ को अनुकम्पनलाई भोगे। जनजीवन सामान्य बन्दै...