Sunday 16 Jestha, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

विराटको तेल बेचेनन् पम्पले

(0 votes)
काठमाडौं- नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको ठाडो आदेशमा इन्धन बेच्ने अनुमति पाएकामध्ये तीनवटा पेट्रोल पम्पले विवादित कम्पनी विराट पेट्रोलियमको तेल नबेच्ने घोषणा गरेका छन्।

nepali-patro-may
न्यु भद्रकाली, हामा र जयकुमारी पेट्रोल पम्पले हामाको तेल बिक्री नगर्ने बताएका हुन्। सोमबार निगमका कार्यकारी निर्देशक खड्काले यीसहित समृद्धि पेट्रोल पम्पलाई बिक्री अनुमति दिएका थिए।

'सरकारी मूल्यभन्दा झन्डै दोब्बरमा बिक्री गर्न अनुमति दिएको हो,' निगम स्रोतले भन्यो, 'खड्काले ती पम्पलाई विराटबाट आयातति तेल १ सय ९० रुपैयाँमा बिक्री गर्न स्वीकृति दिएका हुन्।'

व्यवसायी यशु प्रधानको हामा आयल–स्वयम्भु, जयकुमारी–सोह्रखुट्टे र न्यु भद्रकाली– इमाडोल तथा वीरगन्जका व्यापारी श्याम रौनियारको समृद्धि आयल स्टोर–काँडाघारी, काठमाडौंले विराटको पेट्रोल बेच्ने अनुमति पाएका थिए।

खड्काले पदीय दुरुपयोग गरी ४ वटा पम्पलाई निमयविपरीत विराटको पेट्रोल बेच्ने अनुमति दिएका थिए। समृद्धिले मात्रै पेट्रोल बेचेको छ।

उक्त पम्पले प्रतिलिटर १ सय ९० रुपैयाँमा बेचेको उपभोक्ताले जानकारी दिए। अन्य ३ पम्पले बेचेका छैनन्। स्रोतका अनुसार तीनवटा पेट्रोल पम्प सञ्चालक प्रधान विवादित व्यवसायीको तेल बेच्न गाह्रो हुने भन्दै पन्छिएका छन्।

'यशुका ३ पम्पले तेल बेच्न नमानेको भन्दै विराट पेट्रोलका कर्मचारीले निगममा निवेदन दिएका छन्,' निगम स्रोतले भन्यो, 'उनीहरुले नबेच्ने भनेपछि अहिले समृद्धिले मात्रै बेचिरहेको छ।'

अरुले बेच्न नमानेपछि समृद्धिले नै सबै पेट्रोल बिक्री गर्ने देखिएको छ। प्रधानका ३ मध्ये इमाडोलको न्यु भद्रकालीलाई कार्यकारी निर्देशक खड्काले २० लाख रुपैयाँभन्दा बढी रकम लिएर लाइसेन्स दिएको निगम स्रोतको दाबी छ।

नेपाल आयल निगमले पम्पको पूर्वाधार निर्माणको काम रोकेको बेला पहँुचका आधारमा प्रधानले बनाएका थिए। निर्माण पूरा गरेको भन्दै खड्काले मोटो रकम लिएर पम्पको लाइसेन्स दिएको निगम स्रोतको दाबी छ।

खड्काले विराटको तेल बेच्ने पम्पलाई निगमले ल्याएको तेल दिन निर्देशन दिएपछि थानकोट डिपो प्रमुख जगनाथ घिमिरेले सरुवासमेत मागेका थिए। 'विराटको तेल बेच्ने पम्पलाई म कुनै पनि हालतमा निगमको तेल दिन सक्दिन, बरु मेरो सरुवा दिनुस्,' घिमिरेको भनाइ उद्धृत गर्दै निगम स्रोतले भन्यो, 'गैरकानुनी काम गर्दा मलाई अप्ठेरो हुन्छ।'

खड्काले घिमिरेलाई जसरी पनि ती पम्पलाई तेल दिन निर्देशन दिएपछि उनले सरुवा मागेका हुन्। केही समयअघि तत्कालीन प्रमुख रविन शर्मालाई इन्धन ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले प्रक्राउ गरेपछि घिमिरेले पद सम्हालेका थिए।

'आफू मातहतका कर्मचारीले प्रणाली बिगारेर जथाभावी इन्धन वितरण गर्न थालेकाले म फस्न सक्छु भन्दै घिमिरेले गुनासो गर्दै आएका थिए,' स्रोतले भन्यो, 'निगम उच्च व्यवस्थापनले पनि पम्प छानी–छानी इन्धन दिन सिफारिस गर्न थालेपछि दबाब थेग्न नसकेर सरुवा मागेको बुझिएको छ।'

खड्काले भनेको नमानेपछि दीपक बराल र प्रशासन प्रमुख सिताराम पोखरेललाई सरुवा गरिसकेका छन्। निगम प्रवक्ता मुकुन्द घिमिरे र खड्का मिलेर निगमसँग अनुबन्धित पम्पलाई महँगो मूल्यमा तेल बिक्री गर्ने अनुमति दिएको स्रोतको दाबी छ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...