Wednesday 22 Baishak, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

यस्तो अँध्यारो कहिलेसम्म!

(0 votes)
दोस्रो जनआन्दोलनको सफलतापछि यो देशमा झन्डै एक दर्जन प्रधान मन्त्री बनेका छन् र त्यति नै संख्यामा ऊर्जा मन्त्री पनि। अधिकांश प्रधान मन्त्रीका भाषणमा देशलाई 'लोडसेडिङ मुक्त' बनाउने घोषणा अनिवार्यजस्तै बन्छ। तर, जब देशको शासन प्रणालीले लोकतान्त्रिक गणतन्त्रको विशेषण झुन्ड्यायो तबदेखि नै जनतामा क्रमशः लोडसेडिङको मार पनि बढ्दै गयो।
सम्पादकीय

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
nepalipatr-april
२०६२/६३ देखि नै दैनिक २ घन्टे औपचारिक लोडसेडिङ आरम्भ भएको यो मुलुकमा एक दशकको अवधिमा १८ घन्टासम्म बिजुली जान्छ। मुलुकले नयाँ बाटो समातेको भनिएको समयमा त झन् जनता दैनिक ६ घन्टामात्रै आउने बिजुलीबाट आफ्नो जीवन चलाउन बाध्य भए। सबैभन्दा बढी समय लोडसेडिङ गरिएको समय (२०६५ साल)मा सरकार प्रमुख पुष्पकमल दाहाल थिए। उनले धेरै पटक धेरै ठाउँमा लोडसेडिङ चाँडै हट्नेमात्र होइन १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने भाषण गरेका थिए, जुन कालान्तरमा हावादारी सावित भएको छ।

अहिले त्यस्तै भाषण प्रधान मन्त्री केपी शर्मा ओलीले गरिरहेका छन्। उनले त पदबहाली भएलगत्तै वर्ष दिनभित्र देशमा लोडसेडिङ नहुने भाषण ठोके! तर, लोडसेडिङ नहुनका निम्ति कति मेगावाट बिजुली आवश्यक पर्छ, कुनकुन विद्युत् आयोजनाले उत्पादन थाल्नुपर्छ, कुन आयोजना विद्युत् उत्पादन गर्न सक्ने अवस्थामा पुगेको छ भन्नेसमेत जानकारी नलिई त्यस्तो हावादारी भाषण गरे, अझै गरिरहेका छन्! यो वर्ष अहिले नै जनताका घरमा १२ घन्टा बत्ती आउँदैन, नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको लोडसेडिङ तालिकाअनुसार पनि बत्ती आउँदैन। कमसल ट्रान्सफर्मरका कारण कतिपय स्थानमा साताभन्दा लामो समयदेखि बिजुली बलेको छैन। यसबाट पनि बुझ्न सकिन्छ, यो हिउँद्मा सर्वसाधारणले बत्तीको मुख देख्न मुस्किल छ। सरकारले 'ऊर्जा संकटकाल' घोषणा गरेर जनतालाई बिजुली उपलब्ध गराउने सपना पनि नबाँडेको होइन। जेसुकै नाम दिए पनि सरकारका तर्फबाट गरिएको यो एउटा प्रतिबद्धता नै हो। यस्ता प्रतिबद्धता विगतका सरकारले पनि नजनाएका होइनन्। तर, प्रतिबद्धतामुताविक बिजुली उत्पादन भइदिएको भए एक दशकको अवधिमा मात्रै झन्डै २ हजार मेगावाट उत्पादन भइसक्थ्यो।

यसको अर्थ लोडसेडिङ अन्त्य हुनै नसक्ने भन्ने होइन। सरकारले पूर्ण सहयोग गरेका खण्डमा चालु आर्थिक वर्षभित्रै पनि साढे दुई सय मेवा बिजुली उत्पादन हुन सक्छ। पाइपलाइनमा रहेको आयोजनाबाट आगामी आवमा ८ सय मेवाजति उत्पादन हुने देखिन्छ। त्यति परिमाणमा बिजुली हुँदा लोडसेडिङ लगभग हट्छ। तर, सरकार उत्पादनको नजिक पुगेका आयोजना सम्पन्न गराउनतिर रत्तिभर संवेदनशील छैन। भारतीय नाकाबन्दीका कारण ग्यासलगायत अन्य इन्धन अभाव हुन जानाले अहिले बिजुलीको माग झनै बढेको छ। यसले गर्दा भारतबाटै आयात गरिएको साढे दुई सय मेवा बिजुलीले मागको आधा पनि धान्न सकेको छैन। थप आयातका निम्ति सरकारले कुनै पहल पनि गरेको देखिँदैन।

सरकारले एक वर्षभित्र वा त्योभन्दा पनि चाँडो पूरा हुने आयोजनालाई प्राथमिकता दिनुपर्छ। कतिपय आयोजनामा स्थानीयको अवरोध रहेकाले पनि काम अघि बढ्न सकेको छैन। गत बैशाखको भूकम्पले क्षति पुर्या एका आयोजनाले पनि पूर्णक्षमतामा उत्पादन गर्न सकिरहेका छैनन्। त्यसमा सरकारले सहजीकरण गरिदिनुपर्छ। साथै, जलविद्युत्को विकल्प पनि खोज्न सरकार अग्रसर हुनुपर्छ। वैकल्पिक ऊर्जा (सोलार तथा वायु)बाट बिजुली उत्पादन गरेर जनताका घरआँगन उज्यालोमात्र होइन उद्योग सञ्चालन गर्ने देश संसारमा थुप्रै छन्। त्यसमा पनि ध्यान जानु आवश्यक छ। देशमा लोडसेडिङ सुरु भएदेखि नै विद्युत् उत्पादनबारे कुनै पनि सरकार गम्भीर भएको देखिएन। सोही कारण नै केही बहुराष्ट्रिय कम्पनी नेपालबाट पलायन भएका छन्। दलनिकट वा आफूलाई आर्थिक लाभ हुने आयोजनामा मात्र ध्यान केन्द्रित गर्नाले देश अन्धकारको यो खाडलमा भासिन पुगेको हो। शपथग्रहणताकै एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने प्रतिबद्धता जनाएका प्रधान मन्त्री ओलीले आफूलाई 'भनेको काम ड्याङड्याङ गर्ने' साबित गर्न पनि तत्काल अग्रसरता देखाउन्।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...