Monday 20 Baishak, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

'जनताको संविधान, जनताकै माझमा' : एक महिना थप

  • मङ्गलबार २१ पुष, २०७२
  • भीष्मराज ओझा
  • Be the first to comment!
(0 votes)
काठमाडौँ-सरकारले नेपालको संविधानका विशेषताका बारेमा जनतालाई सुसूचित गर्न 'जनताको संविधान, जनताकै माझमा' राष्ट्रिय अभियान थप एक महिना सञ्चालन गर्ने भएको छ।
nepalipatr-april
सरकारले नेपालको संविधानले नेपाली जनतालाई प्रत्याभूत गरेका, अधिकार, कर्तव्यलगायत संविधानका मूलभूत प्रावधान र विशेषताका बारेमा सबैलाई जानकारी गराउने उद्देश्यले गत मङ्सिर २१ गतेदेखि मुलुकभर एकमहिने राष्ट्रिय अभियान सुरु गरेको थियो । अभियानका बारेमा जनस्तरबाट निरन्तरताको माग आएको र केही हिमाली एवम् तराईका जिल्लामा सो कार्यक्रम गर्न बाँकी रहेकाले सरकारले आगामी माघ २१ गतेसम्म सञ्चालन गर्ने सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।

एक महिनाको अवधिमा 'नेपालको संविधान–जनताको संविधान', 'जनताको संविधान ः जनताकै माझमा' नारा दिइ सुरु गरिएको सो अभियानअन्तर्गत सो अवधिमा ८० प्रतिशत जिल्ला सदरमुकाम, नगरपालिका र गाविसका केन्द्रमा विभिन्न अन्तक्र्रिया कार्यक्रम गरिएको मन्त्रालयका सहसचिव डा हरि पौडेलले जानकारी दिए।

सो अभियान केही हिमाली जिल्लामा हिउँ परेका कारण र तराईका केही जिल्लामा आन्दोलनका कारण कार्यक्रम गर्न बाँकी रहेकाले एक महिना समायवधि थप गरिएको हो । मन्त्रिपरिषद्को गत मङ्सिर ८ गतेको निर्णय बमोजिम मन्त्रालयको समन्वयमा उक्त अभियान सुरु भएको जानकारी गराउँदै सहसचिव डा पौडलेले भने, "सो अभियान अन्तर्गत गरिएका सभा तथा अन्तक्र्रिया कार्यक्रममा सांसद, विभिन्न राजनीतिक दलका नेता, सर्वसाधारणलगायतको उत्साहपूर्ण सहभागिता थियो ।"

अभियानमा संविधानका विशेषताका बारेमा मन्त्रालयले पुस्तिका, पर्चा, फ्लेक्स प्रिन्टलगायत प्रचारका सामग्री वितरण गर्नाका साथै वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो । थपिएको अवधिमा ७५ वटै जिल्ला सदरमुकाम, २१७ नगरपालिका र तीन हजार १५७ गाविसका केन्द्रमा कार्यक्रम सञ्चालन हुने सहसचिव डा पौडेलले जानकारी दिए।

अभियानमा समाजका हरेक वर्गका व्यक्तिलाई संविधान र यसका विशेषताका विषयमा सुसूचित गर्न संविधानको विशेषता मैथली, भोजपुरी, थारु र अवधी भाषामा समेत अनुवाद गरेर वितरण गरिएको थियो । संविधानका विशेषताका बारेमा जनतालाई जानकारी गराउने उद्देश्यले संविधान जारी भएयता कानुन, न्याय तथा संसदीय मन्त्रालयले समेत 'हाम्रो संविधान समावेशी संविधान' विशेष कार्यक्रम सुरु गर्दै आएको छ ।

कानुन मन्त्रालयले संविधान कार्यान्वयनका लागि नयाँ कानुन तर्जुमा र कानुन संशोधनका अतिरिक्त विभिन्न जिल्लाका गाविस र सामुदायिक विद्यालयमा जनतासँग प्रत्यक्ष अन्तक्र्रिया कार्यक्रम गर्दै आएको मन्त्रालयका प्रवक्ता डिल्लीराज घिमिरेले जानकारी दिए। मन्त्रालयले आफ्नो नियमित गर्दै आएको कानुनी शिक्षा सचेतना कार्यक्रममा संविधानका विशेषता, मौलिक हक, आरक्षण र समावेशिताका विषयवस्तुका बारेमा समेत जानकारी गराउन अन्तक्र्रिया कार्यक्रम गर्दै आएको छ ।

मन्त्रालयले हालै मात्र चितवन, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, काठमाडौँलगायत जिल्लाका गाविस तथा सामुदायिक विद्यालयमा कानुनी सचेतना शिक्षा सचेतना कार्यक्रम गरेको जानकारी गराउँदै प्रवक्ता घिमिरेले भने, "कार्यक्रममा संविधानका बारेमा जिज्ञासा राख्ने सर्वसाधारणको उत्साहपूर्ण सहभागिता थियो ।" कानुन मन्त्रालयले संविधानलाई अङ्ग्रेजी भाषामा पनि अनुवाद गरेको छ । रासस

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...