Friday 14 Jestha, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

कालोबजारियालाई 'राजनीतिक संरक्षण'

(0 votes)
काठमाडौं- आधा सिलिन्डर ग्यासलाई ४ हजार ५ सय रुपैयाँ बिक्री गरेको थाहा पाएपछि आइतबार वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले जोरपाटीस्थित प्राणनाथ ट्रेडर्सका सञ्चालक शिव कार्कीलाई नियन्त्रणमा लियो।
nepali-patro-may
दुई घन्टा बित्न नपाउँदै काठमाडौं क्षेत्र नम्बर ३ का एमाले सभासद रामेश्वर फुयालले विभागका अधिकारीलाई फोन गरेर भने, 'तपाईंले समातेको मान्छेलाई तत्काल छोड्नुस, ऊ हाम्रो मान्छे हो।' फुयालको फोनपछि विभागका अधिकारीले के गर्न सकिन्छ हेरौं भन्नेसम्म जवाफ फर्काए। फुयालले कार्कीलाई कुनै प्रकारको मुद्दा नलगाउन विभाग अधिकारीलाई फोनबाटै दबाब दिए।

– धादिङका ग्यास डिपो सञ्चालकहरुलाई विभागले पक्राउ गरेर ल्याउँदा पनि क्षेत्र नम्बर ३ का एमाले सभासद राजेन्द्र पाण्डेले फोन गरेर कारबाही नगर्न निर्देशन दिएका थिए। स्थानीय युवाले साल्ट टे्रडिङबाट ल्याएको ग्यास वितरण पारदर्शी नभएको र महँगोमा बेचिरहेको थाहा पाएपछि विभागले नियन्त्रण लिएको थियो।

यी घटना देशका सभासदहरु ग्यास कालोबजारी रोक्नभन्दा कालाबजारियालाई संरक्षण गर्न लागिपरेका केही उदाहरण हुन्। बजारमा आधा भरेको ग्यास सिलिन्डर ४५ सयदेखि ६ हजारसम्ममा बिक्रीको भएको थाहा पाएपछि विभागले सम्बद्ध व्यापारीलाई पक्राउ गरेको थियो ।

विभागले तोकिएभन्दा १० गुणासम्म बढी मूल्यमा ग्यास बेच्ने जोरपाटीका कार्कीलाई आइतबार नियन्त्रणमा लिएको थियो। एमाले सभासदले फोन गरेर छाड्न निर्देशन दिए पनि विभागले कार्कीविरुद्ध कालोबजारीमा मुद्दा हाल्ने तयारी थालेको छ।

संसदीय समितिले सरकारलाई कालोबजारी रोक्न निर्देशन दिइरहेकै बेला सत्ताको नेतृत्व गरिरहेको घटक एमालेका सभासद नै कालोबजारियालाई जोगाउन लागिपर्दा समस्या भएको आपूर्ति मन्त्रालय स्रोतले बतायो। 'कि कालोबजारी रोक भनेर निर्देशन नै दिनु भएन,' स्रोतले सोमबार नागरिकसँग भन्यो, 'जनताको नजरमा सरकारले कालोबजारी रोक्न नसकेको देखाउने अनि सभासदनै त्यस्ता व्यापारीलाई चोख्याउन लाग्दा समस्या भएको छ।'

मनपरी मूल्यमा ग्यास बेच्नेलाई कारबाही नगर्ने हो भने कुनै हालतमा कालोबजारी रोक्न नसकिने मन्त्रालय बताउँछ। 'राजनीतिक संरक्षणमा कालोबजारी भएको छ,' स्रोतले भन्यो, 'जबसम्म दोषी जोगाउन सभासद नै लाग्छन् तबसम्म कालोबजारी नियन्त्रण गर्न सकिन्न।'

एक्लो प्रयासले कालोबजारी रोक्न नसकिने मन्त्रालयका उच्च अधिकारीले बताए। 'संंसदीय समितिमा सभासद नै सरकारको मितेमतोमा कालोबजारी भएको निष्कर्ष निकाल्छन्,' स्रोतले भन्यो, 'बाहिरी रुपमा ठ्याक्कै उल्टो अवस्था छ।' राजनीतिक हस्तक्षेप नगर्ने हो भने कालोबजारी नियन्त्रणमा आउने मन्त्रालयको दाबी छ।

अनुगमन गर्न जाँदाखेरि नै नेता र सभासदको फोन आउन सुरु गर्छ। 'हामीले कसरी काम गर्नु!' मन्त्रायलका अधिकारीले भने, 'कालोबजारी रोक पनि भन्ने दोषी देखिएका व्यापारीलाई समातेर ल्याउँदा तत्काल छाड्न निर्देशन पनि दिने।' मन्त्रालयका अनुसार नेता र सभासदको प्रत्यक्ष संरक्षणमा डिपोले कालोबजारी गरेका हुन्।

आफ्नो घरमा ग्यास ल्याइदिएपछि सभासदले कालोबजारी गर्नेलाई संरक्षण दिएको मन्त्रालयको भनाइ छ। 'दोषी देखिएकालाई ल्याउनेबित्तिकै नेताको फोनको ओइरो लाग्छ,' स्रोतले भन्यो, 'अनि हामीले कसरी कारबाही गर्न सक्छौं।'

संसदको सार्वजनिक लेखा समिति र उद्योग वाणिज्य तथा उपभोक्ता समितिले कालोबजारी रोक्न पटक–पटक लिखित निर्देशन दिएका छन्। तर, तिनै सभासद कालोबजारी गर्नेलाई बचाउन लागेको विभागका अधिकारीहरुले बताए।

डिपोप्रमुख कुनै न कुनै राजनीतिक पाटीसँग आवद्ध हुन्छन्। 'जो राजनीतिक दलमा आवद्ध छन्, उनीहरु नै कालोबजारी उत्रन्छन्,' विभाग स्रोतले भन्यो, 'राजनीतिको छत्रछायामा अपराध हुने गरेकाले कालोबजारी नरोकिएको हो।'

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...