15 Jestha, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

पेट्रोलियम राजनीतिको चपेटा

  • मङ्गलबार २१ पुष, २०७२
  • उमेशप्रसाद दाहाल
  • Be the first to comment!
(0 votes)
पेट्रोलियम राजनीति (पेट्रो–पोलिटिक्स) कूटनीतिसँग सम्बन्धित र प्रचलित शब्द हो। यो शब्द जति प्रचलित र विश्वविख्यात छ यसको प्रयोग पनि त्यत्तिकै व्यापक र विस्तारित छ। धनी हुन् या गरिब राष्ट्र, यसको प्रहारमा पर्दै आएका छन्। इराक–इरान, इराक–कुवेत, अमेरिका–इराकबीचको युद्धको मुख्य परिणाम वा कारक तत्व पेट्रोलियम राजनीति नै हो।
nepali-patro-may
यो एउटा यस्तो बलियो र प्रभावकारी हतियार हो जसको माध्यमबाट त्यस देशको प्राकृतिक स्रोत र साधनलगायत तेल उत्खनन्, उत्पादन, प्रशोधन र वितरणसम्ममा पनि आफ्नो हैकमवाद र पकड जमाइराख्न शक्तिशाली राष्ट्रहरुले हदैसम्मको राजनीति अस्त्र प्रयोग गर्ने गर्छन्। आवश्यक पर्दा युद्ध नै गर्ने गरेको इतिहास पनि जीवित नै छ।

नेपालको सन्दर्भमा मधेसी दलहरुको मोर्चाबन्दीले ४ महिनाभन्दा बढी समयदेखि तराईमा जारी बन्द, हड्ताल, सीमावर्ती नाका (दशगजा क्षेत्र) मा धर्ना, आपूर्ति व्यवस्थामा अवरोध, त्यसमाथि १२० दिनभन्दा बढी समयदेखि भारतले लगाउँदै आएको अघोषित नाकाबन्दीको मूल रहस्य र मर्म पनि नेपालमा पेट्रोलियम पदार्थलगायत उपभोग्य वस्तुहरुको चरम अभाव उत्पन्न गराई सरकारलाई घुँडा टेकाउने 'रणनीति र राजनीति' रहेको देखिन्छ। यस विषयमा प्रकाश पार्नुअघि नेपालभित्रको पेट्रोलियम राजनीतिका विषयमा संक्षिप्त प्रकाश पार्ने प्रयास गरिएको छ।

नेपालले धेरै वर्षदेखि आफूलाई चाहिने पेट्रोल, डिजल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासलगायतका पेट्रोलियम पदार्थ भारतबाटै आयात गर्ने गरेको छ र यसको एकाधिकार अहिलेसम्म नेपाल आयल निगमलाई नै छ। तर यसले तोक्ने पेट्रोलियम मूल्यउपर भने सदैव राजनीतिक दल वा तिनका भातृसंगठनहरुद्वारा सरकारउपर प्रहार हुने गरेको देखिन्छ। चाहे त्यो शाहीकालमा होस् वा दलहरु सम्मिलित सकारमा होस्। जहिले पनि पेट्रोलियम मूल्य वृद्धि पेट्रोलियम राजनीतिको मुख्य मुद्दा बन्यो। जसको विरोधमा पटक–पटक नेपाल बन्द भए। सडकमा टायर बालियो। सडकका रेलिङ भाँचिए, नेपाल बन्द, उद्योग कलकारखाना बन्द गर्न बाध्य पारियो। राजनीतिक दलका भातृसंगठन वा विद्यार्थी नेताहरुले मच्चाएको उपद्रव र निरन्तरको नेपाल बन्दले अन्ततः कैयन् पटक मूल्य वृद्धि फिर्ता लिन सरकार बाध्य हुनुपर्योह। यस्तो स्थिति उत्पन्न गराउन पनि पेट्रोलियम राजनीतिभित्रकै खेल थियो। जो अहिलेसम्म चलिरहेको छ।

वर्तमानमा सार बाँकी रहे पनि रूप नदेखिएको मात्र के थियो त्यो रूप र प्रभाव अहिले मधेसी मोर्चाको जारी आन्दोलनमा बन्द, विरोध प्रदर्शन, सभा जुलुस, धर्ना र त्यसमाथि भारतको अघोषित नाकाबन्दीको प्रभावबाट देखिएको छ। परिणामस्वरूप भारतीय नाकाको बाटो भई आउने ७० प्रतिशत वा सोभन्दा बढी उपभोग्य वस्तुलगायत पेट्रोलियम पदार्थको आयात रोकिएकाले बजारमा उपभोग गर्ने खाद्यान्नलगायत कपडा, दलहन, तेलहन, औषधि, मट्टितेल, खाना पकाउने ग्यासलगायत अन्य पेट्रोलियम पदार्थको चरम अभाव उत्पन्न भएको छ। महँगी निकै आकाशिएको छ। यस्तो गतिविधिले मुलुकलाई वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पभन्दा बढी क्षति पुर्यातएको छ। लाखौं श्रमिकले रोजगारी गुमाएको अवस्था छ र कम्तीमा ८ लाख जनसंख्या गरिबीको रेखामुनि धकेलिएका छन्।

अहिले मुलुकमा पेट्रोलियम पदार्थ खपत हुने गतिविधि सबै ठप्पप्रायः छन्। इन्धन अभाव चर्किएको छ। मुख्यतः रक्सौल, वीरगञ्ज नाकाबाट पेट्रोलियम पदार्थ आयात हुन सकिरहेको छैन। छिमेकी देश भारत भन्छ– हामीले आपूर्ति रोकेका छैनौं। नेपालभित्रको आन्तरिक कारणले आपूर्ति सहज हुन नसकिरहेको उसको भनाइ छ र भन्छ– सरकार र मधेसी मोर्चाबीचको असहमति आपसी मामिला हो र यसलाई दुवै पक्षको छलफल एवं वार्ताद्वारा सल्टाउनुपर्छ। नेपालमा पेट्रोलियम पदार्थ पठाउन इच्छा नगर्नु वा असहज अवस्था उत्पन्न गराउनु भारतको रणनीति र राजनीति दुवै हुन सक्छ। पेट्रोलियम पदार्थ कुनै पनि देशको जीवनरेखा हो। यही जीवनरेखालाई विस्तारै–विस्तारै कमजोर पार्दै लगेमा र अत्यावश्यक उपभोग्य वस्तुहरुको देशभर चरम अभाव सिर्जना गराई मानवीय संकट उत्पन्न गराउन सकिएमा मधेसी मोर्चाको माग पूरा गर्न दबाब पुग्ने र कालान्तरमा आफ्नो अभीष्ट पनि पूरा हुने भारत सरकारको पेट्रोलियम राजनीतिभित्रको बुझाइ हुन सक्छ।

पेट्रोलियम राजनीतिको कारणबाट कुनै पनि देशको अर्थव्यवस्थामा नकारात्मक प्रभाव पर्छ र विकासको गति ओरालो लाग्ने क्रममा रहन्छ। अहिले भारतले आफ्नो अनुकूलको आर्थिक तथा राजनीतिक लक्ष्य प्राप्त गर्न मधेसी मोर्चालाई अघि सारी नाकाबन्दीसम्मको अवस्थामा पुर्याआउनुलाई नेपालको आगामी राजनीतिक भविष्य स्थिर नहुने हो कि भन्ने बुझाइ छ। अहिले नेपालको भारतसित अल्भि्कएको राजनीतिक सम्बन्ध विश्लेषण गर्दा के देखिएको छ भने भविष्यमा नेपाल–भारतमा मात्र पेट्रोलियम पदार्थ आयातमा आश्रित हुनु एउटा अभिशाप हो। तर यो अभिशापबाट नेपालले झट्ट मुक्ति पाउला जस्तो देखिएको छैन किनभने २० वर्षदेखि चर्चामा रहेको तर कार्यरूप लिन नसकिरहेको रक्सोल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण पेट्रोलियम राजनीतिअन्तर्गत मोदी सरकारले लिएको एउटा रणनीति थियो। जसको कार्यान्वयन सम्झौता गत अगस्त सन् २०१५ मा सम्पन्न भएको छ। भारत भन्छ– हामीले नेपाललाई सहयोगस्वरूप निःशुल्क निर्माण गरिदिने होइन यो एउटा आपसी व्यावसायिक सम्झौताअन्तर्गत नेपाललाई गरिदिएको सहयोग हो। यो सम्झौताभित्रको मर्म नेपालले रक्सोल–अमलेखगञ्ज पाइपलाइन निर्माणपछि कम्तीमा आगामी १५ वर्षसम्म इन्डियन आयल कर्पोरेसनकै आपूर्ति व्यवस्थाउपर नै निर्भर रहन बाध्य हुनुपर्छ। अतः जतिसक्दो यस प्रकारको सम्झौताबाट मुक्ति पाउन नेपालले मित्रराष्ट्र चीनबाट शीघ्र व्यावसायिक सम्झौता गरी पेट्रोलियम पदार्थको भरपर्दो वैकल्पिक स्रोतको निर्माण गर्नु अनिवार्य भैसकेको छ।

पेट्रोलियम बजार विश्लेषक

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...