Monday 3 Falgun, 2072 |
Menu

खेल

istl

आर्सनलको स्पष्ट अग्रता

(0 votes)
आर्सनलको स्पष्ट अग्रता
लन्डन- लाउरेन्ट कोसिलनेकोमा आर्सनलले शनिबार न्युक्यासल युनाइटेडलाई १–० ले पराजित गर्दै इङलिस प्रिमियर लिग अंकतालिकामा दोस्रो स्थानको लिचेस्टर सिटीमाथि २ अंकको स्पष्ट अग्रता कायम गर्दा वायन रुनीको गोलमा म्यानचेस्टर युनाइटेडले महत्वपूर्ण जित हासिल गरेको छ।

nepalipatro-nagarik
हल्का वर्षाका बीच आर्सनलको इमिरेट्स् रंगशालामा फ्रान्सेली राष्ट्रिय टोलीका सहयात्री ओलिभर जिरौडको पासमा कोसिलनेले ७२औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका हुन्।

घरेलु मैदानमा बर्नामाउथसँग गोलरहित बराबरीमा रोकिएपछि लिचेस्टरले सिटी तेस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा १ अंक मात्र माथि छ। याया टाउरे र सर्जियो अग्विरोको गोलमा सिटीले भने शनिबार वाट्फोर्डलाई २–१ ले हरायो। वीसौं चरणको खेल सकिदा लिचेस्टरको ४० अंक छ भने आर्सनल ४२ अंकका साथ शिर्ष स्थानमा कायम छ। तेस्रो स्थानको सिटीले ३९ अंक जोडेको छ।

'हामीले आफ्नै क्षमताअनुसारको प्रदर्शन गर्न सकेनौं। तर तीन अंक बटुल्न सफल भयौं। जुन हामीलाई आवश्यक थियो,' आर्सनल प्रशिक्षक आर्सेन वेंगरले भने, 'थाकित अवस्थामा टोलीले संगठित प्रदर्शन गर्दै पाएको अवसरलाई सदुपयोग गर्यो्। क्रिसमस यताको ४ खेलमा ९ अंक वटुल्यौं। साउथह्याम्टनसँग हारे पनि फर्केर हेर्दा हामीले ७५ प्रतिशत काम पूरा गरेका छौं।'

आफ्नो क्षमता अनुरुपको प्रदर्शन गर्न नसके पनि आर्सनलका गोलकिपर पिटर चेकले जर्जिनियो विजनाल्डमको प्रहार बचाएका थिए। चेकले एलेक्जेन्डर मित्रोभिचको उत्कृष्ट भलीलाई पनि विफल तुल्याए।

मेसुट ओजिलको कर्नरलाई न्युक्यासलका गोलकिपर रोव इलियोटले पन्च गरे पनि बल राम्ररी क्लियर हुन सकेको थिएन। त्यही मौकामा जिरौडले हेडमार्फत दिएको पासमा कोसिलनेले फ्िलक गरेर घरेलु दर्शकलाई खुसी पारेका थिए।

किङ पावर रंगशालामा १० खेलाडीमा सिमित बर्नामाउथसँग गोलरहित बराबरी खेलेपछि लिचेस्टरको जितविहिन यात्रा तीन खेलसम्म लम्विएको छ।

पहिलो हाफमा लिचेस्टरका फरवार्ड जेमी भार्डेको प्रयास असफल हुदाँ दोस्रो हाफमा रियाद मेहराजको पेनाल्टी आर्टुर बोरुकले रोकेका थिए। भार्डेलाई फाउल गरेपछि बर्नामाउथका रक्षक सिमोन फ्रान्सिसले रातो कार्डको दर्शन गरेका थिए।

यद्दपी लिचेस्टरका प्रशिक्षक क्लाउडियो रेनरी सकरात्मक देखिएका छन्। 'यो बराबरी आफैमा राम्रो होइन। एक अंक मात्र पाएका छौं। तर, हामीले आफ्नो लक्ष्यअनुसार ४० अंक जोडेका छौं,' इटालियन प्रशिक्षक रेनरीले भने।

एलेक्सजेन्डर कोलारोभले ५५औं मिनेटमा गरेको आत्मघाती गोलमा गोलमा वाट्फोर्डले अग्रता लिए पनि म्यानचेस्टर सिटीले अवे खेलमा लगातार ७ खेलसम्मको जितविहिन यात्रा अन्त्य गरेको छ।

कोलारोभको पासमा टाउरेले ८२औं मिनेटमा गोल गर्दै भ्रमणकारी टोलीलाई बराबरीमा ल्याए। त्यसको तीन मिनेट नवित्दै बकारी साङ्गाको क्रसमा अग्विरोले गोल गर्दै सिटीको जित पक्का गरेका हुन्। जीतसँगै म्यानुएल पेलेग्रिनीको सिटी उपाधी दौड थप बलियो पार्न सफल भएको छ।

'यो टोलीसँग विशेष क्षमता छ। हामीले अन्तिमसम्म हरेश खाएनौं,' पेलेग्रिनीले भने, 'पछिल्ला ६ अवे खेलमा विजयरहित भएपछिको यो जितले महत्वपूर्ण सन्देश दिएको छ। प्रत्येक खेलमा हाम्रो प्रदर्शन सुधारिएको छ।'

ओल्ड ट्राफोर्डमा ७७औं मिनेटमा रुनीले गरेको विजयी गोलमा युनाइटेडले स्वान्सी सिटीमाथि २–१ को नतिजा निकाल्यो। शनिबारको गोलसँगै रुनीले आफ्नो टोली युनाइटेड र प्रिमियर लिगमा सबभन्दा बढि गोल गर्नेको सुचीको दोस्रो स्थानमा नाम लेखाएका छन्। रुनीले प्रिमियर लिगमा १ सय ८८ तथा युनाइटेडका लागि सबैखाले प्रतियोगितामा गरी २ सय ३८ गोल गरेका छन्।

एन्थोनी मार्सियलको दिएको पासमा रुनीले गोल गरेपछि युनाइटेडको ८ खेलसम्मको जितविहिन संघर्ष समाप्त भएको हो। त्यसअघि ४८औं मिनेटमा एस्ले योङको क्रसमा पेनाल्टी बक्समा रहेका मार्सियलले हेडबाट गोल गर्दै घरेलु टोलीलाई अग्रता दिएका थिए। ७०औं मिनेटमा गेल्फी सिगुर्डसनले स्वान्सीका लागि बराबरी गोल गरेका थिए। जितसँगै दबाबमा रहेका प्रशिक्षक लुइस भान हाललाई राहत मिलेको छ।

'खेलाडीसँग निकै खुशी छु किनकी ठूलो दबाबका बीच उनीहरुले आफूलाई प्रमाणित गर्दै जित निकालेका छन्,' भान हालले भने, 'आशा गरौं, यो महत्वपूर्ण जितसँगै हाम्रो नयाँ वर्ष सुखद हुनेछ।'

जीत पछि युनाइटेड चौथो स्थानको टोटेनह्यामसँगको दुरी दुई अंकमा झार्दै पाँचौ स्थानमा उक्लिएको छ।

एस्टन भिल्लाले शनिबार पनि सन्डरल्यान्डसँग ३–१ पराजित भएपछि रेलिगेसन क्षेत्रबाट माथि उक्लिने मौका गुमायो। प्याटि्रक भान एनहोल्डको गोलमा अग्रता लिएको सन्डरल्यान्डका लागि जेर्माइन डियोफले २ गोल गरे। भिल्लाका लागि कार्लोस गिलको गोल सन्तोना बन्यो।

त्यस्तै वेस्ट ब्रोमले स्टोक सिटीलाई २–१ ले हराउँदा साथउह्याम्टन नर्विच सिटीसँग १–० पराजित भयो।

प्रतिक्रिया

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...

संकटमा किशोर फुटबलर

संकटमा किशोर फुटबलर

काठमाडौं-नेपाली जनता महाभूकम्पको पीडा बिर्सने कोसिस गरिरहेका बेला किशोर फुटबलरहरू एएफसी यु–१४ फुटबल फेस्टिबल खेल्न ताजिकिस्तान उडेका थिए। अभ्यास गरिरहेका बेला उनीहरूले वैशाख २९ को अनुकम्पनलाई भोगे। जनजीवन सामान्य बन्दै...