Wednesday 12 Jestha, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

प्रधानमन्त्री चढेको हेलिकप्टर ग्राउन्डेड

(0 votes)
प्रधानमन्त्री चढेको हेलिकप्टर ग्राउन्डेड
गिम्दी- नेपाली सेनाको हेलिकप्टर अचानक खराब हुँदा प्रधानमन्त्रीसहित विशिष्ट पाहुना करिब दुई घन्टा ललितपुरको गिम्दीमा अलपत्र परेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, सहायक मन्त्री विराजबहादुर बिष्ट, सचिव लक्ष्मीप्रसाद ढकाल र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीले करिब दुई घन्टा स्थानीयका समस्या सुन्ने र मोबाइलमा सेल्फी खिच्दै बिताए। गिम्दीमा आयोजित एउटा औपचारिक कार्यक्रम सकेर फर्कंदा चढेर आएको नेपाली सेनाको हेलिकप्टर बिग्रिएको थियो।
nepali-patro-may
ललितपुरको गिम्दी र मकवानपुरको मन्थली जोड्ने सोभानेबेसी झोलुंगे पुल उद्घाटनका लागि नेपाली सेनाको नाइन एन राज कलसाइन भएको सुपरपुमा हेलिकप्टर चढेर प्रधानमन्त्री सहितको टोली गिम्दी पुगेको थियो। कार्यक्रम सकेर फर्कंदा दुई पटकसम्म प्रयास गर्दासमेत हेलिकप्टर उडेको थिएन। नेपाली सेनाको एनए ०५७ कलसाइनको एमआई १६ हेलिकप्टर आएपछि प्रधानमन्त्री ओलीले अब पक्का उडिन्छ भन्दै फर्किएका थिए।

नेपाली सेनाले विशिष्ट पाहुना बोक्न प्रयोग गर्दै आएको सुपरपुमामा उड्नका लागि बिदा भएर बसिसकेका प्रधानमन्त्री ओली हेलिकप्टर नउडेपछि ओर्लिए। अर्को पटक उड्न तयार भएको भन्दै प्रधानमन्त्री ओली फेरि चढे। यसपटक समेत सुपरपुमा उडेन। प्रधानमन्त्री ओलीका लागि सेनाको हवाई निर्देशनालयका सहायक रथी डिबी शाहसहितको टोलीले आफंध हेलिकप्टर उडाएर गएको भए पनि सुपरपुमामा आएको खराबी पत्ता लगाउन सकेन। दुई पटक नै हेलिकप्टर नउडेपछि मोबाइलको नेटवर्क आउनेजाने गरिरहेको अवस्थामा प्रधानमन्त्री ओलीका पार्श्ववर्ती प्रमुख सेनानी भुवन खत्रीले स्थानीयको मोबाइल मागेर हवाई निर्देशनालयबाट अर्को हेलिकप्टर मगाएका थिए। हेलिकप्टर आउने तय भए पनि त्यसका लागि हेलिप्याड नभएपछि स्वास्थ्य अवस्थाका कारण पुल उद्घाटनका लागि रिबन हटाउन तल नओर्लेका प्रधानमन्त्री ओली पारि बनाइएको हेलिप्याडतर्फ गएका थिए।

झोलुंगे पुलपारि मकवानपुरको मन्थलीमा बनाइएको हेलिप्याडनजिक टुसुक्क चिसो ढुंगामा बसेका प्रधानमन्त्रीलाई स्थानीय युवाले सेल्फी सेलिब्रेटी जस्तै आउँदै फोटो खिच्दै गरिरहेका थिए। प्रधानमन्त्री ओलीसमेत उत्साही भएर केही समयअघिसम्म सबैसँग फोटो खिचाइरहेका भए पनि हेलिकप्टर आउन ढिला भएपछि केही दिक्क र हतास देखिएका थिए।

नेपाली सेनाले भने सुपरपुमा बिग्रिएको घटना सामान्य प्राविधिक गडबडी भएको जनाएको छ। नेपाली सेनाले प्रधानमन्त्री चढेको सुपरपुमामा प्राविधिक गडबडी भएपछि तत्काल अर्को हेलिकप्टर पठाएर प्रधानमन्त्री ओली फर्किएको जनाएको हो। सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले सेनाको हेलिकप्टरमा सामान्य प्राविधिक गडबडी आएको बताए। उनले भने, ...सुपरपुमामा केही प्राविधिक गडबडी भएपछि प्रध्ाानमन्त्रीलाई अर्को हेलिकप्टर पठाएर ल्याएका छौं, बिग्रिएको सुपरपुमा समेत बनेर फर्किएको छ।'

प्रधानमन्त्री ओलीलाई लिन गएको एमआई १६ मा गएका निर्देशनालयका प्राविधिकले केहीबेरमा सुपरपुमा ठिक बनाएर रित्तै फर्काएका थिए।

तुइनको ठाउँमा झोलुंगे पुल

ललितपुर र मकवानपुरका दुई गाबिस गिम्दी र मन्थली जोड्ने बाग्मती नदीमाथिको सोभाने बेसीमा २०७० बाट सुरु भएको झोलुंगे पुललाई प्रधानमन्त्री ओलीको मन्त्रिमण्डलले गरेको पहिलो निर्णयको कार्यान्वयन आभास दिन कार्यक्रम आयोजना गरिएको थियो। प्रधानमन्त्री ओलीको मन्त्रिपरिषदको पहिलो बैठकले देशभर रहेका तुइन दुई वर्षमा प्रतिस्थापन गर्ने निर्णय गरेको हो। तत्कालीन स्थानीय विकास मन्त्रालयका सचिव सोमलाल सुवेदीको डिजाइनमा मन्त्रिपरिषदलाई तुइन हटाउने निर्णय गराइएको थियो।

एकपछि अर्को हावादारी घोषणा गर्दै हिडेको आलोचना भै रहेका समय मुख्य सचिव सुवेदीले नै निर्माण कार्य पुरा भई तुईन बिस्थापित भएको सोभाने बेसी झोलुङगे पुलको उदघाटनाका लागि प्रधानमन्त्री ओलीलाई लैजान स्थानिय मन्त्रालयका पदाधिकारीलाई सुझाएका थिए। सोही अनुसार गिम्दी पुगेका प्रधानमन्त्री ओली प्रत्यक्ष गएर पुलमा राखिएको ताम्रपत्रको पर्दा हटाउन नसके पनि असल कामको सुरुवातका रुपमा वाहवाही पाएर फर्कदा हेलिकोप्टर बिग्रिएपछि केही हतास देखिएका थिए। प्रधानमन्त्री ओली तल ओर्लन सकेपनि माथि उक्लिन स्वास्थ्यले नदिने भन्दै संघिय मामिला तथा स्थानिय विकास सहायक मन्त्री बिराजबहादुर बिस्टले प्रभानमन्त्री ओलीको नाम कुदिएको ताम्रपत्रको पर्दा हटाएका थिए।

सोभाने बेशीमा स्थानिय पूर्वाधार तथा कृर्षी सडक परियोजनाको झोलुङगेपुल निर्माण आयोजना अर्न्तगत ८२ लाख ४९ हजारमा पुल निर्माण गरिएको हो।पुलको निर्माणसँगै करिब डेढ दशक देखि रहदै आएको तुईन बिस्थापित भएको छ। यस्तै मकवानपुरको मन्थली गाबिस र ललितपुरको गिम्दी गाबिसका एकलाख घरपरिवारले तुईनको सकसपूर्ण यात्राबाट मुक्ति पाएका छन। स्थानियले झोलुङगे पुलको उदघाटनका लागि गएका प्रधानमन्त्री ओली नफर्कदासम्म उनलाई घेरेर धन्यबाद दिईरहेका थिए।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...