Tuesday 26 Magh, 2072 |
Menu

खेल

istl

'आन्दोलन रोके संशोधन थमौती'

(0 votes)
काठमाडौं- नेकपा एमाले नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आन्दोलन कार्यक्रम स्थगित गरे सविधान थमौती राख्न सकिने बताएका छन्। प्रेस चौतारी नेपालले पुरस्कार वितरण समारोहमा शनिबार नेपालले मधेसका अन्य मागबारे दलहरु सकारात्मक रहेको भन्दै आन्दोलन कार्यक्रम रोक्न आग्रह गरेका हुन्। 'निर्वाचन क्षेत्र निर्धारण, सामाजिक न्यायसम्बन्धी व्यवस्थामा विचार गरिने भनिएको छ,' नेपालले भने, 'मोर्चाले आन्दोलन रोकेर वार्तामा आए संविधान संशोधनलाई थमौती गर्न सकिन्छ।'
nepalipatro-nagarik
आफ्नो सहमति नभई सरकार र प्रमुख प्रतिपक्षी दल मिलेर संविधान संशोधन प्रस्ताव अघि बढाएको भन्दै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आपत्ति जनाएको छ। मोर्चाले थप संघर्षको कार्यक्रम घोषणा गरेको छ।

नेता नेपालले सीमांकन गरिँदा थप समस्या नआओस् भनेर सचेत हुनुपर्ने बताए। '६ बाट ७ बनाउँदै त्रुटि भयो,' नेपालले भने, 'अहिले त्यही विषयलाई जातीय भावना उराल्न खोजिएको समयमा सीमांकन विषयमा गम्भीर भएर निर्णय गर्नुपर्छ।' नेपालले राष्ट्रपति विद्या भण्डारीलाई जानकी मन्दिर प्रवेशको विषयलाई लिएर मधेसी मोर्चाका कार्यकर्ताबाट भएको व्यवहारको चर्को आलोचना गरे।

'मोर्चा कार्यकर्ताका आमा र हजुरआमा विधवा छैनन्? अनि विधुर पुरुषले मन्दिर जान पाउने कि नपाउने?' नेपालले भने, 'अहिले जे घटना भयो, यो नेपालको राष्ट्रपतिको मात्र नभएर विश्वभरका महिलाको अपमान हो।'

विवाह पञ्चमीको दिन जनकपुरस्थित जानकी मन्दिरमा पुगेकी राष्ट्रपति भण्डारी विधवा भएको भन्दै उनले मन्दिर अपवित्र बनाएको आरोप लगाइएको थियो। मोर्चा कार्यकर्ताले मन्दिर परिसर शुद्धीकरण गरेका थिए। 'मोर्चाले अहिलेसम्म यो घटनाको न भर्त्सना गरेको छ न त त्यसमा संलग्नलाई कारबाही नै। त्यसैले मोर्चाले त्यस्तो कामलाई प्रोत्साहित गरेको छ,' नेपालले भने, 'सति प्रथाको युग र सामन्ती युगमा फर्किन खोजेको हो?' उनले अधिकांश मधेसी जनता यस्तो कार्यको विपक्षमा रहेको बताए। मधेसी मोर्चाभन्दा अन्य दलले मत ल्याएको भन्दै नेपालले मधेसमा आफूमात्रै भएको नसम्झन चेतावनी दिए।

कार्यक्रममा हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार तीर्थ कोइराला, अग्नीशिखा पत्रकारिता पुरस्कार गोविन्द पोखरेल, वीरेन्द्र साह युवा पत्रकारिता पुरस्कार छेटु शेर्पा र डेकेन्द्र थापा साहसिक पत्रकारित पुरस्कार ईश्वरी जिएमलाई प्रदान गरियो।

प्रतिक्रिया

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...

संकटमा किशोर फुटबलर

संकटमा किशोर फुटबलर

काठमाडौं-नेपाली जनता महाभूकम्पको पीडा बिर्सने कोसिस गरिरहेका बेला किशोर फुटबलरहरू एएफसी यु–१४ फुटबल फेस्टिबल खेल्न ताजिकिस्तान उडेका थिए। अभ्यास गरिरहेका बेला उनीहरूले वैशाख २९ को अनुकम्पनलाई भोगे। जनजीवन सामान्य बन्दै...