Tuesday 26 Magh, 2072 |
Menu

खेल

istl

अर्बौंको विकास योजनामा बहानाबाजी

(0 votes)
अर्बौंको विकास योजनामा बहानाबाजी
विराटनगर- मोरङ जिल्ला सदरमुकाम विराटनगर सरेको सय वर्ष नाघेको छ। सय वर्ष पुरानो सहरको हविगत भने बल्ल घोषणा भएका नयाँ नगरपालिकाको जस्तो पनि छैन। बरु झन्झन् खस्कँदो छ। उपमहानरमा सहर विकास र विस्तारका आयोजना छन् तर काम कछुवा गतिमा भइरहेको छ। सडक विस्तारका लागि बाटोछेउका प्रायः सबै घर भत्काइएको छ।

nepalipatro-nagarik
विराटनगरलाई सुविधासम्पन्न सहर बनाउन सडक विस्तार, ढल–नाला निर्माण, चक्रपथ (रिङरोड) सडक, आधुनिक एकीकृत जाँच बिन्दु (आइसिपी), रेलवे, तीनपैनी–पुष्पलाल चोक सडक निर्माण, जोगवनी–धरान चार लेन सडकलगायत योजना बन्द र नाकाबन्दीको बहाना देखाउँदै रोकिएका छन्।

विराटनगरको स्वरूप फेर्ने ०५४ सालदेखिका विकास निर्माणका कुनै पनि योजना अझै सम्पन्न भएका छैनन्। कनिका छरेझैं बजेट, ठेकेदार कम्पनीको बदमासी, मुआब्जा समस्या, लगातारको बन्द र भारतीय नाकाबन्दीले विराटनगरको विकास आयोजना समयमै सम्पन्न हुन नसकेको सरकारी अधिकारीको भनाइ छ।

१ सय ३० करोड भारतीय रूपैयाँमा सीमा क्षेत्रमा निर्माण हुने आधुनिक एकीकृत जाँच बिन्दु (आइसिपी) निर्माणको त सुरसारै छैन।

०५४ सालमा एकीकृत कार्यमूलक योजना (आइएपी) तयार गरी विराटनगरमा चक्रपथ बनाउने सुरसार गरिए पनि बर्सेनि छुट्ट्याउने 'हात्तीको मुखमा जिरा' जस्तै बजेटले निर्माण अगाडि बढ्न सकेको छैन।

१ अर्ब ३० करोड रूपैयाँ लागतमा निर्माण हुने ४२ किलोमिटर लामो चक्रपथका लागि सरकारले यस वर्ष ५ करोड ९५ लाख रूपैयाँ मात्र विनियोजन गरेको छ। २ सय ३८ करोड भारतीय रूपैयाँमा निर्माण थालिएको बथनाहा–कटहरी इलेक्ट्रोनिक ब्रोडगेज रेलवे लाइनको काम पनि रोकिएको छ। २ अर्ब ४३ करोड रूपैयाँको सहरी वातावरण सुधार परियोजनाको काम पनि वैशाख १२ यता ठप्प छ। विराटनगरको ढल, नाला, सडक सुधार र तीनपैनी–पुष्पलाल चोक सडक निर्माण यही परियोजनाअन्तर्गत पर्छ।

रोकियो ढल–नाला निर्माण

सहरी वातावरण सुधार परियोजनाअन्तर्गत विराटनगरको ढल–नाला र सडक सुधारका लागि दुई वर्षदेखि निर्माण थालिए पनि अझैसम्म ५० प्रतिशत काम हुन सकेको छैन। कालिका कन्स्ट्रक्सनले निर्माण ठेक्का लिएको उक्त परियोजना वैशाख १२ को भूकम्पपछि रोकिएको छ।

एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा थालिएको आयोजनाअन्तर्गत विराटनगरमा २५ किलोमिटर मुख्य ढल निर्माण हुनेछ। ३५ किलोमिटर सहायक ढल, पानी निकासीका लागि १६ किलोमिटर मुख्य नाला र ५ किलोमिटर सहायक नाला निर्माण गर्ने योजना छ।

फोहर पानी प्रशोधनका लागि विराटनगरको वडा नं १८ र २२ मा पानी प्रशोधन केन्द्र (वेस्ट टि्रटमेन्ट प्लान्ट) बनाउने योजना छ। 'ढल–नालाको काम भूकम्पयता रोकिएको छ,' विराटनगर उपमहानगरका कार्यकारी अधिकृत गोपाल रेग्मीले नागरिकसँग भने, 'काम फेरि थाल्न गृहकार्य हुँदैछ, छिट्टै निर्माण अघि बढ्छ।'

वैशाख १२ को भूकम्पपछि परियोजनाको काम एक महिना रोकिएको थियो। त्यसपछि यहाँका इँटा व्यवसायीको झमेलाले थप एक महिना रोकिएको रेग्मीले बताए। 'त्यसपछि बर्खा लाग्यो, बर्खामा कामै भएन,' उनले भने, 'बर्खा सकिएलगत्तै मधेस आन्दोलन भयो, काम अगाडि बढ्नै सकेन।'

उपमहानगरका कार्यकारी अधिकृत रेग्मीले बुधबारदेखि तीनपैनी–पुष्पलाल चोकको सडक निर्माण थालिएको बताए।

यस्तै, विराटनगरको जोगवनीदेखि धरानसम्म चार लेनको कोसी राजमार्ग निर्माणका लागि बाटोका दुवै छेउ ढुंगाको घेराबेरा लगाइए पनि थप काम हुन सकेको छैन।

आइसिपीमा घेराबेरा मात्र

१ सय ३० करोड भारतीय रूपैयाँमा भारतले नै बनाइदिने भनिएको आधुनिक एकीकृत जाँच बिन्दु (आइसिपी) निर्माण सुरु नै भएको छैन। १ सय ३६ बिघा जग्गा अधिग्रहण गरेर सरकारले आइसिपी निर्माणका लागि भारतलाई हस्तान्तरण गरिसकेको छ।

सरकारले जग्गा अधिग्रहणबापत १४ करोड रूपैयाँ मुआब्जा पनि बाँडिसकेको छ। अधिग्रहण गरिएको जग्गामा सहरी विकास तथा भवन निर्माण कार्यालयले तारजालीले घेरा हालेको छ। भारत सरकारले सीमावर्ती नाकामा आफू र नेपालतिर पनि आधुनिक एकीकृत चेकपोस्ट निर्माण गर्दैछ। भारततर्फ भने निर्माण कार्य जारी छ। एकीकृत चेकपोस्ट बिन्दुमा भन्सार, पशु क्वारेन्टाइनलगायत सीमा क्षेत्रमा हुने सरकारी कारोबार एकै थलोबाट गर्ने उद्देश्यले आइसिपी निर्माण हुन लागेको हो।

'भारततर्फ ६०–६५ प्रतिशत काम सकिइसक्यो, हाम्रोतिर थालिएकै छैन,' सहरी विकास तथा भवन निर्माण कार्यालयका डिभिजन प्रमुख किशोरलाल महाजूले नागरिकसँग भने, 'काम छिट्टै थाल्न भारतीय पक्षलाई ताकेता गरिरहेका छौँ।' भारतीय पक्षले के कारण ढिला गरेको हो भन्ने नेपाली पक्ष अनभिज्ञ छ।

'हामीले त सहजीकरण मात्रै गरिदिने हो,' महाजूले भने, 'काम ढिलो भयो भनेर कयौं पटक भनिसक्यौं, खै किन नथालेको हो, थाहै भएन।'

ड्याममै सीमित रेलवे

उत्तर–दक्षिण रेलवेमार्ग विस्तारमा सहमति जनाएको भारत सरकारले मोरङको सीमावर्ती बथनाहा–कटहरीअन्तर्गत इलेक्ट्रोनिक ब्रोडगेज रेलवे लाइन निर्माणका लागि ड्याम बनाइसकेको छ। दसगजानजिकबाट भारतीय रेलवे प्राविधिकले नेपालतर्फको ट्र्याक खोलेर कटहरीसम्म ल्याइपुर्या एको छ। तर, ट्र्याक खोलेर ड्याम बनाए पनि त्यसपछिको काम रोकिएको छ। रेलवे तथा मेट्रो विकास आयोजना विराटनगरले काम सुचारू गर्न भारतीय पक्षलाई आग्रह गरेको जनाएको छ।

बथनाहा–कटहरी रेलवे मार्गका लागि सरकारले १ सय १४ बिघा जग्गा अधिग्रहण गरेर भारतलाई निर्माणका लागि हस्तान्तरण गरेपछि कोलकातास्थित तातिया एन्ड तातिया कन्स्ट्रक्सनले तीन वर्षअघि ट्र्याक बनाउन सुरु गरेको थियो। बथनाहा–कटहरी रेलवे मार्ग १८.१ किलोमिटर लामो छ। जसमा १३.१ किलोमिटर नेपालतर्फ र पाँच किलोमिटर भारततर्फ ट्र्याक बनाइनेछ। २ सय ३८ करोड भारतीय रुपैयाँ लागतमा निर्माण थालिएको उक्त रेलवे ट्र्याकमा यात्रु र मालवाहक दुवै ट्रेन आउजाउ गर्नेछ।

सरकारले रेलवे मार्ग निर्माणका लागि अधिग्रहण गरेको जग्गाको मुआब्जा र क्षतिपूर्ति स्थानीयलाई बाँडिसकेको छ। ४३ करोड रुपैयाँ मुआब्जा र क्षतिपूर्तिवापत बाँडेको हो। सिंघिया खोलामा रेल क्रसका लागि पुल र मोरङको कटहरी–३ मा रेलवे प्लेटफर्म, यात्रु प्रतीक्षालय, कार्यालय भवनसमेत निर्माण निर्माण गर्ने योजना छ। १५ सय मिटर लम्बाइ र १ सय ५० मिटर चौडाइ जग्गामा रेलवे प्लेटफर्म निर्माण गर्ने तयारी छ। भेडियारी र बथनाहामा समेत रेलवे स्टेसन बनाउन लागिएको छ।

कछुवा गतिमा चक्रपथ

विराटनगर सहरवरिपरि ४२ किलोमिटर कालोपत्रे चक्रपथ (रिङरोड) बनाउने ०५४ कै योजना अझै अधुरो छ। हरेक वर्ष कनिका छरेझैँ आउने बजेटले चक्रपथ निर्माणको काम हुन सकेको छैन। सरकारले चालु आर्थिक वर्षमा चक्रपथका लागि ५ करोड ९५ लाख रूपैयाँ बजेट छुट्ट्याएको छ।

चक्रपथको ४२ किलोमिटरसम्म ट्र्याक खुलिसकेको छ।

कटहरी–झोराहाट दुई किलोमिटर सडकको काम अदालतको निर्णयले रोकिएको छ। महतोटोलमा चक्रपथको स्तरोन्नति सकिए पनि गिट्टी राख्न बाँकी छ। 'बजेट पनि ढिलो आएको छ,' सहरी विकास तथा भवन निर्माण कार्यालयका डिभिजन प्रमुख महाजूले भने, 'आन्दोलनले काम रोकिएको हो, लगत अनुमान गर्ने क्रममा छौं।'

भित्री सहरी क्षेत्रबाट भारी सवारीसाधनका चाप हटाउन, व्यवस्थित सहरी क्षेत्र विस्तार गर्न र औद्योगिक विकास विस्तार, एकीकृत भन्सार पोस्ट एवं विशेष आर्थिक क्षेत्रको विकासमा टेवा पुर्या्उने उद्देश्यले ०५४ सालमा विराटनगरमा चक्रपथ बनाउने सुरसार गरिएको थियो। ०५४ सालमा एकीकृत कार्यमूलक योजना (आइएपी) तयार गरी विराटनगरमा चक्रपथ बनाउने सुरसार गरिए पनि त्यसपछि ०५४ मै सरकारबाट अवधारणाअनुरुप काम सुरु गर्न निर्देशन आए पनि बजेट अभावमा निर्माण कार्य अगाडि बढ्न सकेको छैन।

प्रतिक्रिया

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...

संकटमा किशोर फुटबलर

संकटमा किशोर फुटबलर

काठमाडौं-नेपाली जनता महाभूकम्पको पीडा बिर्सने कोसिस गरिरहेका बेला किशोर फुटबलरहरू एएफसी यु–१४ फुटबल फेस्टिबल खेल्न ताजिकिस्तान उडेका थिए। अभ्यास गरिरहेका बेला उनीहरूले वैशाख २९ को अनुकम्पनलाई भोगे। जनजीवन सामान्य बन्दै...