Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

जावलाखेल दंग, आरसिटीलाई दबाब

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, चैत ३ (नागरिक)- सामसुङ जावलाखेल युथ क्लबले मंगलबार ब्वाइज युनियनमाथि महŒवपूर्ण विजय पाउँदा रानीपोखरी कर्नर टिम (आरसिटी) माथि दबाब बढेको छ। आरसिटीले त्रिभुवन आर्मी क्लबलाई २-० ले नतिजा सुम्पियो।

सहिद स्मारक सान मिगेल ए डिभिजन लिगमा दोस्रो जितपछि जावलाखेल रेलिगेसन क्षेत्रबाट उम्किएको छ। पुछारबाट दोस्रो स्थानबाट जावलाखेल तीन अंक थप्दै आठौं स्थानमा बढुवा भएको हो। एक स्थान माथिको ब्वाइज युनियन हारपछि रेलिगेसन क्षेत्रमा ओर्लेको छ। टोलीसँग ५ अंक छ। लिगबाट पुछारका दुई टोली रेलिगेसनमा पर्ने नियम छ।

२८औं मिनेटमा लक्ष्मी श्रेष्ठले गरेको एउटै गोल जावलाखेलको जितलाई पर्याप्त रह्यो। राज पौडेलको प्रहारबाट हातमा आइसकेको बल ब्वाइज युनियन गोलरक्षक विनय श्रेष्ठले 'ग्रीप' गर्न सकेनन् र त्यसको फाइदा उठाउँदै लक्ष्मीले गोल गरे। ६७औं मिनेटमा ब्वाइज युनियनका कमल श्रेष्ठले पेनाल्टी बक्सको ठीक बाहिरबाट गरेको उत्कृष्ट प्रहारलाई गोलरक्षक विक्रम गुरुङले त्यति नै कुशलसँग पन्च गर्दा सम्भावित बराबरी टरेको थियो। त्यसबाहेक दुवै टोलीले खासै आक्रमण गर्न सकेनन्।

बढी आत्मविश्वास हारको कारण हुनसक्ने ब्वाइज युनियनका प्रशिक्षक कुमार कटुवालले बताए। 'तुलनात्मक रूपमा जावलाखेलले राम्रो खेल्यो। हाम्रो मिडफिल्डबाट बल सप्लाई पनि हुन सकेन। समग्रमा सोचेअनुरुपको खेल भएन,' कटुवालले भने, 'खेलाडीमा ओभर कन्पि्कडेन्स देखिए जस्तो लाग्यो। यो हारले हामी दबाबमा परेका छौं।' कटुवालले सम्हालेयता चौथो खेलमा ब्वाइज युनियनको यो पहिलो हार हो।

जावलाखेलका सहायक प्रशिक्षक राजाराम कार्कीले जितलाई महŒवपूर्ण उपलब्धीको संज्ञा दिए। 'हामी वास्तवमा दबाबमै थियो,' उनले भने, 'त्यसैले यो महŒवपूर्ण अंक हो।' दर्शकले चाहेजस्तो प्रदर्शन टोलीबाट अझै हुन नसकेको उनको तर्क थियो।

विकर्ण जमेपछि...
त्यस्तै विकर्ण श्रेष्ठले ६ खेलपछि गोल गर्दा आरसिटीविरुद्ध आर्मीको जित सम्भव भयो। आर्मीले सुरुआती दुई खेलबाहेक लगातार खराब प्रदर्शन गर्दै आएको थियो। पछिल्ला पाँच खेलमा आर्मीको यो पहिलो जित हो।

थु्रपै मौका गुमाएका विकर्णले २६ र ६२औं मिनेट गोल गरे। एकल प्रयासमा गरेको दुवै गोलमा समानता थियो। दुवै गोलमा उनले आरसिटी गोलरक्षक दीलिप क्षेत्रीलाई छक्याए। लिगमा विकर्णको गोलसंख्या ४ पुगेको छ। जावलाखेलसँगको पहिलो खेलमा पनि उनले २ गोल गरेका थिए।

आर्मीविरुद्ध आरसिटीले खासै आक्रमण गर्न सकेन। ५६औं मिनेटमा दीपक राईको कडा प्रहारलाई सेनाका गोलरक्षक विकास मल्लले पन्च गर्दा बराबरीको मौका गुम्यो।
लगातारको हारपछि आरसिटीमाथि दबाव थपिएको छ। ब्वाइज युनियनसँग समान ५ अंक जोडेको आरसिटी गोलअन्तरका कारण दसौं स्थानमा छ। सातौं चरणको समाप्तिमा आर्मी पाँचौंमा उक्लेको छ। नबिल थ्री स्टारसँगै समान ११ अंक भए पनि आर्मी गोल अन्तरमा माथि छ।

चोटका बावजुद विकर्णलाई खेलाउनु टोलीको बाध्यता भएको प्रशिक्षक राजु शाक्यले बताए। 'हामीसँग स्ट्राइकर छैन। खेलाउनुपर्ने हाम्रो बाध्यता हो,' उनले भने, 'खेल र नतिजा दुवै हिसाबले आज म सन्तुष्ट छु।'

 

सानमिगेल लिगमा बुधबार
मच्छिन्द्रविरुद्ध मनाङ
पुलिसविरुद्ध एपिएफ 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

खेल

Nagarik Offer