लायन्स क्लबले बुधबार पत्रकार सम्मेलन गर्दै दीपकको सम्मानबारे जानकारी गराएको छ। कार्यक्रम संयोजक रामशरण थपलियाले सम्मान सम्मानका लागि नभई प्रतिभाशाली खेलाडीको हौसला अभिवृद्धि हुने किसिमले गर्न लागेको बताए। उनले भने, 'हामीले दीपकजस्ता खेलाडीका लागि सम्मान गर्न सकेनौं भने भोलि गएर प्रतिभाशाली खेलाडी नै नपाउन सक्छौं। त्यसैले नेपाललाई विश्वसामु चिनाउन खेलाडीबाट यस्ता कीर्तिमानी प्रदर्शन गर्न प्रेरणा मिलोस् भन्ने हाम्रो कार्यक्रमको उद्देश्य छ।'
उनले ५ लाखभन्दा बढी रकम संकलन गरेर दीपकलाई सम्मान गर्न लागेको बताए। रकम पर्यटन व्यवसायीबाट संकलन गरिने बताइएको छ।
कार्यक्रमका लागि राजधानीको ठमेल, पोखराको लेकसाइड र चितवनको सौराहामा दीपकको फ्लेक्स बनाएर राख्ने कार्य भएको जनाइएको छ। संयोजक थपलियाले रकम संकलनका लागि आफ्ना लायनहरू खटिएको जनाए।
संस्थाका अध्यक्ष ईश्वरबहादुर गुरुङले लायन्स क्लब सामाजिकसँगै अब खेलकुद क्षेत्रमा पनि लाग्ने बताए। संस्थाको खेलकुदमा यो पहिलो कार्यक्रम हो। 'दीपकजस्ता प्रतिभालाई सम्मान गर्नु हाम्रो सामाजिक दायित्व हो,' अध्यक्ष गुरुङले भने।


Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook





