राजेन्द्र ज्ञवाली, काठमाडौं माघ २५– बङ्गलादेशको राजधानी ढाकामा जारी एघारौँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका तेक्वान्दो खेलाडी दीपक बिष्टले लगातार चौथो स्वर्ण जितेर आफ्नोसमेत कीर्तिमान भङ्ग गरेकोमा पूर्व म्याराथन धावक वैकुण्ठ मानन्धरले खुसी व्यक्त गरेका छन्।
'हो, खुसी लाग्यो', बिष्टको उपलब्धिबारे सोमबार थाहा पाएपछि म्याराथनमा लगातार तीन स्वर्णको कीर्तिमान कायम गरेका मानन्धरले भने- दीपकले तेस्रो साफमा स्वर्ण जितेपछि नै मैले यसको आशा गरेको थिएँ। ऊ निकै प्रतिभावान खेलाडी हो। उसमा अझ अगाडि जान सक्ने क्षमता छ।
'मेरो शुभकामना छ उनलाई, उनी अझ अगाडि बढून्'- मानन्धरले भने।
दीपकले सोमबार ८७ केजीभन्दा कम तौल समूहमा भूटानी खेलाडीलाई पराजित गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका थिए।
मानन्धरले पहिलोदेखि तेस्रो साफसम्म म्याराथनमा स्वर्ण जितेर कीर्तिमान बनाएका थिए। काठमाडौंमा सम्पन्न आठौँ साफमा स्वर्णबाट सुरुवात् गरेका बिष्टले त्यस सफलतालाई निरन्तरता दिइरहेका छन्।

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook