Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

उदघाटन खेलमा सशस्त्र प्रहरी विजयी

smaller text tool iconmedium text tool iconlarger text tool icon
इटहरी, माघ २५ (नागरिक)- सुनसरीको इटहरीमा सोमबारदेखि प्रथम खुल्ला राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ।
प्रतियोगिताको उदघाटन खेलमा सशस्त्र प्रहरी बल पूर्वी क्षेत्रीय मुख्यालय बराहबाहिनी पकलीको टीम विजयी भएको छ।

भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको टीम भद्रपुर नगरपालिका झापाको टीमलाई २५–७, २५–१४ र २५–१२ को सोझो सेटमा पराजित गरी अघिल्लो चरणमा प्रवेश गरेको छ। प्रतियोगिताको उदघाटन सुनसरीको स्थानीय विकास अधिकारी प्रेमप्रसाद भट्टराईले गरे।

प्रतियोगितामा राजधानीको एक टिमसहित  पूर्वी नेपालका २४ वटा टीमको सहभागिता छ। प्रतियोगितामा प्रथम टीमलाई ५० हजार नगद र ट्रफी प्रदान गरिनेछ। यस्तै, दोस्रो  हुनेलाई ३० हजार नगद र ट्रफी तथा तेस्रो हुनेलाई नगद २० हजार र ट्रफी प्रदान गरिनेछ। प्रतियोगिता स्थानीय जनजागरण क्लबको आयोजनामा भएको हो। 
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

खेल

Nagarik Offer