Tuesday 17 Bhadra, 2071 |
Menu

खेल

महर्जन सिकागो म्याराथनमा दौडने

(0 votes)
काठमाडौं– सिकागो म्याराथन २०१३ मा भाग लिन भेट्रान नेपाली धावक रामकृष्ण महर्जन शनिबार अमेरिका जाने भएका छन्। अक्टोवर १३ मा हुने म्याराथनमा रामकृष्णले ५० देखि ५५ वर्षको उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन्।

शुक्रबार पत्रकार सम्मेलनमा रामकृष्णलाई कीर्तिमानी धावक वैकुण्ठ मानन्धरले प्रतियोगितामा प्रर्दशनको शुभकामनाका साथ विदाई गरे। मानन्धरले लामो समय देखि नेपाली एथलेटिक्समा योगदान गदै आएका महर्जनको सहभागिताले नयाँ खेलाडीलाई प्रेरणा थप्ने बताए।
उनले भने,  ‘भेट्रान इभेन्ट्समा नेपालको तर्फबाट भाग लिन पाउनु नै ठूलो अवसर हो, यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालका भेट्रान खेलाडी चिनाउन सहयोग गर्नेछ।’
१०औं पटक अन्तराष्ट्रिय म्याराथनमा सहभागि हुन लागेका महर्जनले पदक जित्ने लक्ष्य राखेको बताए। सिकागो म्याराथनमा भाग लिन ५४ वर्षे महर्जन ४ महिना देखी तयारीमा जुटेका थिए। उनले अन्तराष्ट्रिय म्याराथनमा ३ स्वर्ण, २ रजत र १ कांस्य पदक जितेका छन्।  उनी निजी खर्चमा सिकागो दौडन लागेका हुन्।
महर्जनले २००३ मा मलेसियामा ओपन मास्टर्स च्याम्पियनसिपको ५ हजार मिटर दौडमा स्वर्ण र २०१० मा मलेसियामै भएको १६औं मलेसिया ओपन च्याम्पियनसीपमा १० हजार मिटर र अस्ट्रेलियामा २०१२ मा भएको ब्याकमोर फेस्टिभल सिडनी भे्रटान म्याराथनमा स्वर्ण जितेका थिए।
२०१४ मा भारतमा १४औं एसिया मास्टर्स च्याम्पियनसिपको १० हजार मिटर दौड र २००७ मा जापानमा युवाते किताकामीमा भेट्रान म्याराथनमा रजत तथा २००६ मा मलेसियामा १४औं एसिया मार्स्टस च्याम्पियनसीपको ५ हजार मिटर दौडमा कांस्य पदक जितेका थिए।
मनाङ मर्स्याङ्दीविरुद्ध झापा–११ को शानदार जीत

मनाङ मर्स्याङ्दीविरुद्ध झापा–११ को शानदार जीत

काठमाडौं– झापा–११ ले एएफसी प्रेसिडेन्ट्स कपको फाइनल राउन्ड खेल्ने तयारीमा रहेको लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई हराउँदै एन्फा कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्रका पूर्व...

क्रिकेट मैदानमा पुबुदुको स्वागत

क्रिकेट मैदानमा पुबुदुको स्वागत

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले पुबुदु दासानायकेलाई सम्झौता पत्र दिएको भोलिपल्ट मंगलबार राष्ट्रिय खेलकुद परिषद, नेपाल क्रिकेट संघ र राष्ट्रिय खेलाडीहरुले क्रिकेट प्रशिक्षकलाई स्वागत गरेका छन् ।

राष्ट्रिय लिगमा आठ टोली पक्का

राष्ट्रिय लिगमा आठ टोली पक्का

काठमाडौं- दुई महिनापछि सुरु हुने राष्ट्रिय लिगका लागि आठ टोलीको टुंगो लागेको छ। दशरथ रंगशालामा मंगलबार सुरु हुने एन्फा कप फुटबलमा भाग लिने 'ए' डिभिजनका ६ तथा झापा र मोरङ...

१६ सयलाई उछिन्दै समीर दोस्रो

१६ सयलाई उछिन्दै समीर दोस्रो

काठमाडौं- युरोपको प्रतिष्ठित अल्ट्रा रेसमा ४७ राष्ट्रका १६ सय प्रतिस्पर्धीलाई उछिन्दै नेपाली सेनाका धावक समिर तामाङ दोस्रो भएका छन्। फ्रान्समा बिहीबार आयोजित टिडिएस १ सय १९ किलोमिटर अल्ट्रा रेस समिरले...

वैदेशिक प्रशिक्षणमा बक्सिङ

वैदेशिक प्रशिक्षणमा बक्सिङ

काठमाडौं- नेपाली बक्सिङ टोली वैदेशिक प्रशिक्षणका लागि शनिबार थाइल्यान्ड जाँदैछ।दक्षिण कोरियाको इन्चोनमा हुने १७औं एसियाली खेलकुदको तयारी गरिरहेको बक्सिङ टोलीले थाइल्यान्डमा १७ दिन प्रशिक्षण गर्नेछ।

दुई सय प्रतिशत दिन तयार छु : पुबुदु

दुई सय प्रतिशत दिन तयार छु : पुबुदु

काठमाडौं- पुबुदु दासानायके नेपाल फर्कंदा सधैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तामझाम हुन्छ। धेरैजसो फर्काइमा कुनै न कुनै सफलता साथमै ल्याउँथे उनी। त्यही भएर विमानस्थलमा उनका लागि भिड लाग्नु सामान्य भइसक्यो। बिहीबार...

लेखा समितिमा एन्फा अध्यक्ष थापा

लेखा समितिमा एन्फा अध्यक्ष थापा

काठमाडौं- सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई दुई दिन भित्र पछिल्लो पाँच बर्षको बैंक खाता विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। एन्फाका विवादित दुवै पक्षसँग बुधबार छलफलपछि...

एसियाडलाई कोरियाको व्यस्तता

एसियाडलाई कोरियाको व्यस्तता

इन्चोन- तेस्रोपटक एसियाली खेलकुद गर्न लागेको दक्षिण कोरियाली प्रशासनलाई अहिले भ्याइनभ्याई छ। एसियाली खेलकुदको ठूलो खेलमेलाको १७औं संस्करण इन्चोनमा सेप्टेम्बर १९ बाट हुँदैछ। एसियाका ४५ देशबाट खेलाडी र खेलकर्मी गरी...