Friday 14 Jestha, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

वैज्ञानिक भाडादर लागू गर

(0 votes)
इन्धन ३५ प्रतिशत र सवारीसाधनका निम्ति आवश्यक जनशक्ति तथा पार्टपूर्जालगायतमा ६५ प्रतिशतमा आधारित रहेर वैज्ञानिक भाडादर निर्धारण गरिन्छ। तर, नेपालमा लामो समयदेखि इन्धनलाई आधार मानेर भाडादर निर्धारण गरिँदै आएको छ। यो व्यावहारिक किन पनि देखिन्छ भने इन्धनमा जस्तो मूल्यमा उतारचढाव अन्य वस्तुमा आउँदैन।
सम्पादकीय

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
nepali-patro-may
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा ऐतिहासिकरूपमै गिरावट आउने क्रम जारी छ। एक महिनाभन्दा अघिदेखि इन्धनको मूल्य प्रतिब्यारेल ३० डलरभन्दा पनि तल छ। तर, झरेको मूल्यको फाइदा नेपालका सर्वसाधारणले पाएका छैनन्। सरकारले अवलम्बन गर्दै आएको प्रावधानमुताविक प्रतिलिटर ५ रुपैयाँ कम वा बढी हुँदा भाडादर पनि समायोजन गरिनुपर्छ। इन्धनमा एक रुपैयाँमात्र बढ्दा सार्वजनिक यातायातमा भाडा बढाइहाल्ने व्यवसायी मूल्य घट्दा भने बेवास्ता गर्छन्!

आइतबारदेखि लागु हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा भाडा घटाउन निर्देशन दिएको छ। नयाँ भाडादरअनुसार अब उपत्यकामा न्यूनतम १३ र अधिकतम २४ रुपैयाँ भाडा यात्रुले तिर्नुपर्नेछ। ट्याक्सी चढ्नेले यसअघि प्रतिकिलोमिटर ३६ रुपैयाँ तिनुपर्थ्यो भने अब ३५ तिरे पुग्छ। यसैगरी लामो दूरीका यातायातमा पनि भाडा घटाउन सरकारले निर्देशन दिएको छ। यसअघि गत भदौ २४ मा भाडादर समायोजन गरिएको थियो। त्यसबेला पेट्रोल प्रतिलिटर १०४ र डिजेल ८१ रुपैयाँ थियो, अहिले क्रमशः ९९ र ७५ रुपैयाँमा झरेको छ। अहिले सरकारले प्रतिशतमा भाडादर घटाउन निर्देशन दिएको छ। प्रतिशतका आधारमा घटाइएको भाडादर छोटो दूरीमा ठ्याक्कै मिलाउन कठिन छ। त्यसकारण पनि व्यवसायीले मनोमानी ढंगमा भाडा असुल गरिरहेका छन्। यात्रुले अहिले पनि न्यूनतम १५ र अधिकतम २५ रुपैयाँ नै तिरिरहेका छन्। यसमा 'चानचुन' पैसाले पनि भूमिका खेलेको छ। यात्रुबाहक सवारीमा मात्र होइन, मालबाहकमा पनि घटेको मूल्यको फाइदा सर्वसाधारणसम्म पुग्न सकेको छैन।

अन्तर्राष्ट्रिय बजारमा तेलमूल्यमा गिरावट आउन थालेको महिनौँ भइसकेको छ। इन्धनमा आधारित रहेर नेपाल सरकारले २०६९ फागुन २५ गतेदेखि नै सार्वजनिक यातायातमा वैज्ञानिक भाडादर नीति अवलम्बन गरेको हो। तर, इन्धनमूल्य थोरैमात्र बढ्दा बढेको भाडा तिर्न बाध्य सर्वसाधारणले घटेको मूल्यको फाइदा पाउन सकेका छैनन्। यसमा नेपाल आयल निगम र यातायात व्यवस्था विभाग जति दोषी देखिन्छन् त्यति नै निजी यातायात व्यवसायी पनि गैरजिम्मेवार छन्। नियामक निकाय बढेको भाडादरबारे मौन बस्दै आएको छ भने घटेका बखत त्यसलाई लागु गराउन ढिलासुस्ती गर्दै आएको छ।

भारतीय नाकाबन्दीका कारण केही महिनादेखि यातायात व्यवसायी इन्धनको चरम अभाव व्यहोर्दै आएका छन्। अघोषित भनिएको नाकाबन्दीको चुपचाप अन्त्य भएको छ। इन्धन आयात गर्ने मूल नाका वीरगन्ज पनि शुक्रबारदेखि खुलेको छ। तर, पेट्रोल पम्पमा तेल भर्न लाइन बस्ने सवारीको संख्या घटेको छैन। यसले आयल निगम इन्धन व्यवस्थापनमा नराम्ररी चुकेको देखाउँछ। यही इन्धन अभाव तथा बढी मूल्यमा खरिद गरेर सवारी चलाउन परेका कारण भाडा घटाउन नसकिएको यातायात व्यवसायीको 'बलियो तर्क' बन्दै आएको छ। देख्दा सानो र केही पैसाको अन्तर भए पनि परिमाण ठूलो हुनाले घटेको भाडादर लागु गराउन नसक्दा व्यवसायीले अधिक फाइदा कमाउँछन्। यसबाट दैनिक करोडौँ रुपैयाँ व्यवसायीका हातमा पर्छ। यसले न त सरकारलाई न त यात्रुलाई नै फाइदा गर्छ। अहिले नेपालमा एक र दुई रुपैयाँका सिक्का प्रशस्तै प्रचलनमा छन्। सार्ववनिक सवारीका सहचालकले आफूसँग चानचुन नभएको भन्दै दुईदेखि पाँच रुपैयाँसम्म बढी असुल्ने गरेका छन्। यसकारण पनि यात्रु नै सजग र सचेत बन्नु आवश्यक छ। यात्रुले आफ्नो साथमा चानचुन पैसा बोक्ने र निश्चित भाडामात्रै तिर्न लाज मान्नु हुँदैन। नियामक निकायले घटेको भाडादर लागु गराउन नियमनलाई बलियो पार्नुपर्छ, अनुशासनमा नबस्ने तथा परिवर्तित नियम नमान्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...