Wednesday 27 Magh, 2072 |
Menu

खेल

istl

दलालले ठगेको रकम १६ वर्षपछि फिर्ता पाए बदले कामीले

  • बिहीबार १४ माघ, २०७२
  • दमन राई
  • DISQUS_COMMENTS
(0 votes)

खोटाङ– खोटाङको उत्तरी गाबिस महेश्वरी–७ का बदले कामीले बिदेश पठाउने नाममा ठगी गर्ने दलालबाट १६ वर्षपछि गुमेको रकम फिर्ता लिएका छन्।

1.jpg

nepalipatro-nagarik
साउदीअरब पठाउने नाममा ५० हजार पैसा लिएर ठगी गर्ने बाकाचोल–४ तारागाउँका गणेश बिश्वकर्माबाट उनले १६ वर्षपछि रकम फिर्ता लिएका हुन् । उनले सदरमुकाम दिक्तेलस्थित 'दिक्तेल पायोनियर ल एसोसियसन'का कानुन ब्यवसायीको रोहबरमा कागजपत्र गरी ठगी गर्ने गणेशका नातेदार बाँसपानीका बृखबहादुर बिश्वकर्मामार्फत गुमेको रकम फिर्ता पाएका छन् । २०५६ सालमा सुन पुछ्ने कामकालागि 'साउदीअरब लैजान्छु' भन्दै ५० हजार लिएर सम्पर्क बिहिन बनेका बिश्वकर्माबाट रकम फिर्ता लिएको कामीले बताए । 'सो¥ह वर्षअघि बिदेश जाने सपनामा पचास हजार गुमाएको थिएँ,' कामीले भने, 'मायाँ मारेकोबेलामा गुमेको रकम हात पार्न सफल भएको छु ।'

बिदेश पठाउने नाममा कामीबाट रकम लिएर धरान बसाइसरेका बिश्वकर्मा भने हाल साउदीमै पुगेका छन् । गणेशलाई बुझाएको साँवा र व्याजको हिसाब गरेको तमसुक थियो बदलेसँग । डेढ वर्षअघि त्यही तमसुक लिएर पैसा उठाउन धरान पुगेका उनलाई गणेशका छोरा जुलनले उल्टै तमसुक च्यातिदिएर मार्ने धम्की दिएको समाचार नागरिक दैनिकमा प्रकाशित भएको थियो । उसबेला लिइएको ५० हजार ऋणको व्याज बढ्दैजाँदा अहिले ७ लाख नाघीसकेको कामीले बताए । बदलेसहित आठ जनाको नाममा भिसा ल्याएको भन्दै 'प्रिन्ट गरेका'े नक्कली कागज देखाउँदै झुक्याएर बिश्वकर्माले रकम लिएका थिए । आफन्त पर्ने गणेशकै लहैलहैमा लागेर बदलेले २०४४ सालदेखि ऐसेलुखर्कबजारमा सञ्चालन गर्दैआएको सुन चाँदी कमाउने काम छाडेर बिदेसिन तम्सिएका थिए ।

गुमेको रकम फिर्ताकालागि लामो समयपछि २०७१ असोज–२९ गते नजिकै रहेको ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा निबेदन दिएपनि सुनुवाई भएन । पैसा लिएर बिदेश नपठाउने अनि रकम पनि फिर्ता नदिने बिश्वकर्माबिरुद्ध उजुरी दिन उनी वर्षदिनअघि जनसेवा समाज नेपालले दिक्तेलमा सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजनाको सुचना केन्द्रमा आइपुगेका थिए । केन्द्रकै परामर्शमा उनी पत्रकारहरुको सम्पर्कमा आइपुगेका थिए । बिदेश जाने नाममा ऋणको भुंग्रोमा परेपछि हाल न उनको परिवारमा राम्रो छ न त समाजमा नै ।

ऐसेलुखर्कबजारमा सुनचाँदी कमाउने पेशाबाट बदलेको पारिवारिक गर्जो राम्ररी टर्दैआएको थियो । पारिवारिक गर्जो टार्नकालागि त्यही पेशा काफी थियो । साईनोले मामाको छोरापर्ने गणेश साउदीमा ४४ महिना बसेर गाउँ फर्किए । गाउँ आएलत्तै गणेशले बदलेलाई साउदी जानकालागि उक्साए 'भिसा ल्याइदिएको छु' भनेर । बदलेले पनि सुकिलामुकिला भएर आएका गणेशको कुरा पत्याए र सुन पुछ्ने काममा साउदी जानकालागि ५० हजार दिन तयार भए । मासिक १२ हजार पाउने आशामा उनी छँदाखाँदाको पशल बन्द गरेर रादानी बनाउन काठ्माण्डौं हान्निए । राहदानी पनि बन्यो, तर उनको साउदी जाने दिन कहिल्यौ आएन । त्यहीबाट सुरु भयो उनको कहिले काठ्माण्डौं कहिले घर यात्रा ।

पन्ध्र दिनपछि फ्लाईट हुन्छ, महिना दिनपछि पछि हुन्छ, दशै पछि हुन्छ, तिहार पछि हुन्छ, ईद पछि हुन्छ भन्दा–भन्दै पाँच वर्ष बित्यो । सात पटक प्लेनबाट र अन्य दिन बसबाटगरी ३५ पल्ट काठ्माण्डौँ पुगे । 'हुँदाहुँदा ५० हजार ऋणको व्याज सात लाख पुग्यो, घरमा पालिएको दुहुनो भैसी, हल गोरु सबै साहुले लग्यो,' कामीले भने, 'बिदेशको सपनाले परिवार नै भत्कियो मेरो ।'

प्रतिक्रिया

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...

संकटमा किशोर फुटबलर

संकटमा किशोर फुटबलर

काठमाडौं-नेपाली जनता महाभूकम्पको पीडा बिर्सने कोसिस गरिरहेका बेला किशोर फुटबलरहरू एएफसी यु–१४ फुटबल फेस्टिबल खेल्न ताजिकिस्तान उडेका थिए। अभ्यास गरिरहेका बेला उनीहरूले वैशाख २९ को अनुकम्पनलाई भोगे। जनजीवन सामान्य बन्दै...