Wednesday 27 Magh, 2072 |
Menu

खेल

istl

यु–१९ विश्वकप अभ्यासम नेपाल श्रीलंकासँग पराजित

(0 votes)
काठमाडौं– आइसिसी यु–१९ विश्वकपका लागि बंगलादेश भ्रमणमा रहेको नेपाली यु–१९ क्रिकेट टोलीले सोमबार दोस्रो हार सामना गरेको छ ।
nepalipatro-nagarik
विश्वकपअघिका अभ्यास खेलमा सोमबार नेपाल श्रीलंकासँग ६५ रनले पराजित भएको छ । नेपालले पाकिस्तानसँगको पहिलो अभ्यास खेलमा १ सय १० रनले गुमाएको थियो ।

पहिलोमा जस्तै सोमबार नेपालले टस जितेर श्रीलंकालाई ब्याटिङ गर्न बोलाएको थियो । कप्तान राजु रिजालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि श्रीलंकाले ४५ ओभरमा ९ विकेट गुमाई २ सय ३० रन जोडेका थियो ।

कमजोर ब्याटिङ प्रदर्शन गरेपछि नेपाल ४२.१ ओभरमै १ सय ६५ रनमा अलआउट भयो । सर्वाधिक रनका रूपमा दीपेन्द्रसिंह ऐरीले अविजित ३३ रन बनाए । उनले ४४ बलमा ४ चौका प्रहार गरे । पाकिस्तानविरुद्ध पनि उनले सर्वाधिक रन जोड्ने क्रममा ४२ रन बनाएका थिए । कप्तान राजुले ३१ रन बनाए । रनआउट हुनुअघि उनले ५५ बलमा २ चौका प्रहार गरे । श्रीलंकासँग नेपाली खेलाडीको समन्वय फितलो देखियो । चार खेलाडी रनआउट भए । ओपनर सुनील धमलाले २६ र सन्दीप सुनारले १२ रन बनाए । हिमांशु दत्तले २१ बलमा २ छक्का प्रहार गर्दै २१ रन जोडे भने योगेन्द्रसिंह कार्कीले १५ रन बनाए । राजवीर सिंहले खाता खोल्न नसक्दा इशान पाण्डेले १ र कुशल भूर्तेलले ३ रनमात्र बनाए । प्रेम तामाङ पहिलो बलमै रनआउट हुन पुगे । श्रीलंकाबाट चारिथ असालंकाले २ विकेट लिएका थिए ।

त्यसअघि श्रीलंकाबाट शम्मु असहानले अविजित ८१ रन जोडे । उनले ७४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । चारिथ असालंकाले ७१ रन जोडे । उनलाई राजवीरले सुशील कँडेलको बलमा क्याचआउट गरे । नेपालका सुनील, सन्दीप र सुशीलले २–२ विकेट लिए । दीपेन्द्रले १ विकेट लिए । सुनीलले ९ ओभरमा २७ रन खर्चेका थिए । सर्वाधिक रन खर्चने बलर सन्दीप भए । उनले ८ ओभरमा ६१ रन दिएका थिए । सुशीलले ९ ओभरमा ३८ रन खर्चे ।

ढाकामा हुने विश्वकपमा नेपालले समूह चरणमा भारत, आयरल्यान्ड र न्युजिल्यान्डको सामना गर्नेछ । समूह 'डी' मा रहेको नेपालले माघ १४ मा न्युजिल्यान्ड, १६ मा आयरल्यान्ड र १८ मा भारतसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...

संकटमा किशोर फुटबलर

संकटमा किशोर फुटबलर

काठमाडौं-नेपाली जनता महाभूकम्पको पीडा बिर्सने कोसिस गरिरहेका बेला किशोर फुटबलरहरू एएफसी यु–१४ फुटबल फेस्टिबल खेल्न ताजिकिस्तान उडेका थिए। अभ्यास गरिरहेका बेला उनीहरूले वैशाख २९ को अनुकम्पनलाई भोगे। जनजीवन सामान्य बन्दै...