Monday 17 Jestha, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

बहसमा नयाँ शक्ति

  • बिहीबार ७ माघ, २०७२
  • रामचन्द्र भट्टराई
  • Be the first to comment!
(0 votes)
'जौनो जोगी आए'नि कानै चिरेको' यो लोकोक्ति अहिले घाँटीघाँटी भएको छ। नयाँ बोतल पुरानै रक्सी, यो पुरानो प्रचलित जनभनाइ झन् पछि झन् घत लाग्न थालेको छ। जहानियाँ राणा शासन ढल्यो, तर राणातन्त्र ढलेन। शाही अधिनायकवादी निर्दलीय निरंकुशतन्त्र ढल्यो, तर सामन्त, दलाल, नोकरशाहीतन्त्र ढलेन। शाहवंशीय राजतन्त्र ढलेर संघीय गणतन्त्र आयो, तर राजतन्त्रात्मक शैली र संस्कृतिको अन्त्य भएन।
nepali-patro-may
हिजो एकजना राजा हुन्थे, जसलाई महाराजाधिराज भनिन्थ्यो, अहिले बिनाश्रीपेचका धेरै राजा बनेका छन्। पञ्चायती प्रधान मन्त्री मरिचमान सिंह भन्ने गर्थे– 'संसारको सर्वोत्कृष्ट पञ्चायती प्रजातन्त्र। तर, त्यो प्रजातान्त्रिक शाब्दिक खोलभित्रको तानाशाही धारिलो तरबार थियो, जसले जनताका लोकतान्त्रिक मूल्य–मान्यताको घाँटी रेट्थ्यो। त्यसका विरुद्ध जनताको बलिदानी संघर्ष भयो, सो धराशायी भयो, तर राज्ययन्त्रमा पुरानै सामन्ती अधिनायकवादी आचरण, शैली र संस्कृति यथावत् रह्यो। त्यसका विरुद्ध जनयुद्ध, जनआन्दोलनको आँधी आयो र त्यसले राजतन्त्रलाई उडाएर गणतन्त्र ल्यायो, तर जनताको जीवनमा त्यसको अनुभूति हुनसकेको छैन। सरकारी कार्यालयमा कम्प्युटरमा काम भएको देखिए पनि, कार्यालयका बोर्डमा नयाँ नाम लेखिए पनि उही नोकरशाही पारा, ढिलासुस्ती कवि भानुभक्तको भोलिभोलि र घूस–भ्रष्टाचार, आर्थिक अनिश्चितता कायमै छ। हिजो एकजना राजालाई खुसी पारेपछि पुग्थ्यो, अहिले सयौं राजालाई चित्त बुझाउनुपर्ने भएको छ। शब्दमा प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र (डेमोक्रेसी) र गणतन्त्र, भित्र गरिने व्यवहार मनोगतवाद र नोकरशाही अधिनायकवाद, जनवादी केन्द्रीयताको नाममा केन्द्रीयतावाद कायमै छ। यो वस्तुतः 'मुखमा रामराम बगलीमा छुरी' नै हो। संविधान, ऐन कानुन, नियम, विनियम, आदेश र निर्देश जनताको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा अनुवाद हुन पाएनन् भने ती सबै फगत कागजका खोस्टा हुन्छन्। संविधान कानमा लाउने कुन्डल हैन, शीरमा लाउने शीरफूल पनि हैन। र, संविधान गीता, बाइबल र कुरान हैन। जाति, क्षेत्र र लिंगका श्रमजीवी जनताको जीवनलाई माथि उठाउने साधन हो, साध्य हैन संविधान। आवश्यकताअनुसार परिवर्तन हुँदै जाने कानुनी दस्तावेज हो। मुख्य कुरा त्यसको सही कार्यान्वयन हो। कार्यान्वयन गर्ने व्यक्तिले हो। व्यक्तिको मन–मस्तिष्क लोकतान्त्रिक भएन भने संविधान, ऐन–कानुन, नियम–विनियम जतिसुकै लोकतान्त्रिक भए पनि काम लाग्दैन।

एंगेल्सले भनेका छन्– अधिनायकवाद ३ प्रकारका छन्– सामन्ति अधिनायकवाद, पुँजीवादी अधिनायकवाद र सर्वहारा सामाजवादी अधिनायकवाद। सामन्ति अधिनायकवादलाई पुँजीवादले र पुँजीवादलाई समाजवादले निषेध गर्छ। समाजवाद पन्थीहरूले यसैलाई जडसूत्रको रूपमा ग्रहण गरेर स्तालिनको शासनकालमा निषेधको नाममा मार्क्सवादको भ्रष्टीकरण गरेर लोकतन्त्रको मूल्यमान्यताको भोक्रो मोल्ने काम गरे र कैयौँ नेता–कार्यकर्ताको भौतिक सफाया गर्ने काम गरे। यसको परिणाम लगभग सय वर्ष समाजवादको बन्ध्याकरण भयो। र, विश्वकम्युनिस्ट आन्दोलनले धक्का खायो। पुँजीवादको प्रतिस्पर्धामा समाजवाद पछाडि परेर रक्षात्मक अवस्थामा पुग्यो। पुँजीवाद पन्थीहरूले प्रजातन्त्र र लोकतन्त्रका जतिसुकै हाँक दिए पनि एंगेल्सले भने झैँ पुँजीवादी अधिनायकत्व जनतामाथि लादेकै हुन्छन्। वास्तविक लोकतन्त्रवादी जनवादी भनिने समाजवादी एकमनावाद नोकरशाही केन्द्रीयतावादको गोलचक्करमा परेर लोकतन्त्र खालि हात्तीको देखाउने दाँत भएको छ।

स्पष्ट छ, पुँजीवाद पन्थी र समाजवाद पन्थी कुनै पनि लोकतन्त्र हैन, पार्टीतन्त्र, व्यक्तितन्त्रको चंगुलमा फसेका छन्। अर्को कुरा, उदारवादी पुँजीवादीले व्यक्तिको निजत्वलाई सर्वोपरि ठान्ने र सामूहिकतालाई कत्ति स्थान नदिने, समाजवादीले सामूहिकतालाई मात्रै प्राथमिकता दिने र व्यक्तिको निजत्वलाई प्रश्रय नदिने गर्नाले दुवै अपूर्ण भए। साथै, नारामा लोकतन्त्र र व्यवहारमा अधिनायकतन्त्र अपनाउँदा दुवैथरि जनताबाट अलगथलग हुँदै गए।

पुँजीवादको निजत्वसम्बन्धी सकारात्मक पक्ष र समाजवादको सामूहिकतासम्बन्धी सकारात्मक पक्षलाई ग्रहण गर्दै दुवै वादभित्रको अधिनायकवाद हटाएर साँचो लोकतन्त्र अर्थात् लोकतान्त्रिक समाजवादको विचार प्रतिपादन गरी त्यसलाई आमजनताको जीवनमा अनुवाद गर्नु आवश्यक छ। यस्तो विचार अनुशरण गर्न हाल भएका दल र दलका नेताहरू रूपान्तरित हुन सक्नुपर्छ। अन्यथा नयाँले पुरानोलाई विस्थापित गर्नेछ, आदिम साम्यवादलाई दास युगले, दास युगलाई सामन्तवादी युगले र त्यसलाई पुँजीवादी र त्यसलाई समाजवादी युगले विस्थापित गरेजस्तै। पुरानो शक्तिको गर्भबाटै नयाँ शक्तिको जन्म हुने गर्छ। पुरानो पात पहेँलिएर झर्ने र नयाँ पात पलाउने प्रकृतिविज्ञानको नियम जीवविज्ञान र सामाजिक विज्ञानमा पनि प्रयोग हुन्छ।

यतिबेला नेपालमा नयाँ शक्तिको चर्चा चलेको छ। नयाँ शक्ति आकाशबाट टप्कने हैन र धर्तीबाट उम्रने पनि हैन। वर्ग संघर्ष र विचार संघर्षको बीजबाट पैदा हुने हो। यहाँ भएकै दल रूपान्तरित भएर नयाँ शक्ति बन्छ, सो नभए तिनलाई विस्थापित गरेर त्यसैको गर्भबाट नयाँ शक्ति जन्मन्छ। सात सालदेखि उठेको लोकतान्त्रिक आन्दोलन विभिन्न घुम्ती र मोड पार गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको छ। केही अवशेषसहितको सामन्तवादको अन्त्य भएर परनिर्भर अर्थतन्त्रसहितको मिश्रित दलाल नोकरशाहीखालको पुँजीवाद आएको छ। देशमा मूलतः केही नयाँ तरिकाले र केही पुरानै तरिकाले पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको छ। र, समाजवादको ढोका खुलेको छ। समाजवादी क्रान्ति गर्नका लागि नयाँ हतियारको आवश्यकता छ। विचार दर्शन, कार्यनीति, कार्यदिशा, संगठन, आचार आदि नयाँ हुनु आवश्यक छ। र, लोकतन्त्रलाई बिनाश्रीपेचका राजाहरूको चंगुलबाट फुत्काएर आमजनताको बनाउन नयाँ शक्तिको खाँचो छ। यही खाँचो पूरा गर्न यतिबेला नयाँ शक्तिको चर्चा चलेको हो।

राजनीतिकरूपमा देशमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएर समाजवादको ढोका खुलेको भए पनि समाजवादी क्रान्ति सम्पन्न गर्न आर्थिक क्रान्ति आवश्यक छ। युरोपको जस्तो औद्योगिक पुँजीवादी क्रान्ति नभएर परनिर्भर अर्थतन्त्रसहितको दलाल नोकरशाहीखालको पुँजीवादी क्रान्ति भएकाले औद्योगिक क्रान्ति गरी मुलुकको आर्थिक विकास नगरी समाजवादी क्रान्ति सम्पन्न गर्न सकिन्न। त्यसैले नयाँ शक्तिको मुख्य नारा छ, आर्थिक क्रान्ति।

नयाँ शक्तिका सूत्रधारहरूले मार्क्सवाद छोडे, कम्युनिस्ट विचार नै परित्याग गरे भन्ने हल्ला पिटिइएको छ। यो बिल्कुल झूठ हो। मार्क्सवादको सारतत्व भनेको द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद हो। विपरीत तत्वहरूको एकत्व हो, एकता संघर्ष र रूपान्तरण हो। त्यसलाई नयाँ शक्तिका नायकहरूले छाडेका छैनन्। तब कसरी मार्क्सवाद छाडे? हो, मार्क्सवादलाई जडसूत्रको रूपमा हैन जीवन्त र गतिशील विचार दर्शनको रूपमा विकास गर्ने भनेका छन्। जडसूत्रवादले मार्क्सवादको रक्षा हैन मृत्यु गराउँछ। मार्क्सवादको सिर्जनात्मक विकास र प्रयोग गर्नु नै उसको रक्षा गर्नु हो। मदन भण्डारीले मार्क्सवादको सिर्जनात्मक विकास र प्रयोग गर्ने कुरा गरेका थिए। नयाँ शक्तिका नायकहरूले पनि अठारौँ शताब्दीको मार्क्सवादलाई एक्काइसौँ शताब्दीको राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिको वस्तुगत मूल्यांकन गरेर मार्क्सवादको नयाँ ढंगले विकास गर्न खोजेका छन्। विचारको गहिराइमा नगएर विचार प्रस्तोताको नियतमाथि अनावश्यक शंका गरेर अनर्गल प्रलाप गर्नुको कुनै अर्थ छैन। बदलिएको युग र परिस्थितिअनुसार आजका राष्ट्रिय–अन्तर्राष्ट्रिय चुनौतीको सामना गर्दै समाजवादी क्रान्ति सम्पन्न गर्न मार्क्सवादीहरू कसरी अगाडि बढ्ने भन्ने व्यापक वैचारिक बहसको खाँचो छ। नयाँ शक्तिका अभियन्ताहरूले यही बहस चलाउन खोजेका छन्।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...