18 Baishak, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

पृथ्वीनारायणको योगदान स्मरण गर्दै एकता दिवस मनाइयाे

(0 votes)
काठमाडाैं– राष्ट्रिय एकता दिवस एवम् पृथ्वी जयन्तीको उपलक्ष्यमा नेपाल राष्ट्रको एकीकरण गर्ने महान् योद्धा पृथ्वीनारायण साहको योगदानको स्मरण गर्दै उहाँको सालिकमा साेमबार माल्यार्पण गरिएकाे छ।


nepalipatr-april
सिंहदरबारको पश्चिम प्रवेशद्वार अगाडि रहेको पृथ्वीनारायण साहको सालिकनेर मुलुकमा राजनीतिक परिवर्तनको घटनासँगै राज्यका निकायबाट औपचारिक कार्यक्रम गर्न छाडिएकामा १० वर्षपछि यस वर्षदेखि फेरि सुरु गरिएको हाे। नेपाल प्रज्ञा प्रतिष्ठानको अगुवाइमा पृथ्वीनारायण साहको तस्बिरलाई बग्गीमा राखेर निकालिएको र्याली नगरको विभिन्न भागको परिक्रमा गरेर सिंहदरबारको पश्चिम ढोकामा पुगेको थियो। र्यालीमा नेपाली सेना, नेपाल प्रहरी र धिमेबाजाका साथै नेपाल स्काउटका छात्रछात्रा, बुद्धिजीवी, समाजसेवी तथा साहित्यकार सहभागी थिए।

विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिनुभएका पृथ्वीनारायण साहले दक्षिणतर्फ अङ्ग्रेजको दबदबा रहेका बखत स–साना राज्य रजौटालाई एकीकरण गरेर विशाल नेपाल निर्माण गरेका थिए। पृथ्वीनारायणको सालिकमा माल्यार्पण गर्न उपप्रधानमन्त्रीद्वय कमल थापा र सिपी मैनाली, उपसभामुख गङ्गाप्रसाद यादव, नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वमन्त्री मोदनाथ प्रश्रितलगायतका व्यक्ति सिंहदरबार पश्चिम ढोका पुगेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्द, नेताद्वय पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले पनि सालिकमा माल्यार्पण गरे। माल्यार्पणपछि उपप्रधानमन्त्री थापाले राष्ट्र निर्माता पृथ्वीनारायण साहको जन्म दिनलाई राष्ट्रिय पर्वको रुपमा सार्वजनिक बिदा दिएर मनाउन आफूले गरेको प्रयास सफल हुन नसकेकामा दुःख लागेको बताए। अर्का उपप्रधानमन्त्री मैनालीले एकीकरणका नायक पृथ्वीनारायणको जयन्ती मनाउनुपर्छ भनेर उठेको आवाजलाई आफूले राष्ट्रियता र स्वाभिमानको अभिव्यक्तिका रुपमा लिएको बताए।

राप्रपाका अध्यक्ष चन्दले दक्षिणतर्फ अङ्ग्रेजको जगजगी भएको बेला साना टुक्रामा रहेका राज्यलाई बुद्धिमतापूर्वक एकीकरण गरेर पृथ्वी नारायणले नेपाललाई एकताको सूत्रमा बाँधेको बताए। सो पार्टीका नेता राणाले नेपाली इतिहासकै सबैभन्दा ठूलो कद भएका व्यक्तिको रुपमा पृथ्वीनारायणलाई लिने गरिएको बताए। अर्काे नेता डा. लोहनीले नेपाल र नेपाली जनताका राष्ट्रपिताका रुपमा रहनुभएका पृथ्वीनारायणको परराष्ट्र र आर्थिक नीति आजको समयमा पनि उत्तिकै सान्र्दभिक रहेको बताए। नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति उप्रेतीले पृथ्वीनारायण साहले नेपालको एकीकरण गर्नुभएकाले हामीले नेपाली भन्न पाएका बताए। यसैबीच माल्यार्पणका लागि भद्रकालीबाट सिंहदरबारतर्फ जान लागेको जुलुुसलाई निषेधित क्षेत्रका कारण प्रहरीले रोकेपछि सहभागीहरुले त्यहीँ सभा गरेका थिए। रासस

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...