23 Magh, 2072 |
Menu

खेल

istl

सीमा नाकामा आन्दोलनकारी-तस्कर भिडन्त

(0 votes)
सीमा नाकामा आन्दोलनकारी-तस्कर भिडन्त
वीरगन्ज- एक सय ५ दिनदेखि वीरगन्जस्थित सीमामा धर्ना दिँदै आएका मधेसवादी आन्दोलनकारी र सीमावर्ती भारतीय गाउँ अहिरवा टोलका स्थानीयबीच बुधबार डेढ घन्टा झडप भएको छ। झडपमा आधा दर्जनभन्दा बढी आन्दोलनकारी घाइते भएका छन्। बिहान करिब १० बजे भएको भिडन्त क्रममा भारतीय पक्षले चारवटा पेट्रोल बम प्रहार गरे पनि कुनै ठूलो क्षति भने भएन।
nepalipatro-nagarik
पारिबाट आएका भारतीयको ढुंगा लागी आन्दोलनकारी तर्फका चुन्नु मिश्रा, रोशन कुमार, असरफ अली, विनय सर्राफ, कृष्णा पटेल र ओमप्रकाश सर्राफ लगायत घाइते छन्। पारिबाट आएका उनीहरु तस्कर भएको आन्दोलनकारीले बताएका छन्। 'उनीहरु तस्कर हुन्, हामीले तस्करी रोक्न खोज्दा उनीहरु धर्नामा आक्रमणको प्रयास गर्दै आएका व्यक्ति हुन्,' संघीय समावेशी युवा गठबन्धनका संयोजकसमेत रहेका आन्दोलनकारी ईश्वरचन्द्र यादवले भने, 'एक घन्टाभन्दा बढी समय झडप भयो, उनीहरुलाई धपायौं। प्रहरीकै संरक्षण भएकाले तस्करहरुको मनोबल बढेको हो।'

झडप भइरहेको खबर थाहा पाएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए पनि यताका सुरक्षाकर्मी धर्नास्थल बनेको सीमामा पुग्न सकेनन्। पारिबाट भने रक्सौल थानाबाट आएका भारतीय प्रहरीले पारि अहिरवा टोलका स्थानीयलाई र आन्दोलनकारीका अगुवामध्ये राष्ट्रिय मधेस सामाजवादी पार्टी (रामसपा)का केन्द्रीय सदस्य राजेशमान सिंहलाई बोलाएर सम्झाइबुझाइ गरेका थिए।

पारिबाट आउने सयभन्दा बढीसँग झडप भएको रामसपा पर्सा जिल्ला अध्यक्ष प्रेमबाबु पटेलले बताए। 'हामी बजार बन्द गराउन बिहानैदेखि मोटरसाइकल र्याएली निकालेका थियौं, यता नाकाबाट गएका एक जना साइकल यात्रुले तस्करहरुले आन्दोलनकारीउपर आक्रमण गरेको बताएपछि हामी यहाँ आयौं र भिडन्त सुरु भयो,' उनले भने, 'तस्करहरुले सीमा कटाएर लैजान लागेको सामान रोक्दा उनीहरुले ढुंगामुढा गर्न थालेका थिए।' संघीय समावेशी मधेसी गठबन्धनको र्या लीका सहभागीहरु नाकामा आइपुग्नअगाडि पारिबाट आएकाहरुले धर्नामा बसेका कार्यकर्तालाई कुटपिट गरिसकेका थिए।

'पारि पसलमा खाजा किन्न गइरहेको थिएँ, ममाथि उनीहरुले लाठी प्रहार गरे, भागेर आएँ,' संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य बाचा यादवले भने। आक्रमण सुनेर र्यााली रोकेर आफूहरु आइपुग्दा नाकामा तस्करको ताँती देखेको धुरन्दर पटेलले बताए। 'कपडाका पोका बोकेका उनीहरुलाई रोक्यौं, पारिबाट थप मानिस आए र ढुंगा हानाहान भयो।' सीमास्थित भारतीय गाउँ अहिरवा टोलका स्थानीय आन्दोलनकारीलाई लक्ष्य गरी पेट्रोल बमसमेत प्रहार गरेको आन्दोलनकारीले बताए। झडपपछि मितेरीपुल र आसपास क्षेत्र तनावग्रस्त बनेको थियो। घाइतेलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल पुर्‍याइएको थियो।

प्रतिक्रिया

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...

संकटमा किशोर फुटबलर

संकटमा किशोर फुटबलर

काठमाडौं-नेपाली जनता महाभूकम्पको पीडा बिर्सने कोसिस गरिरहेका बेला किशोर फुटबलरहरू एएफसी यु–१४ फुटबल फेस्टिबल खेल्न ताजिकिस्तान उडेका थिए। अभ्यास गरिरहेका बेला उनीहरूले वैशाख २९ को अनुकम्पनलाई भोगे। जनजीवन सामान्य बन्दै...