Tuesday 26 Magh, 2072 |
Menu

खेल

istl

ऊर्जा संकटकालका कार्यदिशा

  • मङ्गलबार २१ पुष, २०७२
  • राजन फुयाल
  • DISQUS_COMMENTS
(0 votes)
मुलुकमा लोकतन्त्र बहालीसँगै विद्युत् संकट गहिरिँदै जाँदा दैनिक १६ घण्टासम्मको लोडसेडिङ हुने अवस्था सिर्जना भयो। यस्तो अवस्थालाई सम्बोधन गर्न १० वर्षमा १० हजार मेगावट र २० वर्षमा २५ हजार मेगावट जलविद्युत् उत्पाद गर्ने कार्यक्रम सार्वजनिक गरिए। तर तात्विक उपलब्धि हासिल भएन। फलस्वरूप अहिले सामान्य जीवन यापनका लागि आवश्यक ऊर्जा पनि सहज उपलब्ध नहुनाले नेपालीको जीवन कष्टपूर्ण हुन पुगेको छ।
nepalipatro-nagarik
परिवारको चुलो बाल्नका लागि दाउरा प्रतिस्थापन गर्दै मट्टितेल र फेरि मट्टितेल प्रतिस्थापन गर्दै ग्यास उपयोग गरिँदै आएको थियो। यही क्रममा संविधान सभाद्वारा संविधान जारी गरिएपछि भारतीय नाकाबन्दीले नेपालीको भान्छा सोझै प्रभावित तुल्याएको छ। तर ग्यासको विकल्पका रूपमा सरकार आफँैले टिम्बर कर्पोरेसनमार्फत दाउरा बिक्री गरिरहेको छ।

विद्युतीय सामग्रीबाट भान्साका परिकार तयार गर्न भनिएको छ। विद्युत्मा मात्र निर्भर हुनुपर्दा विद्यमान वितरण संयन्त्रमा अधिक चाप पर्न गएकाले दैनिक ९ घण्टा रहने गरी लोडसेडिङको पछिल्लो कार्यतालिका सार्वजनिक भयो। पेट्रोलियम पदार्थको विकराल समस्याबीच पछिल्लो लोडसेडिङ तालिकाबाट नेपाली थप मर्माहित भएका छन्। यस्ता समस्या जनसमक्ष ल्याई सोको निराकरण गर्ने उद्देश्यले अर्थ मन्त्रालयले स्वेतपत्र जारी गरिसकेको छ। तत्पश्चात ऊर्जा संकटकालमार्फत जलविद्युत्को शीघ्र विकासमार्फत ऊर्जाको विद्यमान विकराल समस्या क्रमशः हल गर्दे जाने योजना बुनिएका छन्।

हुन त पटकपटक लोडसेडिङ समाप्त पार्ने घोषणा भएका छन्। विगतमा त्यसअनुरूपको व्यवहार नभएकाले सरकारी यस्ता घोषणाप्रति शंका उत्पन्न हुनु स्वाभाविक हो। अर्को सत्य के पनि छ भने वर्तमान अवस्थालाई मध्यनजर गरेरमात्र ऊर्जा विकासका सम्बन्धमा सार्थक पहलकदमी लिन सकिन्छ। यस्तैगरी संकटकाल कति समय लगाउने, सो समयमा के–के गर्ने निश्चित गरिनुपर्छ। नीतिगतरूपमा ऊर्जा विकासमा रहेका अवरोधहरुको सुधार, कार्यान्वयन तहमा रहेका निकायमा रहेका समस्या सुधारका उपाय, जलविद्युत्–सोलार–थर्मल वा अन्य प्रकारका ऊर्जाको समिश्रणसहितको राष्ट्रिय ऊर्जा नीति तथा जलविद्युत् उत्पादन, प्रशारण र वितरणमा सार्वजनिक र निजी क्षेत्रको भूमिका स्पष्टरूपमा परिभाषित गर्ने कार्य घोषणाले समेट्नुपर्छ।

अहिलेसम्म विद्युत प्राधिकरणले सार्वजनिक क्षेत्रको प्रतिनिधित्व गर्दै विद्युत् उत्पादन, प्रशारण र वितरणको कार्य गरिरहेकामा सार्वजनिक क्षेत्रकै जलविद्युत् लगानी तथा विकास कम्पनीको सहायक कम्पनी र विद्युत् विकास विभागको सहायक कम्पनी पनि जलविद्युत् आयोजना निर्माणका लागि अगाडी बढेका छन्। स्थापनाको अन्तिम चरणमा रहेका पब्लिक इलेक्ट्रिसिटी जेनेरेसन कम्पनीसमेत सरकारको लगानीमा जलविद्युत् आयोजना बनाउने ४ निकाय रहने अवस्था छ। यसका साथै विद्युत् प्रशारणका लागि नेपाल विद्युत् प्राधिकरण, प्राधिकरणको लगानी रहेको पावर ट्रान्समिसन कम्पनी लि. र राष्ट्रिय प्रशारण ग्रिड कम्पनी लि. समेत प्रशारणमा ३ निकाय रहने अवस्था सिर्जना गरिएको छ। वितरणमा भने विद्युत् प्राधिकरण र केही सामुदायिक संस्थाहरु क्रियाशील छन्। सार्वजनिक क्षेत्रबाटै अनेकौं निकाय एउटै कामका लागि गठन हुनु र ती निकायको स्पष्ट कार्यविभाजन नहुनु दुःखद् विषय हो। यस्तो अवस्था रहनु भनेको नीति निर्माण गर्ने निकाय नै व्यक्तिगत स्वार्थमा डुब्नु हो। यसको सम्बोधन गरिनुपर्छ।

विद्युत् महसुल निर्धारण आयोगको कार्य सबैका अगाडि छर्लङ्ग छ। यस्तो अवस्थाको निकासका लागि विद्युत् विकास विभाग, जल तथा शक्ति अयोग र विद्युत् महसुल निर्धारण आयोगसमेतलाई एकीकृत गरी सम्पूर्ण ऊर्जा क्षेत्रको प्रभावकारी नियमन गर्न बलियो निकाय गठन गर्नुपर्ने आवश्यकता नयाँ विद्युत् ऐनलाई एकीकृत ऊर्जा ऐनमा रूपान्तरण गरी निकास निकाल्न सकिन्छ। अहिले निर्माणाधीन भनिएका चमेलिया तथा कुलेखानी तेस्रो जस्ता आयोजनाका मूल समस्या पहिचान गरी त्यस्ता समस्या अन्य परियोजनामा नहुने बन्दोबस्ती घोषणाले गरेको सुनिश्चित हुनुपर्छ। प्रशारण लाइनमा जग्गा प्राप्ति समस्याको हल निकाल्नुपर्छ। जलविद्युत् आयोजनामा स्थानीयको अपनत्व सुनिश्चित गर्दै हलो अड्काउने विषयहरु हटाएर दिन, महिना र वर्षको कार्ययोजना, स्पष्ट जवफदेहि कार्यप्रणाली र दण्ड पुरस्कारसहितको जिम्मेवारी अबको ऊर्जा संकट घोषणाले समेट्दा उज्याला दिन देखिन्छन्।

प्रतिक्रिया

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...

संकटमा किशोर फुटबलर

संकटमा किशोर फुटबलर

काठमाडौं-नेपाली जनता महाभूकम्पको पीडा बिर्सने कोसिस गरिरहेका बेला किशोर फुटबलरहरू एएफसी यु–१४ फुटबल फेस्टिबल खेल्न ताजिकिस्तान उडेका थिए। अभ्यास गरिरहेका बेला उनीहरूले वैशाख २९ को अनुकम्पनलाई भोगे। जनजीवन सामान्य बन्दै...