Wednesday 5 Ashad, 2070 | June 18, 2013
Menu

खेल

भारतीय सेनाअध्यक्ष बोलाउने सरकारको निर्णय

  • मङ्गलबार १४ जेष्ठ, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं – मन्त्रिपरिषद बैठकले भारतका स्थल सेना अध्यक्ष विक्रम सिंहलाई निम्तो गर्ने निर्णय गरेको छ। नेपाल–भारत संयुक्त सेना सगरमाथा आरोहण तथा सरसफाइ अभियान दलका तर्फबाट आयोजना हुने सम्मान कार्यक्रमका लागि सिंहलाई आमन्त्रण गर्ने पनि निर्णय गरेको हो।
Laptop Bag with every nagarik
यसैगरी मन्त्रिपरिषद्‌ बैठकले उपराष्ट्रपति परमानन्द झाले यही जेठ २१ देखि २६ गतेसम्म गर्नुहुने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणलाई अनुमोदन गरेको छ। बैठकपछि नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले उक्त जानकारी दिए।

बैठकले आगामी असार २५ गतेदेखि चीनमा हुने एसियाली मुलुकका लागि जनसङ्ख्या तथा विकासको रणनीतिसम्बन्धी मन्त्रिस्तरीय बैठकमा क्षेत्रीय प्रशासक आत्मराम पाण्डेलाई पठाउने निर्णय गरेको छ।

यस्तै आगामी असार ६ र ७ गते जेनेभामा हुने सार्वजनिक लेखा परीक्षणसम्बन्धी क्षेत्रीय बैठकमा महालेखापरीक्षक भानुप्रसाद आचार्यले भाग लिनेभएका छन्। उनले यही जेठ २७ गतेदेखि गर्ने बेलायतको लेखा प्रणालीको अध्ययन भम्रण कार्यक्रमलाई पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।

यसैगरी, एसियाली मन्त्रिस्तरीय भ्रष्टाचार विरोधी सम्मेलनमा भाल लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त केशवप्रसाद बडाललाई पठाउने निर्णय भएको छ।

सूचना समाजसम्बन्धी एक अर्को मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन जेनेभास्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि तथा नेपाली राजदूतलाई जिम्मेवारी दिइएको छ।

यस्तै उद्योग मन्त्रालयको प्रस्तावअनुसार 'प्राइभेट फर्म रजिष्ट्रेसन नवौँ संशोधन नियमावाली २०७०' को मस्यौदालाई विधेयक समितिमा पठाउने निर्णय गरिएको छ।

सामान्य प्रशासन मन्त्रालयको प्रस्तावअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका औषधि व्यवस्था विभाग, राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्र, केही स्वास्थ्य तालिम केन्द्र र स्वास्थ्य चौकीका सङ्गठन तालिका हेरफेर तथा दरबन्दी स्वीकृत गरिएको पनि प्रवक्ता पौडेलले बताए।

संविधानसभा निर्वाचनसम्बन्धी अध्यादेशका सम्बन्धमा राखिएको जिज्ञासामा मन्त्री पौडेलले यससम्बन्धमा कुनै निर्णय नभएको बताए। रासस
विश्वका धेरै धन आर्जन गर्ने खेलाडीको सूचिमा धोनी १६ औं

विश्वका धेरै धन आर्जन गर्ने खेलाडीको सूचिमा धोनी १६ औं

नयाँ दिल्ली — भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान महेन्द्र सिंह धोनी विश्वका धनी खेलाडीको सूचिमा १६ औं स्थानमा परेका छन्। फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको सबैभन्दा बढी पैसा कमाउने खेलाडीको सूचिमा...

जापान विश्‍वकपमा छनोट हुने पहिलो राष्ट्र (फोटो फिचर)

जापान विश्‍वकपमा छनोट हुने पहिलो राष्ट्र (फोटो फिचर)

साइतामा– केइसुके होन्डाले इन्जुरी टाइममा गरेको नाटकीय पेनाल्टी गोलमा अस्ट्रेलियालाई १–१ को बराबरीमा रोक्दै जापान २०१४ को विश्वकपलाई छानिने पहिलो राष्ट्र बनेको छ। आयोजकका हिसाबले ब्राजिल सोझै विश्वकपमा खेल्दैछ।

खेलाडीको रोमान्स

खेलाडीको रोमान्स

इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका स्टार रक्षक जोन टेरी चेल्सीका पूर्व सहयात्री वायन ब्रिजकी पूर्व प्रेमिका भेनिसा पेरोन्सेलसँग रोमान्स गरेकैले विवादमा तानिए। त्यही कारण राष्ट्रिय टोलीमा केही समय कप्तानको हैसियत गुमाउनुपर्‍यो...

बार्यन बन्यो च्याम्पियन्स लिग विजेता (साथमा तस्बिरहरु)

बार्यन बन्यो च्याम्पियन्स लिग विजेता (साथमा तस्बिरहरु)

लण्डन - बोरुसिया डर्टमुन्टलाई २-१ ले स्तब्ध पार्दै बार्यन म्युनिख यो वर्षको च्याम्पियन्स लिग विजेता बनेको छ। लण्डनको वेम्बली रंगशालामा भएको सनसनीपूर्ण खेलमा बुन्डेसलिगाको हस्ती बार्यनले युरोपको पुरानो प्रतिष्ठित कप...

'एभरेस्टमा दौडन पहिलोपल्ट हवाईजहाज चढें'

'एभरेस्टमा दौडन पहिलोपल्ट हवाईजहाज चढें'

दिङबोचे, (सोलुखुम्बु)- उनले एउटा अपरिचित गन्तव्यका लागि घरदेखि हजारौं माइलको यात्रा तय गरे। जीवनमै पहिलोपल्ट हवाईजहाज चढे। स्विट्जरल्यान्डदेखि नेपालसम्म लामो यात्रा तय गर्नु पछाडि उनको लक्ष्य एउटै थियो, विश्वकै सबैभन्दा...

अन्तर ट्रेड युनियन भलिबल सुरु

अन्तर ट्रेड युनियन भलिबल सुरु

काठमाडौं - पेसागत महासङ्घको आयोजना तथा नेपाल खेलकुद महासङ्घ आबद्ध राष्ट्रिय भलिबल सङ्घ नेपालको सहकार्यमा अन्तर ट्रेड युनियन भलिबल प्रतियोगिता आजदेखि ललितपुरको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा सुरु भएको छ...

बोस्टन म्याराथन दौडेकी स्वरुपा

बोस्टन म्याराथन दौडेकी स्वरुपा

काठमाडौं- उनले रेस पूरा गरेको एक घन्टाभन्दा बढी भइसकेको थियो। साथीहरूसँग फोटो सेसन भ्याइसकेपछि फिनिसिङ प्वाइन्टबाट ब्याग लिएर उनी बाहिरिसकेकी थिइन्। साथीसँग सधैं भेट्ने गरेको बारतिर ट्याक्सीमा जाँदै गर्दा मोबाइलमा म्यासेजको...

शिवरामलाई सात लाखभन्दा बढी नगदसहित सूर्य नेपाल मास्टर्स

शिवरामलाई सात लाखभन्दा बढी नगदसहित सूर्य नेपाल मास्टर्स

काठमाडौं- नेपालका नम्बर एक व्यावसायिक गल्फर शिवराम श्रेष्ठले शनिबार २०औं सूर्य नेपाल मास्टर्सको उपाधि जितेका छन्। प्रोफेसनल गल्फ टुर अफ इन्डिया (पिजिटिआई) को समेत मान्यताप्राप्त सूर्य नेपाल गल्फ टुरअन्तर्गतको प्रतियोगिता नेपाली खेलाडीले...