Friday 16 Shrawn, 2071 |
Menu

खेल

भारतीय सेनाअध्यक्ष बोलाउने सरकारको निर्णय

  • मङ्गलबार १४ जेष्ठ, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं – मन्त्रिपरिषद बैठकले भारतका स्थल सेना अध्यक्ष विक्रम सिंहलाई निम्तो गर्ने निर्णय गरेको छ। नेपाल–भारत संयुक्त सेना सगरमाथा आरोहण तथा सरसफाइ अभियान दलका तर्फबाट आयोजना हुने सम्मान कार्यक्रमका लागि सिंहलाई आमन्त्रण गर्ने पनि निर्णय गरेको हो।

यसैगरी मन्त्रिपरिषद्‌ बैठकले उपराष्ट्रपति परमानन्द झाले यही जेठ २१ देखि २६ गतेसम्म गर्नुहुने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणलाई अनुमोदन गरेको छ। बैठकपछि नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले उक्त जानकारी दिए।

बैठकले आगामी असार २५ गतेदेखि चीनमा हुने एसियाली मुलुकका लागि जनसङ्ख्या तथा विकासको रणनीतिसम्बन्धी मन्त्रिस्तरीय बैठकमा क्षेत्रीय प्रशासक आत्मराम पाण्डेलाई पठाउने निर्णय गरेको छ।

यस्तै आगामी असार ६ र ७ गते जेनेभामा हुने सार्वजनिक लेखा परीक्षणसम्बन्धी क्षेत्रीय बैठकमा महालेखापरीक्षक भानुप्रसाद आचार्यले भाग लिनेभएका छन्। उनले यही जेठ २७ गतेदेखि गर्ने बेलायतको लेखा प्रणालीको अध्ययन भम्रण कार्यक्रमलाई पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।

यसैगरी, एसियाली मन्त्रिस्तरीय भ्रष्टाचार विरोधी सम्मेलनमा भाल लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त केशवप्रसाद बडाललाई पठाउने निर्णय भएको छ।

सूचना समाजसम्बन्धी एक अर्को मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन जेनेभास्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि तथा नेपाली राजदूतलाई जिम्मेवारी दिइएको छ।

यस्तै उद्योग मन्त्रालयको प्रस्तावअनुसार 'प्राइभेट फर्म रजिष्ट्रेसन नवौँ संशोधन नियमावाली २०७०' को मस्यौदालाई विधेयक समितिमा पठाउने निर्णय गरिएको छ।

सामान्य प्रशासन मन्त्रालयको प्रस्तावअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका औषधि व्यवस्था विभाग, राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्र, केही स्वास्थ्य तालिम केन्द्र र स्वास्थ्य चौकीका सङ्गठन तालिका हेरफेर तथा दरबन्दी स्वीकृत गरिएको पनि प्रवक्ता पौडेलले बताए।

संविधानसभा निर्वाचनसम्बन्धी अध्यादेशका सम्बन्धमा राखिएको जिज्ञासामा मन्त्री पौडेलले यससम्बन्धमा कुनै निर्णय नभएको बताए। रासस
एनओसी विवाद बल्झँदै

एनओसी विवाद बल्झँदै

काठमाडौं– युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव युवराज लामाबीचको विवाद समाधानतर्फ उन्मुख भइरहँदा खेलकुदमा नेपाल ओलम्पिक कमिटीको विवादले पुनः प्रवेश पाएको छ। सर्वोच्च अदालत...

विवाद टुंगिएको दाबी

विवाद टुंगिएको दाबी

काठमाडौं- राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामाले बुधबार खेलकुदमन्त्री पुरुषोत्तम पौडेलसँगको विवाद टुंगिएको बताएका छन्। अघिल्लो दिन १७औं एसियाली खेलकुदमा सहभागिता जनाउन सहमतिका लागि आफू तयार रहेको बताएका मन्त्री पौडेलले बुधबार...

बार्सिलोनामा खारिँदै आइभनो

बार्सिलोनामा खारिँदै आइभनो

काठमाडौं-बिहान दुई घन्टा प्रशिक्षण। अर्को दुई घन्टा फिटनेस प्रशिक्षण। त्यसपछि बिहानको भोजन। दिउँसो साढे २ बजेदेखि फेरि प्रशिक्षणमा। १ घन्टा पुनः फिटनेस। बेलुका साढे ५–९ बजेसम्म स्कुलमा पढाइ।

एनपिएल पारदर्शी पार्न क्यान प्रतिबद्ध

एनपिएल पारदर्शी पार्न क्यान प्रतिबद्ध

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) का कार्यबाहक अध्यक्ष तारिणीविक्रम (टिबी) शाहले नेपाल प्रिमियर लिग (एनपिएल) को ट्वान्टी–२० प्रतियोगिता पारदर्शी र स्वच्छ रूपमा सम्पन्न गर्न क्यान प्रतिबद्ध रहेको बताएका छन्।

पौडीको स्तर र गौरिका

पौडीको स्तर र गौरिका

काठमाडौं-अघिल्लो सातासम्म ११ वर्षकी गौरिका सिंह नेपाली खेलकुदका लागि अपरिचित नाम थियो। आमाबाबुसँग बेलायतमा बसोवास गर्ने उनको नेपाली खेलकुदसँग कुनै साइनो पनि थिएन। बिदा मनाउन नेपाल आउँदा उनलाई एउटा यस्तो...

'समितिको प्रस्ताव अर्थहीन'

'समितिको प्रस्ताव अर्थहीन'

काठमाडौं– राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामाले बिहीबार १७औं एसियाली खेलकुदमा पदक सम्भावना भएका र पदक नजिक पुग्न सक्ने खेलमात्र सहभागिता गराउनुपर्ने बताएका छन्।

२४ खेलबाट २ सय १७ खेलाडी पठाउने तयारी

२४ खेलबाट २ सय १७ खेलाडी पठाउने तयारी

काठमाडौं-दुई महिनापछि दक्षिण कोरियाको इन्चोनमा हुने १७औं एसियाली खेलकुदमा नेपालबाट २४ खेलमा २ सय १७ खेलाडी सहभागी गराउने तयारी भइरहेको छ।

कप्तान जेरार्डको संन्यास

कप्तान जेरार्डको संन्यास

लन्डन– इङ्ल्यान्डका कप्तान स्टेभन जेरार्डले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेको इङ्ल्यान्डको फुटबल एसोसिएसनले सोमबार जनाएको छ। युक्रेनविरुद्ध वेम्बलीमा २–० को विजय हात पार्दा राष्ट्रिय टोलीबाट 'डेब्यु' गरेका लिभरपुलका मिडफिल्डर जेरार्डले...