Nepal Republic Media Pvt. Ltd.

epaper
Saturday
Mar 13th

राजेन्द्रले दिलाए आठौँ स्वर्ण

smaller text tool iconmedium text tool iconlarger text tool icon
पदक तालिकामा नेपाल पाँचौँ-
काठमाडौँ, माघ २६ (नागरिक)- एथलेटिक्स खेलाडी राजेन्द्र भण्डारीले नेपाललाई बंगलादेशमा भइरहेको साग खेलमा आठौँ स्वर्ण दिलाएका छन्। आज बिहान भएको ४२.१९५ किलोमिटर*को म्याराथनमा भण्डारीले स्वर्ण पदक जितेका हुन्।

यसअघि दशौँ सागमा भण्डारीले ५ हजार र ३ हजार मिटर गरी दुई वटा स्वर्ण जितेका थिए।

हिजो जितेका पाँच स्वर्ण र अस्ति जितेका दुई स्वर्णसहित नेपालले कूल पद तालिकामा ८ स्वर्ण पुर्‍याएको छ। योसँगै नेपाल पदक तालिकामा पाँचौँ भएको छ।

पदक तालिकामा शीर्ष स्थानमा रहेको भारतले ८८ स्वर्ण, दोस्रोमा रहेको पाकिस्तानले १९, बंगलादेशले १८, श्रीलंकाले १६ स्वर्ण जितेको छ।

मंगलबार बिहानसम्मको पदक तालिका
देश
स्वर्ण रजत काँस्य कूल
भारत 88 53 28 169
पाकिस्तान 19 25 36 80
बंगलादेश 18 23 55 96
श्रीलंका 16 34 52 102
नेपाल 8 9 19 34
अफगानिस्तान 7 9 16 32
भुटान 0 2 3 5
माल्दिभ्स 0 0 2 2
कूल 155 155 210 520

नेपालभन्दा पछाडि अफगानिस्तान, भुटान र माल्दिभ्स रहेका छन्।

यसैबीच आजै अपराह्न ४ बजे ढाकाको बंगबन्धु रंगशालामा सागको समापन हुँदैछ। (*सच्याइएको)

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

खेल

onlineversion

ब्लग

विजय राई "ड्याङ !" सातदोबाटो स्विमिङ पुलअगाडि एक्कासी ठूलो आवाजले म तर्सिएँ। आफ्नै साइडब...

- विजय राई

केशव थोकर पूर्व राजा रुद्रचण्डी महायज्ञमा आउने थाहा पाएर बिहान साढे दश बजेतिरै म पशुपतिनाथ...

- केशव थोकर

राजेन्द्र ज्ञवाली 'नेपालबाट आएको?' मैले सहमतिमा टाउको हल्लाउनासाथ उसले मेरो पेशा सोध्यो। मैले 'पत्...

- राजेन्द्र ज्ञवाली