Friday 4 Poush, 2071 |
Menu

खेल

सदावाहर दावेदारको लक्ष्य उपाधि

  • आइतबार ९ भाद्र, २०७०
  • अजय फुयाल
  • DISQUS_COMMENTS
(0 votes)
सदावाहर दावेदारको लक्ष्य उपाधि
काठमाडौं - माल्दिम्स दक्षिण एसियाली फुटबलमा पछिल्लो समय सधैको उपाधि दावेदार हो। २००८ मा दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिप जितेपछि माल्दिभ्सले क्षेत्रीय फुटबलमा छवि उकासेको थियो। त्यसयता सधै दक्षिण एसियामा माल्दिभ्स सबैका लागि अप्रिय प्रतिद्वन्द्वी हुने गरेको छ।

१९९७ मा काठमाडौंमा सुरु पहिलो साफ च्याम्पियनसिपबाट क्षेत्रीय फुटबलको महामेलामा माल्दिभ्सको यात्रा सुरु भएको थियो। पहिलो सहभागितामै रजत पदक जित्न सफल टोलीले साफ च्याम्पियनसिपका सात संस्करण सम्पन्न हुँदा एकपटक उपाधि जितेको छ भने तीन पटक उपविजेता बनेको थियो। १९९७ को काठमाडौं साफ च्याम्पियनसिपपछि २००३  र २००९ को ढाका संस्करण तथा २००८ मा श्रीलंकासँग मिलेर संयुक्त रुपमा आफैले प्रतियोगिता आयोजना गर्दा माल्दिभ्सले फाइनल खेलेको थियो। २००३ मा आयोजक बंगलादेशलाई टाई–ब्रेकरमा नतिजा सुम्पिएको टोली २००९ मा भारतसँग ४–० ले निराश भएको थियो। १९९९ को गोवा साफ च्याम्पियनसिपमा नेपाललाई प्लेअफमा हराउँदै तेस्रो स्थान हासिल गरेको टोली २००५ को कराची संस्करण र २०११ को नयाँ दिल्ली संस्करणमा सेमिफाइनल पुगेको थियो।
पाकिस्तानमा १९९३ मा सम्पन्न दक्षिण एसियाली गोल्डकप र १९९५ मा श्रीलंकामा भएको सार्क ब्रिस्टल गोल्डकपमा सहभागिता नजनाएको टोली अहिलेसम्म साफ च्याम्पियनसिपको समूह चरणबाट घर फर्किनु परेको इतिहाँस छैन।
विश्वकप २००६ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणसम्म पुग्न सफल हुँदा समुद्री टापुको देशले घरेलु मैदानमा एसियाली महारथी दक्षिण कोरियासँग गोलरहित बराबरी नतिजा निकालेको थियो।
साफ च्याम्पियनसिपमा गौरवशाली इतिहास बोकेको माल्दिभ्स भदौ १५ बाट काठमाडौंमा सुरु हुने आठौं साफ च्याम्पियनसिपलाई नेपाल आउँदा कम्तिमा त्यसलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ। टोलीका हंगेरियन प्रशिक्षक इस्टभान उर्बान्यी उपाधि जितेर फर्कनेमा आशावादी छन्। भन्छन्, 'हामी दक्षिण एसियामा सधैका दावेदार हौं। उपाधिबाहेक हामीसँग अरु लक्ष्य छैन।'
माल्दिभ्सले साफ च्याम्पियनसिपलाई लक्षित गर्दै तीन महिनादेखि विशेष तयारी गरिरहेको छ। हाल अभ्यास खेलका लागि थाइल्यान्ड भ्रमणमा रहेको टोलीले शुक्रबार मात्र थाईल्यान्ड यु–२३ टोलीसँग ३–२ को हार बेहोरेको छ। त्यसको दुई दिनअघि थाई प्रिमियर लिगको टोली ओसोटिप्सालाई माल्दिभ्सले ३–२ कै नतिजामा हराएको थियो। साफ च्याम्पियनसिपका लागि काठमाडौं आउनुअघि माल्दिभियन टोली आइतबार माले पुग्ने माल्दिभ्सका सञ्चार माध्यमले जनाएका छन्।
माल्दिभ्सका कप्तान अली अस्फाक उपाधि जितेर पछिल्ला दुई संस्करणको तिर्सना मेटने बताउँछन्। 'हामीले ढाका र नयाँ दिल्लीमा ट्रफिलाई मिस गर्‍यौं। काठमाडौंमा त्यसलाई हासिल गर्नु हाम्रो लक्ष्य हुनेछ। मेरो विचारमा दक्षिण एसियामा भारत र अफगानिस्तान पनि राम्रा छन्। तर, हामीसँग उनीहरुलाई हराएर उपाधि जित्ने क्षमता छ,' उनलाई उद्यृत गर्दै समाचार अनलाइनहरुले जनाएका छन्।
दक्षिण एसियाली फुटबलका सबभन्दा खतरनाक फरवार्डमध्येका एक अस्फाक यसपाली पनि माल्दिभ्सको टोलीका मुख्य हतियार हुनेछन्। अनुभवी अस्फाकसँगै मिडफिल्डरहरु इस्माइल इशा, अली उमर  र मोहमद उमाइर माल्दिभ्सका मुख्य आशा हुन्।
नेपालको रजत जित्ने लक्ष्य

नेपालको रजत जित्ने लक्ष्य

काठमाडौं-प्रथम दक्षिण एसियाली आमन्त्रित महिला भलिबल च्याम्पिनयसिपमा नेपालले शुक्रबार माल्दिभ्ससँग खेल्दैछ। च्याम्पियनसिपमा रजत पदक जित्ने लक्ष्य लिएको नेपालका लागि माल्दिभ्ससँग सजिलो प्रतिद्वन्द्वी हो। दुई टोलीले पाँचपल्ट आमनेसामने भएका छन्। सबैमा...

पाकिस्तानको उच्च स्कोर

पाकिस्तानको उच्च स्कोर

शारजहाँ– ओपनर अहमद सेहजादले सानदार शतक र शहिद अफ्रिदीले तीब्र गतिमा ५५ रन बनाउनुका साथै ३ विकेट लिएपछि पाकिस्तानले आइतबार तेस्रो एकदिवसीयमा न्युजिल्यान्डलाई १ सय ४७ रनले पराजित गरेको छ।

अस्ट्रेलियाली टेस्ट कप्तानमा स्मिथ

अस्ट्रेलियाली टेस्ट कप्तानमा स्मिथ

ब्रिसवेन– आक्रामक क्रिकेट खेल्ने बाचा गर्दै २५ वर्षे स्टेभन स्मिथले बुधबार गाबामा सुरु हुने भारतविरुद्धको दोस्रो टेस्टबाट अस्ट्रेलियाको कप्तानी जिम्मेवारी लिएका छन्। नियमित कप्तान माइकल क्लार्कले चोटका कारण चार टेस्टको...

लाम्पार्ड रिलिज गरेको पश्चाताप छैन : माउरिन्हो

लाम्पार्ड रिलिज गरेको पश्चाताप छैन : माउरिन्हो

लन्डन– फ्रान्क लाम्पार्डले म्यानचेस्टर सिटीको मैदानमा प्रभावकारी प्रदर्शन गरिरहे पनि उनलाई रिलिज गर्ने निर्णयमा कुनै पश्चाताप नभएको चेल्सीका प्रशिक्षक जोजे माउरिन्होले बताएका छन्।

लायनको बलले मोडियो नतिजा

लायनको बलले मोडियो नतिजा

एडिलेड- बलले लागेर निधन भएका फिलिप ह्युजको सम्झनामा भारत र अस्ट्रेलियाबीचको पहिलो टेस्ट सुरुआती दिनदेखि नै भावनात्मक बनेको थियो। शनिबार यसको अन्त पनि त्यहीअनुरुप भयो।

विश्वकपका अनुभवी बन्लान्?

विश्वकपका अनुभवी बन्लान्?

लन्डन- श्रीलंकाका माहेला जयवर्द्धने र पाकिस्तानका शहिद अफ्रिदी विश्वकप क्रिकेटको अनुभवी खेलाडी बन्ने सूचीमा उभिएका छन्। फेब्रुअरी १४ बाट अस्ट्रेलिया र न्युजिल्यान्डमा सुरु हुने प्रतियोगिताका लागि यी दुवैलाई आफ्नो राष्ट्रको...

कोहलीको शतकमा भारतीय रवाफ

कोहलीको शतकमा भारतीय रवाफ

एडिलेड- कार्यवाहक कप्तान विराट कोहलीले मिचेल जोन्सनको बाउन्सर झेल्दै बनाएको शतकमा भारतले अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा राम्रो जवाफ फर्काएको छ। जोन्सनको पहिलो बल सामना गर्दा कोहलीको हेलमेटमा नराम्रोसँग लागेको थियो। यसले...

लिभरपुल बाहिर, मेसी पछ्याउँदै रोनाल्डो

लिभरपुल बाहिर, मेसी पछ्याउँदै रोनाल्डो

जेनेभा- एफसी बसेलले एनफिल्डमा १–१ को बराबरी नतिजा निकाल्दै च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान पक्का गरेपछि लिभरपुल युरोपका शीर्ष क्लबको सूचीबाट यो सिजन तल झरेको छ। पाँच पटकको...