Friday 4 Poush, 2071 |
Menu

खेल

'कुल फिनिसर' वशन्त

  • आइतबार ९ भाद्र, २०७०
  • प्रकाश तिमल्सिना
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं– घरेलु फुटबलको चम्किलो खेल जीवनलाई पूर्णविराम लगाउँदै लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दीका स्टार फरवार्ड बसन्त थापा जापान लागेका थिए।

तर, त्यहाँ पुगेको दुई महिना नबित्दै अन्तर्राष्ट्रिय 'डयूटि' निर्वाह गर्न उनी स्वदेश फर्कनु परेको थियो। सन् २००५ को डिसेम्बरमा पाकिस्तानमा भएको चौथो साफ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बसन्तलाई जापानबाट झिकाएको थियो। जुन राष्ट्रिय टोलीमा उनको भूमिका प्रष्ट्याउन पर्याप्त थियो।
तयारीमा राष्ट्रिय टोलीसँग नभए पनि बसन्तबाट अपेक्षा ठूलै थियो। दुई बर्षअघि बंगालदेशमा नमिठो हारसँगै समूह चरणबाट बाहिरिनुको पीडा बिर्साउने जिम्मेवारी बसन्तलगायतको काँधमा थियो। बसन्त आफै पनि बंगलादेशको खराब प्रदर्शन विर्साउन चान्हन्थे। अर्का प्रभावशाली फरवार्ड नीराजन रायमाझी पनि विदेसिइसकेका कारण बसन्तमाथि दबाब पनि थियो।
बसन्त हेडिङमा राम्रो मानिन्थे। 'कुल फिनिसिङ' उनको अर्को विशेषता थियो। एन्फाका विकास निर्देशक सञ्जिव मिश्र बसन्तका बारेमा भन्छन्, 'एउटा राम्रो फरवार्डमा हुनुपर्ने गुण उनमा थियो। ठाँउमा पुग्न सक्ने क्षमता सँगै उनको 'एन्टिसिपेसन' एकदमै राम्रो थियो।'
चौथो साफमा पनि नेपालसामू लगभग अहिलेकै जस्तो चुनौति थियो। दक्षिण एसियाकै शक्तिशाली राष्ट्र भारत र बंगलादेश तथा कमजोर भुटानसँग समूह चरणमा खेल्नु पर्ने थियो। पहिलो र तेस्रो संस्करणमा जस्तै चौथोमा पनि नेपालले सफल नतिजा निकाल्न सकेन। तर, बसन्त भने चर्चामा रहे। पहिलो खेलमा भारतसँग २–१ ले पराजित हुँदा बसन्तले नै गोल गरेका थिए। हारका वावजुद पनि भारतविरुद्ध गोल गर्नु सानो उपलब्धी थिएन। कुनै पनि नेपाली खेलाडीले भारतविरुद्ध गोल गरेको १२ बर्षमा त्यो पहिलो थियो। १९९३ मा छैटौं दक्षिण एसियाली खेलकुदको फाइनलमा २–२ को बराबरी खेल्दा उमेश प्रधान र मणी शाहले गोल गरेपछि भारतलाई कुनै नेपाली खेलाडीले गोल गर्न सकेका थिएनन्। त्यसबीचमा नेपालले भारतसँगका चार खेल गुमाउँदा एक गोल पनि फर्काउन सकेको थिएन्।
त्यस बखत बसन्तका स्ट्राइकिङ पार्टनर कप्तान हरि खड्का उनलाई मेहनती स्ट्राइकरको रुपमा लिन्छन्। 'बसन्त फिजकल्ली स्ट्रङ खेलाडी हो। उसको स्कोरिङ पावर राम्रो थियो,' उनले थपे, 'भिजन एकदमै क्लियर थियो। उ कुल फिनिस गर्न सक्ने एउटा पूर्ण स्ट्राइकर हो।'
भारतसँगको हारपछि नेपालले बाँकी दुई खेल जित्नुको विकल्प थिएन। तर, बंगलादेशसँग २–० ले हारेपछि नेपाल फेरी पनि दुःखद रुपमा समूह चरणबाटै बाहिरीयो। भुटानविरुद्धको अन्तिम खेल ३–१ ले जित्दा बसन्तले एक गोल गरे। सुरेन्द्र तामाङ र विजय गुरुङले पनि १–१ गोल गरेका थिए। नेपालले ३ खेलमा ४ गोल गर्दा २ गोल बसन्तको नाममा रह्यो।
बुटबलमा गोर्खा ब्वाइज क्लबबाट सँगै खेलका उनका समकालिन मधु कार्की बसन्तलाई जुझारु खेलाडी भन्न रुचाउँछन्। भन्छन्, 'एउटा फरवार्डमा चाहिने क्षमता उसमा थियो। जसरी पनि गोल गर्नुपर्छ र जित्नुपर्छ भन्ने भावना भएको र खेलमा सतप्रतिशत दिने स्वभाव थियो।' मधुको नजरमा समाकालीन खेलाडीमा बसन्त सबैभन्दा अनुशासित थिए। बसन्त र मधुले म्याकडोयल्स आरसिटीमा २०५४ देखि तीन बर्ष सँगै खेले। बसन्त घरेलु फुटबलका सफल स्ट्राइकर मध्ये पर्छन्। 'ए' डिभिजन लिगमा ५० गोल गर्ने उनी पहिलो खेलाडी हुन्। विदेशीनुअघि उनले लिगमा ७९ गोल पुर्‍याइसकेका थिए। यद्दपी फर्ममा रहँदाकै अवस्थामा उनी जापान हानिएका थिए। अहिले उनी अमेरिका बस्छन्। १९९८ देखि २००६ को एएफसी च्यालेन्ज कपमा नेपालको कप्तानी गर्ने अवस्थासम्म आइपुग्दा उनले ८ अन्तर्राष्ट्रिय गोल गरेका थिए।
नेपालको रजत जित्ने लक्ष्य

नेपालको रजत जित्ने लक्ष्य

काठमाडौं-प्रथम दक्षिण एसियाली आमन्त्रित महिला भलिबल च्याम्पिनयसिपमा नेपालले शुक्रबार माल्दिभ्ससँग खेल्दैछ। च्याम्पियनसिपमा रजत पदक जित्ने लक्ष्य लिएको नेपालका लागि माल्दिभ्ससँग सजिलो प्रतिद्वन्द्वी हो। दुई टोलीले पाँचपल्ट आमनेसामने भएका छन्। सबैमा...

पाकिस्तानको उच्च स्कोर

पाकिस्तानको उच्च स्कोर

शारजहाँ– ओपनर अहमद सेहजादले सानदार शतक र शहिद अफ्रिदीले तीब्र गतिमा ५५ रन बनाउनुका साथै ३ विकेट लिएपछि पाकिस्तानले आइतबार तेस्रो एकदिवसीयमा न्युजिल्यान्डलाई १ सय ४७ रनले पराजित गरेको छ।

अस्ट्रेलियाली टेस्ट कप्तानमा स्मिथ

अस्ट्रेलियाली टेस्ट कप्तानमा स्मिथ

ब्रिसवेन– आक्रामक क्रिकेट खेल्ने बाचा गर्दै २५ वर्षे स्टेभन स्मिथले बुधबार गाबामा सुरु हुने भारतविरुद्धको दोस्रो टेस्टबाट अस्ट्रेलियाको कप्तानी जिम्मेवारी लिएका छन्। नियमित कप्तान माइकल क्लार्कले चोटका कारण चार टेस्टको...

लाम्पार्ड रिलिज गरेको पश्चाताप छैन : माउरिन्हो

लाम्पार्ड रिलिज गरेको पश्चाताप छैन : माउरिन्हो

लन्डन– फ्रान्क लाम्पार्डले म्यानचेस्टर सिटीको मैदानमा प्रभावकारी प्रदर्शन गरिरहे पनि उनलाई रिलिज गर्ने निर्णयमा कुनै पश्चाताप नभएको चेल्सीका प्रशिक्षक जोजे माउरिन्होले बताएका छन्।

लायनको बलले मोडियो नतिजा

लायनको बलले मोडियो नतिजा

एडिलेड- बलले लागेर निधन भएका फिलिप ह्युजको सम्झनामा भारत र अस्ट्रेलियाबीचको पहिलो टेस्ट सुरुआती दिनदेखि नै भावनात्मक बनेको थियो। शनिबार यसको अन्त पनि त्यहीअनुरुप भयो।

विश्वकपका अनुभवी बन्लान्?

विश्वकपका अनुभवी बन्लान्?

लन्डन- श्रीलंकाका माहेला जयवर्द्धने र पाकिस्तानका शहिद अफ्रिदी विश्वकप क्रिकेटको अनुभवी खेलाडी बन्ने सूचीमा उभिएका छन्। फेब्रुअरी १४ बाट अस्ट्रेलिया र न्युजिल्यान्डमा सुरु हुने प्रतियोगिताका लागि यी दुवैलाई आफ्नो राष्ट्रको...

कोहलीको शतकमा भारतीय रवाफ

कोहलीको शतकमा भारतीय रवाफ

एडिलेड- कार्यवाहक कप्तान विराट कोहलीले मिचेल जोन्सनको बाउन्सर झेल्दै बनाएको शतकमा भारतले अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा राम्रो जवाफ फर्काएको छ। जोन्सनको पहिलो बल सामना गर्दा कोहलीको हेलमेटमा नराम्रोसँग लागेको थियो। यसले...

लिभरपुल बाहिर, मेसी पछ्याउँदै रोनाल्डो

लिभरपुल बाहिर, मेसी पछ्याउँदै रोनाल्डो

जेनेभा- एफसी बसेलले एनफिल्डमा १–१ को बराबरी नतिजा निकाल्दै च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान पक्का गरेपछि लिभरपुल युरोपका शीर्ष क्लबको सूचीबाट यो सिजन तल झरेको छ। पाँच पटकको...