Friday 5 Mangshir, 2071 |
Menu

खेल

नेइमारको डेव्युमा बार्सिलोनाको रवाफ

  • मङ्गलबार ४ भाद्र, २०७०
  • एपी
  • DISQUS_COMMENTS
mynepal
(0 votes)
नेइमारको डेव्युमा बार्सिलोनाको रवाफ
बार्सिलोना– लियोनेल मेसीले दुई गोल गर्नुका साथै एक गोलको अवसर मिलाइदिएपछि आइतबार स्पेनिस ला लिगामा बार्सिलोनाले लेभान्टेमाथि ७–० को रवाफ जमाउँदै नेइमार र नयाँ प्रशिक्षक जेरार्डो मार्टिनोको डेव्यु सफल भएको छ।
साविक विजेताको उपाधि रक्षा अभियानले रवाफिलो सुरुआत गर्दा मेसीसँगै पेड्रो रोडरिग्वेजले पनि दुई गोल गरे । एलेक्सिस सान्चेज, ड्यानी अल्भास र जाभी हर्नान्डेजले एक÷एक गोलमा नाम लेखाए ।

बार्सिलोनाले सहज जित दर्ता गराउँदा रियाल मड्रिडले रियाल बेटिसमाथि घरेलु विजय हासिल गर्न अन्तिम समयसम्म कुर्नुप¥यो । तीन सिजन जोजे माउरिन्होको नेतृत्वमा खेलेको रियाल पहिलो पटक कार्लो एन्सेलोट्टीको मातहतमा मैदान उत्रिँदा नयाँ मिडफिल्डर फ्रान्सिस्को 'इस्को' एलार्कोनले समय सकिन ४ मिनेट बाँकी रहँदा विजयी गोल गरे । यसअघि जर्ज मोलिनाको गोलमा बेटिसले १४ औं मिनेटमा अग्रता लिएपनि रियालका फ्रान्सेली फरवार्ड करिम बेन्जामाले २६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

आइतबारै डिएगो कोस्टाले राडामेल फाल्काओलाई विर्साउँदै दुई गोल गरेपछि एटलेटिको मड्रिडले सेभियामाथि ३–१ को जित दर्ता गरायो । ३५ औं मिनेटमा कोस्टाले दिलाएको एटलेटिकोको अग्रता सेभियाका डिएगो पिरोटीले ३७ औं मिनेटमा बराबरीमा ल्याएका थिए । ७९ औं मिनेटमा कोस्टाले नै अग्रता दिलाएको टोलीका लागि अन्तिम मिनेटमा क्रिटियन रोडरिग्वेजले गोल गर्दै जितअन्तर फराकिलो पारे ।

स्पेनिस ला लिगामा आइतबारै सम्पन्न अर्को खेलमा ग्रानाडाले ओसासुनामाथि २–१ को अवे जित हासिल ग¥यो । ग्रानाडाका लागि युसुफ अल अरवी र हसन येबाले गोल गरे भने ओसासुनाका लागि प्याक्सटी मार्टिनेज पुनालले एक सान्त्वना गोल फर्काए ।

नेइमारले बेन्चबाट सुरु गरेको खेलमा पनि मेसीले आफ्नो जादु कायम राखेका थिए । मैदानमा मेसी एकोहोरो छाइरहँदा सान्चेजले तेस्रो मिनेटमा टोलीको खाता खोले । त्यसको ९ मिनेटपछि मेसी आफैले गोल गरेर अग्रता दोव्वर पारे । उनैले स्पेस खाली गराएर २३ औं मिनेटमा ड्यानी अल्भासलाई टोलीको तेस्रो गोल गर्ने वातावरण बनाए भने चौथो गोलका लागि पेड्रोलाई २६ औं मिनेटमा पास दिए । मेसीले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरेको तीन मिनेटपछि पहिलो हाफको अन्तिम समयमा जाभीले अर्को गोल गरेर बार्सिलोनाको अग्रता मध्यान्तरसम्म ६–० ले फराकिलो पारे । पेड्रोले समय सकिन १७ मिनेट बाँकी रहँदा टोलीका तर्फबाट सातौं गोल गरे ।

ब्राजिली टोली सान्तोषबाट अफ सिजनमा बार्सिलोना आएयता कुपोषणको उपचार गराइरहेका नेइमारले दोस्रो हाफमा मैदान छिरेर स्पेनिस ला लिगामा डेव्यु जनाएका थिए ।
अझै थप चाहन्छन् उनीहरु

अझै थप चाहन्छन् उनीहरु

लन्डन- गुस हिडिंक र फाबियो कापेलो युवाहरूको खेलका हजुरबुबा हुन्। डच प्रशिक्षक हिडिंक र इटालियन नागरिक कापेलो दुवैको उमेर ६८ वर्ष पुगिसकेको छ। दुवैले करिअरको उत्कर्षमा विभिन्न टोलीमा नियुक्ति र...

स्थापित हुँदै भारतीय सुपर लिग

स्थापित हुँदै भारतीय सुपर लिग

नयाँ दिल्ली- खेलको स्तर र ढल्कँदो उमेरका खेलाडीको प्रदर्शनले दर्शकलाई सन्तुष्ट पार्न सकेको छैन। तर, भव्यताका साथ सुरु गरिएको पाँच साता नबित्दै भारतको नयाँ फुटबल लिग एसियाको लोकप्रिय लिगमा स्थापित...

स्पेन र इङाल्यान्ड विजयी

स्पेन र इङाल्यान्ड विजयी

पेरिस- इङ्ल्यान्ड र साविक विजेता स्पेनले युरो २०१६ को छनोटअन्तर्गत शनिबार घरेलु मैदानमा विजय हासिल गरे पनि केही अप्रत्यासित नतिजा निस्केका छन्। समूह 'इ' मा इङल्यान्ड्ले स्लोभानियालाई ३–१ हराएको थियो।...

युरोमा रोनाल्डोको कीर्तिमान

युरोमा रोनाल्डोको कीर्तिमान

बर्लिन- पोर्चुगलले युरो कप छनोट फुटबलमा अल्मेरियालाई १–० ले हराएसँगै क्रिस्टियानो रोनाल्डो युरोपियन च्याम्पियनसिपको अहिलेसम्मकै उच्च गोलकर्ता बनेका छन्। विश्वकप विजेता जर्मनीले शुक्रबार जिब्राल्टारलाई ४–० ले पराजित गर्योई। जर्मनी रहेको...

भगवतीले जितिन् कांस्य

भगवतीले जितिन् कांस्य

काठमाडौं- नेपालले थाइल्यान्डको फुकेटमा बुधबार सुरु चौथो एसियाली बिच खेलकुदमा पहिलो पदक जितेको छ। साम्बो खेलाडी भगवती माझीले ५२ केजी तौल समूहबाट नेपाललाई कांस्य पदक दिलाइन्। भगवती सेमिफाइनलमा काजकिस्तानकी खेलाडीसँग...

तीनदिवसीयमा पहिलो पराजय

तीनदिवसीयमा पहिलो पराजय

काठमाडौं– नेपालले श्रीलंकामा जारी प्रथम श्रेणीको मान्यताप्राप्त तीनदिवसीय खेलमा पहिलो हार बेहोरेको छ। राजेश पुलामीले सानदार ब्याटिङ गरे पनि नेपाल मंगलबार कुरुनगेला कम्बाइन–११ सँग ८७ रनले पराजित भयो।

विश्वकप– २०२२ तयारी : चक्मा दिँदैछ कतार

विश्वकप– २०२२ तयारी : चक्मा दिँदैछ कतार

दोहा- विश्वकप–२०२२ को आयोजकका रूपमा फिफा कार्यसमितिले खाडी मुलुक कतारलाई चयन गर्दा यसको व्यापक आलोचनासँगै प्रश्न उठाइयो– भ्रष्टाचारको दलदलमा रहेको, अत्यधिक गर्मी र कमजोर फुटबल संस्कारयुक्त यो देशले कसरी फुटबलको...

उपाधि लक्ष्यमा महिला फुटबल टोली

उपाधि लक्ष्यमा महिला फुटबल टोली

काठमाडौं- कप्तान जमुना गुरुङसहित पाँच खेलाडीबिना नेपाली महिला फुटबल टोली महिला साफ च्याम्पियनसिप फुटबल खेल्न शनिबार पाकिस्तान जाँदैछ। महिला साफ च्याम्पियनसिपको तेस्रो संस्करण खेल्ने राष्ट्रिय टोलीका २० मध्ये ७ खेलाडी...