Monday 8 Mangshir, 2071 |
Menu

खेल

चेल्सी र रियाल फाइनलमा

  • मङ्गलबार २२ श्रावण, २०७०
  • एएफपी
  • DISQUS_COMMENTS
mynepal
(0 votes)
इस्ट रुथरफोर्ड– चेल्सीले आइतबार इटालियन प्रतिद्वन्द्वी एसी मिलानलाई २–० ले हराउँदै प्रशिक्षक जोजे माउरिन्होको पूर्वटोली रियाल मड्रिडविरुद्ध फाइनल भिडन्त पक्का गरेको छ।

आठ टोलीसम्मिलित अन्तर्राष्ट्रिय च्याम्पियन्स कपको सेमिफाइनलमा चेल्सीलाई जित दिलाउन केभिन डी ब्रुयेने र आन्द्रे सुइरेलेले गोल गरे। माउरिन्हो दुई महिनाअघि रियाल छोडेर चेल्सी फर्किएका थिए। इङ्लिस प्रिमियर लिगको महारथीले बुधबार ३२ पटकको स्पेनिस च्याम्पियनसँग मायमीको सन लाइफ रंगशालामा फाइनल खेल्नेछ।
पछिल्ला दुई खेलमा एउटै गोल नखाने चेल्सी प्रतियोगिताको एक्लो टोली हो। जबकि शनिबार एभर्टनलाई २–१ को नतिजामा हराएको रियाल प्रतियोगितामा सर्वाधिक ५ गोल गर्न सफल भइसकेको छ।
ब्रानिस्लाभ इभानोभिचले चौथो मिनेटमै चेल्सीलाई अग्रताको नजिक पुर्‍याए। मिलानका गोलकिपर क्रिस्टियन एबियाटी पोस्टको दायाँ भागमा रहेका बेला उनले गरेको प्रहार सफल भए। उनैले १२औं मिनेटमा अर्को हेड प्रहार गरे, जुन पोस्टभन्दा बाहिरबाट खेर गयो।
त्यसलगत्तै मिलानले पहिलोपल्ट विपक्षी पोस्टमा धावा बोल्यो। तर, केभिन प्रिन्स बोटिङको प्रहार पोस्टभन्दा थोरै बाहिरबाट गयो। डी ब्रुयेनेले २२औं मिनेटमा गरेको गोल रेफ्रीले अफसाइड करार दिए। सात मिनेटपछि इडेन हाजार्डले बायाँ विङ्समा 'स्पेस' पाउँदा बल छलाउँदै पोस्ट अगाडि लगेर कसैको निगरानीमा नरहेका डी ब्रुयेनेलाई दिए। डी ब्रुयेनेले त्यही पास सहज गोलमा परिणत गरे। २२ वर्षे बेल्जियन अन्तर्राष्ट्रिय खेलाडी डी ब्रुयेने २०१२ मा चेल्सी आए पनि गत सिजन उनले लोनमा वेर्डेर ब्रेम्यानमा बिताएका थिए।
चेल्सीले दोस्रो गोल इन्जुरी टाइमको दोस्रो मिनेटमा गर्‍यो। भिक्टर मोसेसले दिएको पासलाई दुई महिनाअघि मात्र बायर लेभरकुसनबाट स्टामफोर्ड ब्रिज आएका जर्मन अन्तर्राष्ट्रिय खेलाडी सुइरेलेले गोलमा परिणत गरे। २२ वर्षे सुइरेले २ करोड १० लाख युरोमा लेभरकुसनबाट लन्डन आएका हुन्।
अर्को खेलमा जोनाथन भानेगाले दुई तथा इभर बानेगा र जोनासले १–१ गोल गरेपछि स्पेनिस टोली भ्यालेन्सियाले इटालीको इन्टर मिलानलाई ४–० को नतिजामा पन्छायो।
क्यान विवाद मैदानमा छताछुल्ल

क्यान विवाद मैदानमा छताछुल्ल

काठमाडौं- यु–१९ महिला राष्ट्रिय च्याम्पियनसिपको फाइनल कीर्तिपुरको पारिलो मैदानमा जनकपुरलाई नतिजा सुम्पँदै सम्पन्न भइसकेको थियो। विजेता जनकपुरसँगै उपविजेता विराटनगरलाई ट्रफी उचाल्दै खुसी मनाउने हतारो थियो।

अझै थप चाहन्छन् उनीहरु

अझै थप चाहन्छन् उनीहरु

लन्डन- गुस हिडिंक र फाबियो कापेलो युवाहरूको खेलका हजुरबुबा हुन्। डच प्रशिक्षक हिडिंक र इटालियन नागरिक कापेलो दुवैको उमेर ६८ वर्ष पुगिसकेको छ। दुवैले करिअरको उत्कर्षमा विभिन्न टोलीमा नियुक्ति र...

स्थापित हुँदै भारतीय सुपर लिग

स्थापित हुँदै भारतीय सुपर लिग

नयाँ दिल्ली- खेलको स्तर र ढल्कँदो उमेरका खेलाडीको प्रदर्शनले दर्शकलाई सन्तुष्ट पार्न सकेको छैन। तर, भव्यताका साथ सुरु गरिएको पाँच साता नबित्दै भारतको नयाँ फुटबल लिग एसियाको लोकप्रिय लिगमा स्थापित...

स्पेन र इङाल्यान्ड विजयी

स्पेन र इङाल्यान्ड विजयी

पेरिस- इङ्ल्यान्ड र साविक विजेता स्पेनले युरो २०१६ को छनोटअन्तर्गत शनिबार घरेलु मैदानमा विजय हासिल गरे पनि केही अप्रत्यासित नतिजा निस्केका छन्। समूह 'इ' मा इङल्यान्ड्ले स्लोभानियालाई ३–१ हराएको थियो।...

युरोमा रोनाल्डोको कीर्तिमान

युरोमा रोनाल्डोको कीर्तिमान

बर्लिन- पोर्चुगलले युरो कप छनोट फुटबलमा अल्मेरियालाई १–० ले हराएसँगै क्रिस्टियानो रोनाल्डो युरोपियन च्याम्पियनसिपको अहिलेसम्मकै उच्च गोलकर्ता बनेका छन्। विश्वकप विजेता जर्मनीले शुक्रबार जिब्राल्टारलाई ४–० ले पराजित गर्योई। जर्मनी रहेको...

भगवतीले जितिन् कांस्य

भगवतीले जितिन् कांस्य

काठमाडौं- नेपालले थाइल्यान्डको फुकेटमा बुधबार सुरु चौथो एसियाली बिच खेलकुदमा पहिलो पदक जितेको छ। साम्बो खेलाडी भगवती माझीले ५२ केजी तौल समूहबाट नेपाललाई कांस्य पदक दिलाइन्। भगवती सेमिफाइनलमा काजकिस्तानकी खेलाडीसँग...

तीनदिवसीयमा पहिलो पराजय

तीनदिवसीयमा पहिलो पराजय

काठमाडौं– नेपालले श्रीलंकामा जारी प्रथम श्रेणीको मान्यताप्राप्त तीनदिवसीय खेलमा पहिलो हार बेहोरेको छ। राजेश पुलामीले सानदार ब्याटिङ गरे पनि नेपाल मंगलबार कुरुनगेला कम्बाइन–११ सँग ८७ रनले पराजित भयो।

विश्वकप– २०२२ तयारी : चक्मा दिँदैछ कतार

विश्वकप– २०२२ तयारी : चक्मा दिँदैछ कतार

दोहा- विश्वकप–२०२२ को आयोजकका रूपमा फिफा कार्यसमितिले खाडी मुलुक कतारलाई चयन गर्दा यसको व्यापक आलोचनासँगै प्रश्न उठाइयो– भ्रष्टाचारको दलदलमा रहेको, अत्यधिक गर्मी र कमजोर फुटबल संस्कारयुक्त यो देशले कसरी फुटबलको...