Monday 8 Mangshir, 2071 |
Menu

खेल

गालाटासरेको जितमा ड्रोग्बा नायक

  • मङ्गलबार २२ श्रावण, २०७०
  • एपी
  • DISQUS_COMMENTS
mynepal
(0 votes)
लन्डन– डिडियर ड्रोग्बा आर्सनलका लागि फेरि एकपटक टाउको दुखाइ बन्नेक्रममा आइतबार गालाटासरेले इमिरेट्स कप फुटबलको उपाधि उचालेको छ।

ड्रोग्बाले आर्सनलकै मैदानमा अन्तिम समयतिर दुई गोल गर्दा गालाटासरेले २–१ को जित पाएको थियो। चेल्सीमा रहँदा आर्सनलका अप्रिय विपक्षीमध्ये एक ड्रोग्बाले उत्तरी लन्डनको क्लबविरुद्ध गोल गर्नेक्रम आइतबार पनि निरन्तर बनाए। वैकल्पिक खेलाडीका रूपमा दोस्रो हाफमा मैदान छिरेका ड्रोग्बाले ८८औं मिनेटमा निर्णायक गोल गरे। वेस्ले स्नाइडरले पेनाल्टी बक्सभित्र दिएको पासमा उनले पिर मेर्टेस्याकरलाई छलाएर गोल गरेका थिए। त्यसको ९ मिनेटअघि मात्र उनैले पेनाल्टीबाट गोल गर्दै खेल बराबरीमा ल्याए। बाकारी सांगाले आफैलाई लडाएवापत गालाटासरेले पेनाल्टी पाएको थियो।
पहिलो हाफ पूरै नियन्त्रणमा राख्दै आर्सनलले ३९औं मिनेटमा गोल गर्‍यो। थियो वाल्कोटको क्रस विपक्षी रक्षक तथा गोलकिपर फर्नान्डो मुस्लेरालाई समेत भेउ नदिई गोलमा परिणत भएपछि आर्सनलले खेलमा अग्रता लियो। त्यसपछि प्राप्त थुप्रै अवसर आर्सेन वेंगरको टोलीले उपयोग गर्न सकेन।
हारका बावजुद आर्सनलका प्रशिक्षक वेंगरले आफू प्रदर्शनबाट सन्तुष्ट रहेको प्रतिक्रिया दिए। 'लामो समयपछि मैले मध्यान्तरअघि र पछि यति ठूलो अन्तर देखें,' वेंगरले भने, 'हामीले पहिलो हाफको गतिलाई निरन्तरता दिन सकेनौं र त्यसकै सजाय पायौं।'
वेंगरले ड्रोग्बालाई शारीरिक तथा प्राविधिक रूपमा उत्कृष्ट खेलाडी भन्दै प्रशंसा गरे। 'पेनाल्टी धेरै सामान्य थियो। ड्रोग्बाको विशेषता नै त्यही हो। उनी सामान्य प्रहार गोलमा परिणत गर्न सक्छन्,' वेंगरले भने।
नतिजापछि गालाटासरेले प्रतियोगितामा सर्वाधिक ९ अंक बटुल्दै उपाधि उचाल्यो। एफसी पोर्टो ६ अंकसहित दोस्रो, आर्सनल र नेपोली ४–४ अंकका साथ पुछारमा रहे। आइतबारै चाँडो पोर्टोले नेपोलीलाई ३–१ ले हराएको थियो।
‍‍गर या मरको अवस्थामा मनाङ

‍‍गर या मरको अवस्थामा मनाङ

काठमाडौं- साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदी क्लबले सोमबार गर या मरको अवस्थामा किंग्स कप फुटबलमा घरेलु टोली उगेन एकेडेमीसँग प्रतिस्पर्धा गर्दैछ। भुटानमा हरेक वर्ष लोकप्रिय बन्दै गएको किंग्स कपमा...

क्यान विवाद मैदानमा छताछुल्ल

क्यान विवाद मैदानमा छताछुल्ल

काठमाडौं- यु–१९ महिला राष्ट्रिय च्याम्पियनसिपको फाइनल कीर्तिपुरको पारिलो मैदानमा जनकपुरलाई नतिजा सुम्पँदै सम्पन्न भइसकेको थियो। विजेता जनकपुरसँगै उपविजेता विराटनगरलाई ट्रफी उचाल्दै खुसी मनाउने हतारो थियो।

अझै थप चाहन्छन् उनीहरु

अझै थप चाहन्छन् उनीहरु

लन्डन- गुस हिडिंक र फाबियो कापेलो युवाहरूको खेलका हजुरबुबा हुन्। डच प्रशिक्षक हिडिंक र इटालियन नागरिक कापेलो दुवैको उमेर ६८ वर्ष पुगिसकेको छ। दुवैले करिअरको उत्कर्षमा विभिन्न टोलीमा नियुक्ति र...

स्थापित हुँदै भारतीय सुपर लिग

स्थापित हुँदै भारतीय सुपर लिग

नयाँ दिल्ली- खेलको स्तर र ढल्कँदो उमेरका खेलाडीको प्रदर्शनले दर्शकलाई सन्तुष्ट पार्न सकेको छैन। तर, भव्यताका साथ सुरु गरिएको पाँच साता नबित्दै भारतको नयाँ फुटबल लिग एसियाको लोकप्रिय लिगमा स्थापित...

स्पेन र इङाल्यान्ड विजयी

स्पेन र इङाल्यान्ड विजयी

पेरिस- इङ्ल्यान्ड र साविक विजेता स्पेनले युरो २०१६ को छनोटअन्तर्गत शनिबार घरेलु मैदानमा विजय हासिल गरे पनि केही अप्रत्यासित नतिजा निस्केका छन्। समूह 'इ' मा इङल्यान्ड्ले स्लोभानियालाई ३–१ हराएको थियो।...

युरोमा रोनाल्डोको कीर्तिमान

युरोमा रोनाल्डोको कीर्तिमान

बर्लिन- पोर्चुगलले युरो कप छनोट फुटबलमा अल्मेरियालाई १–० ले हराएसँगै क्रिस्टियानो रोनाल्डो युरोपियन च्याम्पियनसिपको अहिलेसम्मकै उच्च गोलकर्ता बनेका छन्। विश्वकप विजेता जर्मनीले शुक्रबार जिब्राल्टारलाई ४–० ले पराजित गर्योई। जर्मनी रहेको...

भगवतीले जितिन् कांस्य

भगवतीले जितिन् कांस्य

काठमाडौं- नेपालले थाइल्यान्डको फुकेटमा बुधबार सुरु चौथो एसियाली बिच खेलकुदमा पहिलो पदक जितेको छ। साम्बो खेलाडी भगवती माझीले ५२ केजी तौल समूहबाट नेपाललाई कांस्य पदक दिलाइन्। भगवती सेमिफाइनलमा काजकिस्तानकी खेलाडीसँग...

तीनदिवसीयमा पहिलो पराजय

तीनदिवसीयमा पहिलो पराजय

काठमाडौं– नेपालले श्रीलंकामा जारी प्रथम श्रेणीको मान्यताप्राप्त तीनदिवसीय खेलमा पहिलो हार बेहोरेको छ। राजेश पुलामीले सानदार ब्याटिङ गरे पनि नेपाल मंगलबार कुरुनगेला कम्बाइन–११ सँग ८७ रनले पराजित भयो।