Friday 6 Bhadra, 2071 |
Menu

खेल

भोलि नेपालले बंगलादेशसँग खेल्ने

(0 votes)
भोलि नेपालले बंगलादेशसँग खेल्ने
काठमाडौं – भारतसँग बिहीबार २–० ले पराजित भएपछि बंगलादेशले साफ यु–१६ फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा आयोजक नेपाल प्रतिद्वन्द्वी पाएको छ। सेमिफाइनल पुगिसकेका भारत र बंगलादेशबीचको खेलले समूह 'बी' को विजेता टुंगो लागेको थियो। समूह 'ए' बाट नेपाल विजेता र अफगानिस्तान उपविजेता बन्दै बुधबार सेमिफाइनल पुगिसकेका छन्। अर्को सेमिफाइनल अफगानिस्तान र भारतबीच आइतबार हुनेछ।
नेपाल र बंगलादेशको खेल शनिबार हुनेछ। दुई वर्षअघि पहिलो संस्करणको समूह चरणमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको थियो। साविक विजेता पाकिस्तान यसपल्ट समूह चरणबाटै बाहिरियो। 
लगनखेलस्थित आर्मी मैदानमा भएको खेल नियन्त्रणमा लिए पनि भारतले गोलको खाता खोल्न झन्डै मध्यान्तरसम्म कुर्नुपरेको थियो। विन्देश्वर सिंहको गोलमा भारतले ४३औं मिनेटमा अग्रता लियो। उनले झन्डै २० यार्डबाट फ्रिकिकमा गोल गरे। इन्जुरी टाइमको दोस्रो मिनेटमा कृष्ण पण्डितको गोलमा भारतले अग्रता दोब्बर बनायो। प्रोसेन्जित चक्रवर्तीको पासमा कृष्णले पेनाल्टी बक्सबाट गोल गरेका थिए। ५४औं मिनेटमा सूर्य तिर्केले गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा हेड गरेको बल पोस्ट नजिकबाट बाहिरिएको थियो। 
भारत टोलीका प्रशिक्षक गौतम घोषले प्रदर्शनमा सुधार आएको जनाए। 'अघिल्ला खेलहरूमा रक्षापंक्तिमा समस्या थियो,' उनले भने, 'आजको खेलमा सुधार भएको छ।' 
भविष्यमा बलियो टोली निर्माण मुख्य लक्ष्य भएको जनाउँदै उनले थपे, 'फुटबलमा गल्ती हुन्छन्। त्यसमा सुधार गर्दै जानेछौं।' टोलीका कप्तान धीरज एस योजराङपेपले बंगलदेशसँग खेल्न सहज भएको बताए। 'राम्रो खेल्यौं। त्यसले उत्साहित पनि भयौं,' उनले भने, 'तालमेल एकदमै राम्रो रह्यो। यो भन्दा अझै राम्रो खेलेर अघि बढ्ने हाम्रो प्रयास हुनेछ।'
बंगलादेशका डच प्रशिक्षक कोस्टर रेन टोली पराजित भए पनि प्रदर्शनबाट सन्तुष्ट देखिए। 'टोलीले जस्तो खेल्यौं त्योबाट म गौरवान्वित छु,' खेलको विश्लेषण गर्दै उनले भने, 'फ्रिकिकमा गोल खानु दुर्भाग्य हो। सायद त्यसमा गोलकिपरको गल्ती पनि हुनसक्छ। यद्यपि भारत हामीभन्दा निकै स्तरीय छ। त्यस बाबजुद हाम्रो टोलीले संघर्ष गर्यो ।' कोस्टरले नेपाली खेलाडी भारतीयभन्दा पनि स्तरीय रहेको बताए।
फुटबलको नयाँ सिजन सुरु गर्दै एन्फा

फुटबलको नयाँ सिजन सुरु गर्दै एन्फा

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहमत क्लबको साथ लिएर फुटबलको नयाँ सिजन अघि बढाउने तयारी सुरु गरेको छ। अन्यौलबीच एन्फाले यसै महिना आयोजना गर्ने भनिएको नकआउटसहित अन्य फुटबल प्रतियोगिताको...

'फुच्चे' को करामत

'फुच्चे' को करामत

काठमाडौं- 'यो फुच्चेले नेपाली क्रिकेट टोलीको नाक राख्छ।'नेपाली यु–१६ क्रिकेट टोलीका सहायक प्रशिक्षक राजु बस्न्यातले केही समयअघि १३ वर्षीय 'स्पिनर' अनिल खरेलको खेल कौशलबारे प्रतिक्रिया दिँदै भनेका थिए।

एसिसी युु–१६ मा नेपालको जितको ह्‍याट्रिक

एसिसी युु–१६ मा नेपालको जितको ह्‍याट्रिक

नेपालले एसिसी यु–१६ प्रिमियर क्रिकेटमा जितको ह्याट्रिक गरेको छ। मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले आइतबार ओमानलाई १ सय २ रनले पराजित गर्‍यो। जितेन्द्रसिंह ठकुरीले प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शनलाई जारी राख्दा नेपालले...

एसिसी यु–१६ मा सिंगापुरसँग नेपालको बदला

एसिसी यु–१६ मा सिंगापुरसँग नेपालको बदला

काठमाडौं– नेपालले एसिसी यु–१६ प्रिमियर क्रिकेटमा लगातार दोस्रो खेल जितेको छ। मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले शुक्रबार सिंगापुरलाई ४९ रनले पराजित गर्‍यो।

लिभरपुलको ठूलो अपेक्षा

लिभरपुलको ठूलो अपेक्षा

लन्डन- एभर्टन एफसीका पदाधिकारीसँग विवाद भएपछि जोहन होल्डिङले सन् १८९२ मा आफ्नै अध्यक्षता र स्वामित्वमा एनफिल्ड अवस्थित जग्गामा लिभरपुल एफसीको स्थापना गरे। त्यसको एक वर्षपछि उनीहरू फुटबल लिगमा आबद्ध भए।...

युथ ओलम्पिकमा दुई खेलाडी

युथ ओलम्पिकमा दुई खेलाडी

काठमाडौं– दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली दोस्रो युथ ओलम्पिक खेलकुदमा भाग लिन मंगलबार चीनको नान्जिङ प्रस्थान गरेको छ। साउन ३१ बाट हुने युथ ओलम्पिकमा ब्याडमिन्टनका दिपेश धामी र एथलेटिक्सकी...

धोनीको सुरक्षामा कटौती,समर्थक आक्रोसित

धोनीको सुरक्षामा कटौती,समर्थक आक्रोसित

नयाँ दिल्ली-ट्वान्टी-२० विश्वकप जितेपछि भारतीय क्रिकेट टीमका कप्तान महेन्द्र सिंह धोनीको सुरक्षाको ९ जना कमान्डो खटाईएको थियो। तर अहिले भने राज्य सरकारले उनको सुरक्षामा कटौति गरेको छ।

एसिसी प्रिमियरमा च्याम्पियन बन्ने लक्ष्य

एसिसी प्रिमियरमा च्याम्पियन बन्ने लक्ष्य

काठमाडौं– एसिसी यु–१६ प्रिमियर क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यसहित नेपाली युवा टोली मंगलबार मलेसिया जाँदैछ। सोमबार बिदाइ कार्यक्रममा नेपाली टोलीका प्रशिक्षक वसन्त शाहीले च्याम्पियन बन्ने लक्ष्य लिएको बताए। उनले भने, ‘नेपाल...