Friday 24 Baishak, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

सेनाले महिला फुटबल आयोजना गर्ने

(0 votes)
काठमाडौं - महिला लिग खेल्ने ८ टोलीको सहभागितामा प्रधान सेनापति राष्ट्रिय महिला फुटबल प्रतियोगिता मंगलबारबाट हुने भएको छ। सेनाले पहिलोपल्ट आयोजना गर्ने प्रतियोगितामा आयोजक सेना, अर्का दुई विभागीय टोली (नेपाल पुलिस र सशस्त्र प्रहरी बल) र पाँच विकास क्षेत्रको सहभागिता रहने उपरथी भिक्टोर राणाले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिए।
nepalipatr-april
प्रतियोगिता आयोजनाको कारण प्रस्ट्याउँदै उनले भने, 'शान्तिका समयमा खेलका माध्यमबाट जनतासँग सम्बन्ध स्थापित गर्न प्रतियोगिता गरेका हौं।'
उनले सेनासँग भएको भौतिक संरचना र दक्ष जनशक्तिले नेपाली खेलकुदमा योगदान गर्ने सक्ने विश्वास लिँदै उपरथी राणाले भने, 'यो महिला फुटबल प्रतियोगिता सुरुआत हो। यसलाई दक्षिण एसियालीस्तरीय बनाउने लक्ष्य छ। '
उनले पदक जित्ने सम्भावना बोकेको खेल भएकै कारण महिला फुटबल आयोजना गरेको बताए। 'नतिजा आउने खेल नै गर्ने निर्णय गर्यौंक। महिला फुटबललाई सहयोग गर्न सके राष्ट्रिय टोलीको मनोबल बढ्ने र दक्षिण एसियामा पदक जित्ने सम्भावना छ,' उनले भने।
संख्यात्मक रूपमा कम आयोजना हुने कारणले महिला फुटबल प्रतियोगिता गर्ने निर्णयमा पुगेको राणाले जनाए। 'एन्फाले दिएको जानकारीअनुसार महिला फुटबलका राष्ट्रियस्तरका प्रतियोगिता कम हुँदै आएका छन्। त्यसैले महिला फुटबल आयोजना गर्ने निर्णय गर्यौं ,' उनले भने। 
नकआउटका आधारमा हुने प्रतियोगिता भद्रकालीस्थित सैनिक मुख्यालयको मैदानमा ५ दिन चल्नेछ। 
विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार तथा तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने एनसेल महिला राष्ट्रिय प्रतियोगिता विजेताको पुरस्कार राशि पनि पनि ३ लाख नै रहेको छ। 
एन्फा छनोट समितिको सिफारिसमा चुनिने उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले स्कुटर पाउने छन्। 
पहिलो दिन मंगलबार आयोजना त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चलसँग खेल्नेछ। पूर्वाञ्चल र सूदुरपश्चिमबीच अर्को खेल हुनेछ। बुधबार पुलिस र मध्यमाञ्चल तथा मध्यपश्चिम र एपिएफबीच खेल हुने छन्। गत वर्ष भएको राष्ट्रिय प्रतियोगिता एपिएफ र महिला लिग पुलिसले जितेका थिए।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...