Wednesday 7 Shrawn, 2071 |
Menu

खेल

थ्री स्टार विजयी

(0 votes)
काठमाडौं – लिग च्याम्पियन लक्ष्मी बैंक थ्री स्टार क्लबले भुटानको थिम्पुमा जारी किङ्स कप फुटबलमा बिहीबार थिम्पु सिटी एफसीलाई १–० ले पराजित गरेको छ। थ्री स्टारलाई जित दिलाउन योगेश गुरुङले पहिलो हाफमा गोल गरे। योगेशले २१औं मिनेटमा घरेलु समर्थकलाई स्तब्ध पार्दै गरेको गोल नेपाली टोलीको जितलाई पर्याप्त भयो। आइतबार थ्री स्टारले समूह 'बी' मा भारतको सिक्किम युनाइटेडसँग १–१ को बराबरी खेलेको थियो।
जितपछि थ्री स्टार ४ अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ। अघिल्लो खेलमा बंगलादेशको बिजेएमसीमाथि विजय पाएको थिम्पु ३ अंकसहित दोस्रो स्थानमा छ भने एक खेलमात्र खेलेका सिक्किम (१) तेस्रो तथा बिजेएमसी (०) पुछारमा छन्। 
थ्री स्टारले अन्तिम खेलमा सोमबार बिजेएमसीसँग खेल्नेछ। अघिल्लो चरणमा छनोट हुन थ्री स्टारले अन्तिम खेलमा बराबरी गरे पर्याप्त हुन्छ। 
अर्को नेपाली टोली मछिन्द्र एफसीले समूह 'ए' को दोस्रो खेलमा शुक्रबार बंगलादेशको ब्रदर्श युनियनसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो खेलमा टोलीले भारतको मोहनबगान एकेडेमीसँग १–१ को बराबरी खेलेको थियो।
२४ खेलबाट २ सय १७ खेलाडी पठाउने तयारी

२४ खेलबाट २ सय १७ खेलाडी पठाउने तयारी

काठमाडौं-दुई महिनापछि दक्षिण कोरियाको इन्चोनमा हुने १७औं एसियाली खेलकुदमा नेपालबाट २४ खेलमा २ सय १७ खेलाडी सहभागी गराउने तयारी भइरहेको छ।

कप्तान जेरार्डको संन्यास

कप्तान जेरार्डको संन्यास

लन्डन– इङ्ल्यान्डका कप्तान स्टेभन जेरार्डले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेको इङ्ल्यान्डको फुटबल एसोसिएसनले सोमबार जनाएको छ। युक्रेनविरुद्ध वेम्बलीमा २–० को विजय हात पार्दा राष्ट्रिय टोलीबाट 'डेब्यु' गरेका लिभरपुलका मिडफिल्डर जेरार्डले...

बिदा मनाउन आउँदा सात कीर्तिमान

बिदा मनाउन आउँदा सात कीर्तिमान

काठमाडौं- लन्डनबाट बिदा मनाउन आएकी ११ वर्षे किशोरी गौरिका सिंहले १९औं राष्ट्रिय खुला तथा १२औं ग्यालेक्सी कप अन्तरस्कुल पौडी च्याम्पियनसिपमा सात नयाँ राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाइन्।

द्वन्द्वको पेलाइमा राष्ट्रिय खेलकुद

द्वन्द्वको पेलाइमा राष्ट्रिय खेलकुद

काठमाडौं- निर्वाचनको बहानामा एक वर्ष सरेको बृहत राष्ट्रिय खेलकुदको सातौं संस्करण राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयको द्वन्द्वका कारण यो वर्ष पनि नहुने भएको छ।

स्वारेज बार्सिलोनामा पक्का

स्वारेज बार्सिलोनामा पक्का

बार्सिलोना– स्पेनिस क्लब बार्सिलोनाले उरुग्वेका स्ट्राइकर लुइस स्वारेज अब सतप्रतिशत आफ्नो टोलीको खेलाडी भएको बताएको छ। अघिल्लो सिजन लिभरपुलमा बिताएका स्वारेज गत साता ७ करोड ५० लाख पाउन्डमा बार्सिलोनामा आबद्ध...

२० वर्षअघिको त्यो दिन

२० वर्षअघिको त्यो दिन

रियो द जेनेरियो– कोलम्बिया २० वर्षअघि विश्वकपको क्वार्टरफाइनल पुगेको भए राष्ट्रिय टोलीका रक्षक एन्ड्रेस इस्कोबारको हत्या गरेको अन्तर्राष्ट्रिय लज्जाजनक घटनाबाट देश बच्ने थियो। 

अमेरिकालाई पछि पार्दै बेल्जियम अन्तिम आठमा

अमेरिकालाई पछि पार्दै बेल्जियम अन्तिम आठमा

साल्भाडोर- अतिरिक्त समयमा केभिन डि ब्रोएन र रोमेलु लुकाकुको गोलको मद्दतले अमेरिकालाई २-१ ले पराजित गर्दै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार बिहान भएको खेलमा निर्धारित ९० मिनेटमा कुनै गोल...

मेसी परिपक्व

मेसी परिपक्व

अर्जेन्टिना दुई खेलबाटै नकआउट चरण पुगिसकेकाले नाइजेरियासँग खेल्दा सुरक्षित खेल्यो। आउने खेलहरू अझै कठिन हुने भएकाले त्यो गर्नु उपयुक्त हुन्छ। खेलाडीलाई आराम दिने, इन्जुरीबाट जोगाउन दबाब कम भएको खेललाई अवसरमा...