Monday 16 Bhadra, 2071 |
Menu

खेल

नेपालको फिफा वरियतामा सुधार

(0 votes)
नेपालको फिफा वरियतामा सुधार
काठमाडौं - एएफसी च्यालेन्ज कपयता कुनै प्रतियोगिता नखेले पनि नेपालको फिफा वरियतामा सुधार भएको छ। नेपाल अघिलो महिनाभन्दा दुई स्थान माथि उक्लँदै १ सय ६९औं स्थानमा रहेको छ। विश्व फुटबल महासंघ (फिफा) ले जुलाई महिनाका लागि बिहीबार जारी गरेको वरियताक्रममा नेपालले दुई स्थान सुधार गरेको हो। अप्रिलदेखि जुनसम्म नेपाल १ सय ७१औं स्थानमा थियो।
फागुनमा एएफसी च्यालेन्ज कप खेलेयता नेपालीले कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता वा मैत्री खेल खेलेको छैन। 
अघिल्लो महिना जस्तै वरियताको १४०औं स्थानमा रहेको अफगानिस्तान दक्षिण एसियाली ८ राष्ट्रमध्ये शीर्षमा निरन्तर छ। भारत १४६औं, बंगलादेश १५२औं, माल्दिभ्स १५४औं, पाकिस्तान १६७ औं स्थानमा छन्। नेपालभन्दा पछाडि श्रीलंका १७१औं र भुटान २०७औं स्थानमा छन्। 
अन्तरमहादेशीय कपको फाइनलमा पराजित स्पेन वरियताको शीर्ष स्थान कायम छ। जर्मनी दोस्रो, कोलम्बिया तेस्रो र अर्जेन्टिना चौथोमा छन्। 
त्यस्तै नेदरल्यान्डस, इटाली, पोर्चुगल, क्रोएसिया, ब्राजिल र बेल्जियम पाचौंदेखि १०औं स्थानमा छन्। यसै साता अन्तरमहादेशीय कप जितेको ब्राजिल २२औं स्थानबाट माथि उक्लेको छ।
राष्ट्रिय लिगमा आठ टोली पक्का

राष्ट्रिय लिगमा आठ टोली पक्का

काठमाडौं- दुई महिनापछि सुरु हुने राष्ट्रिय लिगका लागि आठ टोलीको टुंगो लागेको छ। दशरथ रंगशालामा मंगलबार सुरु हुने एन्फा कप फुटबलमा भाग लिने 'ए' डिभिजनका ६ तथा झापा र मोरङ...

१६ सयलाई उछिन्दै समीर दोस्रो

१६ सयलाई उछिन्दै समीर दोस्रो

काठमाडौं- युरोपको प्रतिष्ठित अल्ट्रा रेसमा ४७ राष्ट्रका १६ सय प्रतिस्पर्धीलाई उछिन्दै नेपाली सेनाका धावक समिर तामाङ दोस्रो भएका छन्। फ्रान्समा बिहीबार आयोजित टिडिएस १ सय १९ किलोमिटर अल्ट्रा रेस समिरले...

वैदेशिक प्रशिक्षणमा बक्सिङ

वैदेशिक प्रशिक्षणमा बक्सिङ

काठमाडौं- नेपाली बक्सिङ टोली वैदेशिक प्रशिक्षणका लागि शनिबार थाइल्यान्ड जाँदैछ।दक्षिण कोरियाको इन्चोनमा हुने १७औं एसियाली खेलकुदको तयारी गरिरहेको बक्सिङ टोलीले थाइल्यान्डमा १७ दिन प्रशिक्षण गर्नेछ।

दुई सय प्रतिशत दिन तयार छु : पुबुदु

दुई सय प्रतिशत दिन तयार छु : पुबुदु

काठमाडौं- पुबुदु दासानायके नेपाल फर्कंदा सधैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तामझाम हुन्छ। धेरैजसो फर्काइमा कुनै न कुनै सफलता साथमै ल्याउँथे उनी। त्यही भएर विमानस्थलमा उनका लागि भिड लाग्नु सामान्य भइसक्यो। बिहीबार...

लेखा समितिमा एन्फा अध्यक्ष थापा

लेखा समितिमा एन्फा अध्यक्ष थापा

काठमाडौं- सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई दुई दिन भित्र पछिल्लो पाँच बर्षको बैंक खाता विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। एन्फाका विवादित दुवै पक्षसँग बुधबार छलफलपछि...

एसियाडलाई कोरियाको व्यस्तता

एसियाडलाई कोरियाको व्यस्तता

इन्चोन- तेस्रोपटक एसियाली खेलकुद गर्न लागेको दक्षिण कोरियाली प्रशासनलाई अहिले भ्याइनभ्याई छ। एसियाली खेलकुदको ठूलो खेलमेलाको १७औं संस्करण इन्चोनमा सेप्टेम्बर १९ बाट हुँदैछ। एसियाका ४५ देशबाट खेलाडी र खेलकर्मी गरी...

फुटबलको नयाँ सिजन सुरु गर्दै एन्फा

फुटबलको नयाँ सिजन सुरु गर्दै एन्फा

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहमत क्लबको साथ लिएर फुटबलको नयाँ सिजन अघि बढाउने तयारी सुरु गरेको छ। अन्यौलबीच एन्फाले यसै महिना आयोजना गर्ने भनिएको नकआउटसहित अन्य फुटबल प्रतियोगिताको...

'फुच्चे' को करामत

'फुच्चे' को करामत

काठमाडौं- 'यो फुच्चेले नेपाली क्रिकेट टोलीको नाक राख्छ।'नेपाली यु–१६ क्रिकेट टोलीका सहायक प्रशिक्षक राजु बस्न्यातले केही समयअघि १३ वर्षीय 'स्पिनर' अनिल खरेलको खेल कौशलबारे प्रतिक्रिया दिँदै भनेका थिए।