Wednesday 5 Kartik, 2071 |
Menu

खेल

'फुटबल साम्बा' मा महादेशीय कप

  • १ असार, २०७०
  • एएफपी
  • DISQUS_COMMENTS
(0 votes)
'फुटबल साम्बा' मा महादेशीय कप
साओ पाउलो – अपर्याप्त भौतिक पूर्वाधार र सुरक्षा व्यवस्थाले १२ महिनापछि इतिहासकै सबैभन्दा भव्य विश्वकप आयोजना गर्ने ब्राजिलको लक्ष्यमा धावा बोलिरहेको छ। खासगरी हवाई यातायातको ब्राजिली पूर्वाधार फुटबलको अत्यन्तै क्रेज रहेको देशमा विश्वकपलाई पर्याप्त छैन।

पाँचपल्टको विजेता ब्राजिलले आयोजना गर्न लागेको विश्वकपमा अपेक्षा निकै उच्च छ। दक्षिण अमेरिकी महारथीले सन् १९५० पछि पहिलोपल्ट विश्वकप गर्न लागेको हो। त्यतिखेर रियोको माराकाना रंगशालामा सम्पन्न फाइनलमा उरुग्वेसँग भोगेको हार ब्राजिली जनताले अहिलेसम्म पनि राष्ट्रिय लज्जाका रूपमा लिने गरेका छन्।
फुटबल ब्राजिलीले आविस्कार गरेका होइनन्। तर, यसलाई एउटा उत्कृष्ट कलामा परिमार्जित गर्ने, दर्शकमैत्री बनाउने काममा ब्राजिलीको ठूलो योगदान छ। त्यसैले अन्तरमहादेशीय कपका साथै अर्को वर्ष विश्वकप ब्राजिलले आयोजना गर्दा पूरा 'फुटबल साम्बा' ले विगतको दाँजोमा बढी उचाईं लिने अपेक्षा गरिएको छ।
फुटबल कला र संस्कारका लागि ब्राजिल विश्वकै सबैभन्दा उपयुक्त थलो मान्न सकिएला। तर, आयोजकका साथै स्पेन, इटाली, जापान, मेक्सिको, नाइजेरिया, टहिटी र उरुग्वेको सहभागिता रहने १६ दिने अन्तरमहादेशीय कप प्रतियोगिता पूर्वाधारका कारण प्रभावित हुने आशंका त्यत्तिकै छ। ब्राजिली र विदेशी गरी कपका लागि ३ लाख ५५ हजार पर्यटकले भ्रमण गर्ने अपेक्षा छ। अर्को वर्षको विश्वकपलाई 'रिहल्सल' जस्तै हुने भएकाले अन्तरमहादेशीय कप आयोजक तथा फिफाका लागि महत्त्वपूर्ण प्रतियोगिता हो।
विश्वकप आयोजना गर्ने ६ रंगशाला निर्माण वा मर्मतको काम अहिलेसम्म सम्पन्न गर्न नसक्नु आयोजकको ठूलो कमजोरी रहेको छ। फिफाले त्यसमा गम्भीर आपत्ति जनाउँदै समयमै तयारी पूरा गर्न ब्राजिली आयोजकलाई दबाब दिइरहेको छ। कामदारको हड्ताल, छानो खस्ने र अन्य समस्याले निर्माण कार्य प्रभावित भइरहेको छ।
आयोजकको ठूलो टाउको दुखाइ अहिले हवाई यातायातको कमजोर पूर्वाधार भएको छ। सडक यातायातमा अमेरिकाको भन्दा बढी जालो भएको कारण मुख्य सहरमा ट्राफिक जाम २ सय किलोमिटरसम्म तन्किन सक्ने अनुमान छ। विमानस्थलहरू सधंै खचाखच हुन्छन् भने रेल सेवा प्रभावकारी छैन। पछिल्लो दशकको तुलनामा हवाई यातायातमा १ सय २० प्रतिशतले वृद्धि गरिएको छ। तथापि त्यो पर्याप्त छैन। ब्राजिलको नियमित यातायातलाई नै सधैं भीडभाड भइरहने विमानस्थलहरूले विश्वकप दौरान ३० लाख ब्राजिली तथा ५ लाख विदेशी पर्यटकलाई खेल हुने १२ सहरमा आउजाउ गराउन सक्नुपर्नेछ।
'राम्रा योजना, नियमन र लगानीबिना गर्न लागिएको विश्वकप दुर्भाग्यजनक हुनसक्छ। हाम्रो यातायातले विश्वकपलाई थेग्न सक्दैन। सरकारले त्यसका लागि समयमै उचित तयारी गर्नुपर्ने थियो,' साओ पाउलोस्थित एफजिभी बिजनेस स्कुलका पूर्वाधारविज्ञ गेस्नर डी ओलिभियराले चेतावनी थिए। ब्राजिलले भौतिक पूर्वाधार निर्माणमा लामो समयदेखि गरेको बेवास्थाको परिणाम अहिलेको समस्या भएको बताउँदै उनले भने, 'चीनले घरेलु उत्पादनको सात प्रतिशत तथा चिलीले ५ प्रतिशत पूर्वाधारमा लगानी गरिरहेका छन्। हामीले दुई प्रतिशत मात्र पूर्वाधारमा लगाएका छौं।'
ब्राजिली खेलमन्त्री अल्डो रेबेलोले यातायातमा समस्या रहेको स्वीकार्दै भएका पूर्वाधार व्यवस्थित सञ्चालन गर्ने सरकारी योजना रहेको बताए। उनले प्रतियोगिताका लागि देशले धेरै पूर्वाधार निर्माण गरेको दाबी गरे।
ब्राजिली आयोजकका लागि अन्तरमहादेसीय कप र विश्वकप सम्पन्न गर्न सुरक्षा व्यवस्था अर्को मुख्य चुनौती हो। विश्वभर नै ठूला खेलमेला आतंककारीको निसाना बनिरहेका बेला ब्राजिली सरकार त्यसबाट सबैभन्दा बढी सचेत छ। १९ करोड ४० लाख जनसंख्याको ब्राजिलमा प्रत्येक वर्ष ४० हजार हत्याका घटना हुने गरेको म्याप अफ भ्वायोलेन्सको अध्ययनले देखाएको छ। बढी हत्याका घटना लुटपाटका क्रममा अपराधीले साना हतियारबाट गर्ने पाइएकाले फुटबल हेर्न ब्राजिल पुग्ने विदेशी पर्यटकको सुरक्षा ब्राजिली प्रशासनको मुख्य टाउको दुखाइ बन्नेछ।
विश्वकप आयोजक १२ सहरमा सबैभन्दा बढी हिंसाका घटना भएको ब्राजिली पुलिसको तथ्यांक छ। रियोको हकमा भने २००८ मा लागूऔषध माफियाको जगजगी हुन थालेपछि सुरक्षा व्यवस्था कडा परिएको छ।  
अन्तर महादेसीय कप र विश्वकप लक्ष्य गर्दै विशेष व्यवस्था गरिएको कानुन मन्त्रालयका सचिव भाल्डिन्हो काइटानोले बताए। 'सार्वजनिक सुरक्षा पहिलो प्राथमिकता हो। त्यसका लागि हामीले उचित रणनीति बनाएका छौं,' उनले भने।
काइटानोका अनुसार सुरक्षाका लागि महत्त्वपूर्ण स्थानको पहिचान गरेर जनता र निजी सुरक्षा फर्मसँगको सहकार्यमा संगठित अपराध, आतंककारी हमला र फुटबल हुलदंगालाई निस्तेज गर्ने योजना छ। 'सुरक्षाको हकमा कुनै कमजोरी वा गल्ती स्विकार गरिने छैन। अन्तरमहादेसीय कपमा हामी यी योजना लागू गर्नेछौं,' उनले भने।
विशेष सुरक्षा व्यवस्था अपनाउने क्रममा २००८ देखि विश्वकप आयोजक १२ सहरका संवेदनशील क्षेत्रमा पुलिसका ३२ विशेष युनिट स्थापना गरिएका छन्। अन्तरमहादेशीय कपको सुरुआतसँगै आगामी वर्षसम्म थप ४० युनिट स्थापना गरी १२ हजार ५ सय अतिरिक्त पुलिस अधिकारी परिचालन गर्ने योजना छ। विश्व फुटबलका दुई मुख्य प्रतियोगिताक्रम ५० हजारभन्दा बढी पुलिस अधिकारी र २५ हजारभन्दा बढी सुरक्षा गार्ड परिचालन हुने बताइएको छ। 'ब्राजिली सहरहरूमा विगतमा भइरहेजस्ता हिंसाका घटना अन्तरमहादेसीय कप र विश्वकप दौरान हुने छैनन्। हामीले त्यसका लागि पर्याप्त व्यवस्था मिलाएका छौं,' काइटानोले भने। उनले ब्राजिलमा आतंककारी हमलाको सम्भावना भने अत्यन्तै न्युन रहेको दाबी गरेका छन्।
'ब्राजिलको मुख्य समस्या समयमा रंगशाला, मेट्रो, विमानस्थल र संचारको क्षेत्रमा निर्माण गर्न नसक्नु हो। तर, उनीहरूले लगानी गरेको क्षेत्रबाट कत्तिको उपयोग गर्न सक्छन् भन्ने हो,' संयुक्त राष्ट्रसंघका विश्वकप तयारी अनुगमनकर्ता पेड्रो ट्रेन्जरोउजले भने।
फुटबल खेल्ने क्रममा १५ वर्षे युवतीको मृत्यु

फुटबल खेल्ने क्रममा १५ वर्षे युवतीको मृत्यु

लन्डन— फुटबल खेलिरहेकी एक १५ वर्षे युवतीको मैदानमै मृत्यु भएको छ। वेलायतकी उत्तरपूर्वी लेनक्यासाइरमा अन्डर–१६ गर्ल्स फुटबल म्याच खेल्ने क्रममा मेलिसा स्मिथले ज्यान गुमाएकी हुन्।

गाइड नहुँदा विक्रम दौडन पाएनन्

गाइड नहुँदा विक्रम दौडन पाएनन्

काठमाडौं, कात्तिक २– दक्षिण कोरियामा भइरहेको पारा एसियाली खेलकुदमा 'गाइड' नभएका कारण एथलेटिक्सका विक्रमबहादुर रानाले प्रतिस्पर्धा गर्न पाएनन्। आफूलाई दौडाउने मान्छे नभएपछि रानाले आइतबार २ सय मिटरमा सहभागि नसकेका हुन्। 

विमला आर्मीमा अनुबन्धित

विमला आर्मीमा अनुबन्धित

काठमाडौं- इन्चोन एसियाडकी पदकधारी विमला तामाङ सोमबार त्रिभुवन आर्मी क्लबसँग अनुबन्धित भएकी छन्। कराते खेलाडी विमलाले दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७औं एसियाली खेलकुदमा एकल काताबाट कांस्य पदक जितेकी थिइन्।

'लेखाको निर्णय पुनर्विचार गर'

'लेखाको निर्णय पुनर्विचार गर'

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) का जिम्मवार पदाधिकारीको २ महिनाका लागि पद स्थगन गर्ने सार्वजनिक लखा समितिको निर्णय पुर्नविचार गर्न राष्ट्रिय फुटबल खेलाडी, प्रशिक्षक र रेफ्रीले सामूहिक आग्रह गरेका...

रारामा बालकदेखि वृद्धसम्म दौडने

रारामा बालकदेखि वृद्धसम्म दौडने

जुम्ला- कर्णालीमा पहिलोपल्ट हुन लागेको जुम्ला–रारा अल्ट्रा म्याराथनमा भाग लिन ७ देखि ७२ वर्ष उमेर भएकाले नाम दर्ता गराएका छन्। कर्णालीको नाम राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चिनाउन आयोजित म्याराथनमा ऐक्यबद्धता जनाउन...

इन्चोनको भव्यताले अन्य आकांक्षीलाई चुनौती

इन्चोनको भव्यताले अन्य आकांक्षीलाई चुनौती

इन्चन- एसियाकै सबैभन्दा ठूलो खेल मेलाको १७ औं संस्करणले आइतबार विदा लिएसँगै यसको भविष्यलाई लिएर चिन्ता सुरु भएको छ। दक्षिण कोरियाले इन्चोन एसियाडलाई कम खर्चमा चुस्त आयोजनाको नमुनाका रुपमा प्रस्तुत...

रोनाल्डोको २२ औं ह्याट्रिकले रियल म्याड्रिड ५–० ले विजयी

रोनाल्डोको २२ औं ह्याट्रिकले रियल म्याड्रिड ५–० ले विजयी

म्याड्रिड—स्टार खेलाडी क्रिस्टियानो रोनाल्टो तथा ग्रेथ बेलको शानदार प्रदर्शनको मद्दतले रियल म्याड्रिडले स्पेनिस प्रिमियर लिगमा एट्लेटिको बिल्बाओलाई ५–० ले हराएको छ। रोनाल्डोको यो २२ औं लिग ह्याट्रिक हो। यो जितसँगै...

चेन्नइद्वारा च्याम्पियन्स लिगको उपाधि कब्जा

चेन्नइद्वारा च्याम्पियन्स लिगको उपाधि कब्जा

बैंगलोर- सुरेश रायनाको शतक प्रहारसँगै ट्वान्टी-२० च्याम्पियन्स लिगको उपाधि चेन्नइ सुपर किङ्गले जितेको छ। शनिबार राति भएको खेलमा कोलकता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै चेन्नइले उपाधि जितेको हो। रायनाले...