Sunday 15 Bhadra, 2071 |
Menu

खेल

युवाको भरमा ब्राजिल

  • १ असार, २०७०
  • एएफपी
  • DISQUS_COMMENTS
(1 Vote)
रियो दी जेनेरियो – ब्राजिलले विश्वकप गर्न एक वर्ष मात्र बाँकी छ। विश्वकप आयोजना अभ्यासका रूपमा रहेको अन्तरमहादेशीय कप शनिबार ब्राजिलका विभिन्न सहरमा सुरु हुँदैछ। जहाँ जितले कम अनुभवी युवा खेलाडीको बाहुल्य रहेको ब्राजिललाई ठूलो महत्त्व राख्नेछ।

विश्व फुटबलमै सनसनी मच्चाइरहेका युवा स्टार नेइमार ब्राजिलको केन्द्रबिन्दु हुने छन्। विश्वकपका लागि तयारी गरिरहेका नेइमार र उनका टिम सहयात्रीलाई भने अन्तरमहादेशीय कप प्रदर्शन निखार्ने थलो बन्ने आशा छ। अन्तरमहादेशीय कपका आठ संस्करण सम्पन्न हुँदा ब्राजिलले तीनपल्ट उपाधि भित्त्याइसकेको छ। चौथो उपाधिको आशामा रहे पनि ब्राजिलको मुख्य उद्देश्य भने प्रतियोगिताबाट अनुभव बटुल्ने र सक्दो अगाडि बढ्ने मात्र हो।
२०१४ मा घरमा विश्वकप गर्दा पाँचपल्टको विश्व विजेतालाई सफलताको बाटोमा डोर्‍याउने आशाका साथ डिसेम्बरमा फर्काइएका रणनीतिकार लुइस फिलिप स्कोलारीले छनोटमा अनुभवीभन्दा युवालाई महत्त्व दिएका छन्। वर्तमान ब्राजिली टोलीको औसत उमेर २६ वर्ष ६ महिना छ। २०१० मा डुंगाको प्रशिक्षणमा दक्षिण अफ्रिकामा विश्वकप खेल्दा भने ब्राजिली टोली तुलनात्मक निकै अनुभवी थियो। स्कोलारीले छानेको वर्तमान टिममा फ्रेड, जुलियो सिजर, डानी अल्भास र थियागो सिल्भा गरी चार खेलाडी मात्र विश्वकप अनुवभ बटुलेका छन्।
हालैमात्र सान्तोसबाट बार्सिलोना प्रस्थान गरेका नेइमार र चेल्सीका क्रिएटिभ मिडफिल्डर ओस्कारजस्ता खेलाडीका लागि अन्तरमहादेशीय कप अनुभव बटुल्ने र विश्वकपका लागि आत्मविश्वास संगाल्ने थलो हो।
ब्राजिली टोलीमा अर्को संयोग २३ खेलाडीमध्ये ११ ब्राजिली क्लबकै हुनु हो। स्कोलारीले मे १४ मा टोली छनोट गर्दा नेइमार सान्तोसमा थिए भने अर्का स्टार फर्नान्डो ग्रेमियोमा थिए। त्यसको भोलिपल्ट नेइमारले बार्सिलोनासँग सम्झौता गरे भने त्यसपछि फर्नान्डो युक्रेनी महारथी शाख्तर डोनेस्कसँग आबद्ध भए।
'युवा हुनुको आफ्नै फाइदा छ। युवाहरू सधँै उत्सुक हुन्छन्। अर्कोतर्फ केही कुरा अनुभवबाट मात्र पाइन्छ,' २००१ मा ब्राजिललाई पाँचौं विश्वकप उपाधि जिताएका स्कोलारीको विचार हो।
अन्तरमहादेशीय कपमा शनिबार जापानसँग खेलेर ब्राजिलले यात्रा सुरु गर्नेछ। जुन १९ मा मेक्सिकोसँग खेल्ने टोलीले समूह चरणको अन्तिम खेलमा त्यसको तीन दिनपछि इटालीको सामना गर्नेछ। उपाधिसम्मको यात्रा तय गर्न टोलीले नकआउट चरणमा विश्वकपको साविक विजेता तथा दुईपल्टको युरोपियन च्याम्पियन स्पेनको चुनौती पन्छाउनुपर्नेछ।
विश्व वरियताक्रम हेर्ने हो भने ब्राजिल प्रतियोगितामा निकै फितलो टोली हो। तर, अन्तरमहादेसीय कपका लागि भर्खरै खेलिएका दुई अभ्यास खेलको नतिजाबाट आयोजकले गतिलो सम्भावना देखाएको छ। रियो दि जेनेरियोको माराकाना रंगशालामा भएको पहिलो खेलमा इङ्ल्यान्डसँग २–२ को बराबरी गरेको टोलीले दोस्रो खेलमा आइतबार फ्रान्सलाई ३–० को एकतर्फी नतिजामा हराएको थियो।
फ्रान्ससँगको जित मनोबल उकास्न ब्राजिललाई महत्त्वपूर्ण हुनेछ। २००९ मा इङ्ल्यान्डलाई १–० को नतिजामा हराएपछि ब्राजिलले कुनै ठूलो अन्तर्राष्ट्रिय प्रतिद्वन्द्वीमाथि जित दर्ता गराएको यो पहिलो हो।
ब्राजिलको स्वाभाविक आक्रामक शैलीलाई असर नगर्ने गरी रक्षापंक्ति जब्बर पार्नु अहिले स्कोलारीको मुख्य चुनौती हो। आक्रमणमा प्रतिभावान फ्रेडलाई नेइमारको सहयोग रहनेछ। त्यसपछि हल्क वा लुकास र रचनात्मक ओस्कार मिडफिल्डमा हुनेछन्। नेइमार क्लबस्तरको दाँजोमा राष्ट्रिय टोलीमा जम्न सकेका छैनन्। तर, एकै सटमा खेल परिवर्तन गर्न सक्ने क्षमताका उनले आइतबार फ्रान्सलाई निरीह पार्दा उत्कृष्ट प्रदर्शन गरेका थिए। उनकै असाधारण थ्रु पासमा ओस्कारले गोल गर्दै ब्राजिलको खाता खोलेका थिए।
रक्षापंक्तिमा कप्तान थियागो सिल्भा विश्वकै सर्वोत्कृष्ट सेन्ट्रल रक्षकमा एक मानिन्छन्। उनको दायाँबायाँ डानी अल्भास र मार्सेलो रक्षाका साथै आक्रमणलाई पनि सघाउने  जिम्मेवारीका साथ हुनेछन्। अल्भास  र मार्सेलोले आक्रमणलाई थुप्रै सघाउने भए पनि बीचका लागि भने स्कोलारीले लुइज गुस्ताभो र पाउलिन्होमध्येबाट पनि विकल्प खोज्नुपर्नेछ।
१६ सयलाई उछिन्दै समीर दोस्रो

१६ सयलाई उछिन्दै समीर दोस्रो

काठमाडौं- युरोपको प्रतिष्ठित अल्ट्रा रेसमा ४७ राष्ट्रका १६ सय प्रतिस्पर्धीलाई उछिन्दै नेपाली सेनाका धावक समिर तामाङ दोस्रो भएका छन्। फ्रान्समा बिहीबार आयोजित टिडिएस १ सय १९ किलोमिटर अल्ट्रा रेस समिरले...

वैदेशिक प्रशिक्षणमा बक्सिङ

वैदेशिक प्रशिक्षणमा बक्सिङ

काठमाडौं- नेपाली बक्सिङ टोली वैदेशिक प्रशिक्षणका लागि शनिबार थाइल्यान्ड जाँदैछ।दक्षिण कोरियाको इन्चोनमा हुने १७औं एसियाली खेलकुदको तयारी गरिरहेको बक्सिङ टोलीले थाइल्यान्डमा १७ दिन प्रशिक्षण गर्नेछ।

दुई सय प्रतिशत दिन तयार छु : पुबुदु

दुई सय प्रतिशत दिन तयार छु : पुबुदु

काठमाडौं- पुबुदु दासानायके नेपाल फर्कंदा सधैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तामझाम हुन्छ। धेरैजसो फर्काइमा कुनै न कुनै सफलता साथमै ल्याउँथे उनी। त्यही भएर विमानस्थलमा उनका लागि भिड लाग्नु सामान्य भइसक्यो। बिहीबार...

लेखा समितिमा एन्फा अध्यक्ष थापा

लेखा समितिमा एन्फा अध्यक्ष थापा

काठमाडौं- सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई दुई दिन भित्र पछिल्लो पाँच बर्षको बैंक खाता विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। एन्फाका विवादित दुवै पक्षसँग बुधबार छलफलपछि...

एसियाडलाई कोरियाको व्यस्तता

एसियाडलाई कोरियाको व्यस्तता

इन्चोन- तेस्रोपटक एसियाली खेलकुद गर्न लागेको दक्षिण कोरियाली प्रशासनलाई अहिले भ्याइनभ्याई छ। एसियाली खेलकुदको ठूलो खेलमेलाको १७औं संस्करण इन्चोनमा सेप्टेम्बर १९ बाट हुँदैछ। एसियाका ४५ देशबाट खेलाडी र खेलकर्मी गरी...

फुटबलको नयाँ सिजन सुरु गर्दै एन्फा

फुटबलको नयाँ सिजन सुरु गर्दै एन्फा

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहमत क्लबको साथ लिएर फुटबलको नयाँ सिजन अघि बढाउने तयारी सुरु गरेको छ। अन्यौलबीच एन्फाले यसै महिना आयोजना गर्ने भनिएको नकआउटसहित अन्य फुटबल प्रतियोगिताको...

'फुच्चे' को करामत

'फुच्चे' को करामत

काठमाडौं- 'यो फुच्चेले नेपाली क्रिकेट टोलीको नाक राख्छ।'नेपाली यु–१६ क्रिकेट टोलीका सहायक प्रशिक्षक राजु बस्न्यातले केही समयअघि १३ वर्षीय 'स्पिनर' अनिल खरेलको खेल कौशलबारे प्रतिक्रिया दिँदै भनेका थिए।

एसिसी युु–१६ मा नेपालको जितको ह्‍याट्रिक

एसिसी युु–१६ मा नेपालको जितको ह्‍याट्रिक

नेपालले एसिसी यु–१६ प्रिमियर क्रिकेटमा जितको ह्याट्रिक गरेको छ। मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले आइतबार ओमानलाई १ सय २ रनले पराजित गर्‍यो। जितेन्द्रसिंह ठकुरीले प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शनलाई जारी राख्दा नेपालले...