Tuesday 17 Bhadra, 2071 |
Menu

खेल

ब्राजिललाई अझै समय लाग्छ : पेले

  • १ असार, २०७०
  • एएफपी
  • DISQUS_COMMENTS
(0 votes)
रियो दि जेनेरियो – ब्राजिली महान फुटबलर पेलेले फ्रान्समाथि सप्ताहन्तमा ३–० को विजय पाए पनि स्पेन र जर्मनीको हाराहारीमा पुग्न ब्राजिललाई अझ केही समय लाग्ने बताएका छन्।

यस महिना जारी फिफा वरियतामा ब्राजिल २२औं स्थानमा झरेको थियो, जुन अहिलेसम्मकै खराब हो। दुई वर्षअघि पेनाल्टी सुटआउटमा पाराग्वेसँग क्वार्टरफाइनलमा पराजित भएयता ब्राजिलले कुनै प्रतियोगितात्मक खेल खेलेको पनि छैन। लुइस फिलिप स्कोलारीको टोलीले ब्राजिल कति क्षमतावान हो भनेर फ्रान्ससँगको खेलमा देखाइसकेको छ।
विश्वकप आउन ठीक १ वर्ष बाँकीमा पेले भने विश्वका शीर्ष दुई टोली स्पेन र फ्रान्सभन्दा ब्राजिल अझै पछाडि रहेको देख्छन्। 'फ्रान्ससँगको विजय हाम्रा लागि निकै महत्त्वपूर्ण थियो, हामीले ब्राजिली टोलीको शक्ति देख्यौं, त्यसले ब्राजिललाई अगाडिको बाटो देखायो भने ब्राजिली प्रशंसकलाई आत्मविश्वासी बनायो,' पेलेले जर्मन स्पोर्टस न्युज एजेन्सी सिडसँग भने, 'विश्वकप आउन १ वर्ष बाँकी हुँदा स्पेन र जर्मनी उत्कृष्ट टोली हुन्। उनीहरूलाई ब्राजिलले पछ्याउने विश्वास मैले लिएको छु।'
ब्राजिललाई १९५८, १९६२ र १९७० को विश्वकप दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका ७२ वर्षीय पेले भौतिक पूर्वाधारका महत्त्वपूर्ण कार्य सम्पन्न हुन बाँकीले चिन्तित छन्। 'रंगशाला र भौतिक पूर्वाधारलाई लिएर हामी केही चिन्तित छौं,'  पेलेले भने, 'सरकारलाई अहिले हस्तक्षेप गर्नमा ढिलाइ गरेको र अहिले आर्थिक रूपमा गाह्रो भएको महसुस गरेको छु। त्यसै कारण गाह्रो भएको हो। तर समस्या भनेकै विस्तारै समाधान हुँदै जाने हो। सवै सामान्य रूपमा फर्किने छ,' पेलेले भने।
पेलेले अन्तरमहादेशीय कप, अर्को वर्षको विश्वकप र २०१६ को ओलम्पिक गर्नेक्रममा रहेको ब्राजिल यस्ता प्रतियोगिताको आयोजक बन्न सक्षम रहेको प्रमाणित गर्नुपर्ने बताए। 'हामीसँग अन्तरमहादेशीय कप, विश्वकप र ओलम्पिक गरी तीन ठूला प्रतियोगिता छन्। आफ्ना प्रतिबद्धता पूरा गरेर सक्षम आयोजना गर्न ब्राजिललाई राम्रो अवसर छ,' पेलेले भने।
२००७ मा रियोले पान अमेरिकन खेलकुद सफलतापूर्वक गरेको थियो, जसले ब्राजिलको विश्वकप र ओलम्पिक आयोजना गर्ने दाबी सहज बन्यो।
क्रिकेट मैदानमा पुबुदुको स्वागत

क्रिकेट मैदानमा पुबुदुको स्वागत

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले पुबुदु दासानायकेलाई सम्झौता पत्र दिएको भोलिपल्ट मंगलबार राष्ट्रिय खेलकुद परिषद, नेपाल क्रिकेट संघ र राष्ट्रिय खेलाडीहरुले क्रिकेट प्रशिक्षकलाई स्वागत गरेका छन् ।

राष्ट्रिय लिगमा आठ टोली पक्का

राष्ट्रिय लिगमा आठ टोली पक्का

काठमाडौं- दुई महिनापछि सुरु हुने राष्ट्रिय लिगका लागि आठ टोलीको टुंगो लागेको छ। दशरथ रंगशालामा मंगलबार सुरु हुने एन्फा कप फुटबलमा भाग लिने 'ए' डिभिजनका ६ तथा झापा र मोरङ...

१६ सयलाई उछिन्दै समीर दोस्रो

१६ सयलाई उछिन्दै समीर दोस्रो

काठमाडौं- युरोपको प्रतिष्ठित अल्ट्रा रेसमा ४७ राष्ट्रका १६ सय प्रतिस्पर्धीलाई उछिन्दै नेपाली सेनाका धावक समिर तामाङ दोस्रो भएका छन्। फ्रान्समा बिहीबार आयोजित टिडिएस १ सय १९ किलोमिटर अल्ट्रा रेस समिरले...

वैदेशिक प्रशिक्षणमा बक्सिङ

वैदेशिक प्रशिक्षणमा बक्सिङ

काठमाडौं- नेपाली बक्सिङ टोली वैदेशिक प्रशिक्षणका लागि शनिबार थाइल्यान्ड जाँदैछ।दक्षिण कोरियाको इन्चोनमा हुने १७औं एसियाली खेलकुदको तयारी गरिरहेको बक्सिङ टोलीले थाइल्यान्डमा १७ दिन प्रशिक्षण गर्नेछ।

दुई सय प्रतिशत दिन तयार छु : पुबुदु

दुई सय प्रतिशत दिन तयार छु : पुबुदु

काठमाडौं- पुबुदु दासानायके नेपाल फर्कंदा सधैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तामझाम हुन्छ। धेरैजसो फर्काइमा कुनै न कुनै सफलता साथमै ल्याउँथे उनी। त्यही भएर विमानस्थलमा उनका लागि भिड लाग्नु सामान्य भइसक्यो। बिहीबार...

लेखा समितिमा एन्फा अध्यक्ष थापा

लेखा समितिमा एन्फा अध्यक्ष थापा

काठमाडौं- सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई दुई दिन भित्र पछिल्लो पाँच बर्षको बैंक खाता विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। एन्फाका विवादित दुवै पक्षसँग बुधबार छलफलपछि...

एसियाडलाई कोरियाको व्यस्तता

एसियाडलाई कोरियाको व्यस्तता

इन्चोन- तेस्रोपटक एसियाली खेलकुद गर्न लागेको दक्षिण कोरियाली प्रशासनलाई अहिले भ्याइनभ्याई छ। एसियाली खेलकुदको ठूलो खेलमेलाको १७औं संस्करण इन्चोनमा सेप्टेम्बर १९ बाट हुँदैछ। एसियाका ४५ देशबाट खेलाडी र खेलकर्मी गरी...

फुटबलको नयाँ सिजन सुरु गर्दै एन्फा

फुटबलको नयाँ सिजन सुरु गर्दै एन्फा

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहमत क्लबको साथ लिएर फुटबलको नयाँ सिजन अघि बढाउने तयारी सुरु गरेको छ। अन्यौलबीच एन्फाले यसै महिना आयोजना गर्ने भनिएको नकआउटसहित अन्य फुटबल प्रतियोगिताको...