Wednesday 18 Chaitra, 2071 |
Menu

खेल

गोर्खा कपमा नयाँ च्याम्पियन

(0 votes)
काठमाडौं – गोर्खा कप फुटबलले नयाँ च्याम्पियन पाउने निश्चित भइसकेको छ। शनिबार फाइनल खेल्ने लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी क्लब दुवैले अहिलेसम्म गोर्खा कप जितेका छैनन्। यसअघि दुईपल्ट फाइनल पुगे पनि मनाङ उपाधि उचाल्नमा चुक्दै आएको थियो। आर्मी पहिलोपल्ट फाइनल खेल्दैछ।

मनाङले दुईपल्टको विजेता लक्ष्मी बैंक थ्री स्टार सेमिफाइनल र आर्मीले एकपल्टको विजेता पुलिसलाई क्वार्टरफाइनल हराएपछि गोर्खा कपमा नयाँ च्याम्पियन बन्ने पक्का भएको थियो। आर्मीले सेमिफाइनलमा ब्वाइज युनियनलाई पाखा हरायो। समूह चरणमा एउटैमा रहँदा आर्मीले मनाङलाई १–० ले हराएको थियो। दुई दशकपछि राजधानीमा नकआउट फुटबलको उपाधि उचाल्ने आर्मीसँग यो राम्रो मौका हुनेछ। तर मनाङका प्रशिक्षक अमृत पन्त गल्ती सुधार्दै उपाधि जित्ने बताउँछन्। 'आर्मी निकै राम्रो टिम हो। समूह चरणबाट छनोट भइसकेपछि हामीले आर्मीसँग खेलेर हारेका हौं,' उनले भने, 'अब ती गल्तीमा सुधार गर्नुपर्छ।' आर्मीविरुद्ध दुई विदेशी योना इलियास र अजिज साहिद नहुँदा टोलीको प्रदर्शनमा असर पर्ने भए पनि त्यसलाई अन्य खेलाडीबाट पूर्ति गर्ने उनको योजना छ।
दशरथ रंगशालामा ७ वर्षपछि आर्मी र मनाङ नकआउट फाइनल खेल्दैछन्। २०६३ मा सुर्वण शम्शेर कपमा मनाङले आर्मीलाई टाइब्रेकरमा पराजित गर्दै उपाधि उचालेको थियो। ३–० ले पछि परेको अवस्थाबाट ३–३ को बराबरी गरे पनि आर्मी टाइब्रेकरमा चुकेको थियो।
२०५० मा शुभजन्मोत्सव कप जितेयता आर्मीले दशरथ रंगशालामा कुनै उपाधि जितेको छैन। यसपटक फर्ममा रहेको आर्मी बढी आशावादी देखिन्छ। यसअघिका प्रदर्शनलाई निरन्तरता दिन सकेमात्र पनि आर्मी च्याम्पियन बन्ने सम्भावना रहन्छ। त्यसैले प्रशिक्षक योगम्बर सुवाल पुरानै सेट र पुरानै ४–४–२ को रणनीतिमा उत्रने पक्षमा छन्।
'यसअघि जे छ त्यसै गरि हामी उत्रन्छौं,' उनले योजना सुनाए,' सुरुमा केही समय विपक्षीको खेल हेरेपनि आवश्यकता अनुसार रणनीति फर्न पनि सक्नेछौं।' आर्मीका तीब्रगतिका दुई विङ्गर टंक बस्नेत र टेकबहादुर बुढाथोकीलाई रोक्न नसके मनाङ फेरी उपाधि विमुख हुन सक्छ। यद्दपी आर्मीमाथि एकरुपताको प्रदर्शन गर्ने चुनौति रहनेछ। आर्मीले महत्वपूर्ण खेलमा चुक्ने छविमा कसरी सुधार ल्याउने छ फाइनलमा त्यहि विषय महत्वपूर्ण हुनेछ। २०६३ को लिगको अन्तिम खेलमा पुलिससँग बराबरी गरे उपाधि जित्ने मौका आर्मीले गुमाएको थियो। आर्मीलाई हराएर पुलिस पहिलो पटक लिग च्याम्पियन बनेको थियो।
अब क्रिजमा फर्कन्नँ : भिट्टोरी

अब क्रिजमा फर्कन्नँ : भिट्टोरी

वेलिङ्टन– आफ्नो लामो समय न्युजिल्यान्ड क्रिकेटलाई समर्पित गरेका डानियल भिट्टोरीले अन्ततः मंगलबार अस्ट्रेलियाविरुद्धको विश्वकप फाइनल क्रिकेट जीवनको अन्तिम खेल भएको बताएका छन्।‘न्युजिल्यान्डका लागि यो नै मेरो अन्तिम खेल हो र...

युवालाई १७ गोलको भारी

युवालाई १७ गोलको भारी

तेहरान-एएफसी यु–२३ फुटबल च्याम्पियनसिपको छनोट चरणअन्तर्गत मंगलबार अन्तिम खेलमा नेपाल टोली प्यालेस्टाइनसँग ४–० ले पराजित भएको छ। तेहरानस्थित पिएएस रंगशालामा नेपालविरुद्ध प्यालेस्टाइनका मोहम्मद माराब्बाले ३१र ६३औंतथा फादी जिदानले ६४ र...

विश्वकपमा सफल र असफल

विश्वकपमा सफल र असफल

मेलबर्न-मेलबर्न क्रिकेट मैदानमा आयोजक अस्ट्रेलियालाई उपाधिको पगरी गुथाउँदै एकदिवसीय क्रिकेट विश्वकपको ११ औं संस्करण आइतबार सम्पन्न भएको छ। १४ टोलीको सहभागिता ४४ दिन चलेको विश्व क्रिकेटको सबैभन्दा ठूलो महोत्सवमा सहआयोजक...

कप्तान धोनीको प्रतिप्रश्न

कप्तान धोनीको प्रतिप्रश्न

सिड्नी– भारतीय क्रिकेट टोलीका कप्तान महेन्द्रसिंह धोनीले एकदिवसीय क्रिकेटबाट अलग रहने विषयमा कुनै संकेत गर्न अस्वीकार गरे। विश्वकप क्रिकेटको सेमिफाइनलमा बिहीबार अस्ट्रेलियासँग ९५ रनले पराजित भएपछि सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ...

अस्ट्रेलिया पाँचौं उपाधि नजिक

अस्ट्रेलिया पाँचौं उपाधि नजिक

सिड्नी– अस्ट्रेलियाले बिहीबार सिड्नी क्रिकेट मैदानमा भएको दोस्रो सेमिफाइनलमा भारतलाई ९५ रनले पराजित गर्दै पाचौं विश्वकप उपाधि नजिक पुगेको छ। टस जितेर ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले स्टिभ स्मिथको १ सय ५...

आर्मी पहिलोपल्ट च्याम्पियन (फोटो फिचरसहित)

आर्मी पहिलोपल्ट च्याम्पियन (फोटो फिचरसहित)

काठमाडौं-त्रिभुवन आर्मी क्लबले पहिलोपल्ट एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेटको उपाधि जितेको छ। आर्मीले मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई ५ विकेटले पराजित गरेपछि दोस्रो सहभागितामा उपाधि हत्याएको हो।

अनिल र महेशको कीर्तिमानी साझेदारी

अनिल र महेशको कीर्तिमानी साझेदारी

काठमाडौं-घरेलु क्रिकेटमा अनिल मण्डल र महेश क्षेत्रीले कीर्तिमान बनाएको दिन दुई विभागीय टोली त्रिभुवन आर्मी र एपिएफ क्लब राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेटको फाइनलपुगेका छन्। आर्मीले बैतडीलाई १ सय १८ रनले...

टेभेजप्रेरित युभेन्ट्स क्वार्टरफाइनलमा

टेभेजप्रेरित युभेन्ट्स क्वार्टरफाइनलमा

पेरिस– इभान राकेटिकको गोलमा बार्सिलोना बुधबार विजयी भएसँगै इङ्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिगबाट बाहिरीएको छ। पहिलो लेगमा २–१ ले गुमाएको सिटी दोस्रो लेगमा १–० ले पराजित भएपछि समग्रमा ३–१...