19 Ashad, 2072 |
Menu

खेल

ist-cc

नेइमारलाई दुई स्पेनीको प्रस्ताव

(0 votes)

मड्रिड– ब्राजिली स्टार नेइमारका लागि स्पेनका दुई ठूला क्लब बार्सिलोना र रियाल मड्रिडबाट प्रस्ताव आएको सान्तोसले स्वीकारेका छन्। 'व्यवस्थापक समितिका प्रतिनिधिसँग भेटमा उनलाई प्रस्ताव गरिएको छ। ती प्रस्तावलाई उनले विश्लेषण गर्नेछन् र आउने दिनमा सही निर्णय गर्नेछन्,' सान्तोसले शुक्रबार आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।


बार्सिलोना र रियालबाट नेइमारलाई प्रस्ताव आएको पुष्टि गर्दै सान्तोसका उपाध्यक्ष ओडिलियो रोर्डि्रग्युजले भनेका छन्, 'उनलाई क्लबमा राख्न हामीले आफ्नो ठाउँबाट सक्दो प्रयास गरेका थियौं।'

ब्राजिली अन्तर्राष्ट्रिय खेलाडी नेइमारले बार्सिलोनालाई आफ्नो नयाँ गन्तव्यका रुपमा रोज्ने अनुमान गरिएको थियो। तर, रियालले उनलाई भित्र्याउने आशा छोडेको छैन। बिनाउपाधि सिजनको अन्त्य गरेका कारण रियालका अध्यक्ष फ्लोरिन्टिनो पेरेज नेइमारलाई ल्याउन चाहन्छन्।

सान्तोषसँगको नेइमारको सम्झौता अर्को वर्ष सकिँदैछ। सम्झौता सकिएपछि उनले स्वतन्त्र सरुवामार्फत जुनसुकै क्लब रोज्न सक्नेछन्। तर, नेइमारका लागि बार्सिलोना वा रियालले सान्तोषसँग मात्र सहमति गरेर पर्याप्त हुँदैन। सान्तोसको स्वामित्वमा नेइमारको आर्थिक अधिकार ५५ प्रतिशत मात्र छ। बाँकी ४५ मध्ये ४० प्रतिसत डिआइएस समूह र ५ प्रतिशत टेइसाको भागमा छ।

पछिल्लो चार वर्षदेखि सान्तोसबाट २ सय ५६ खेल खेल्दा नेइमारले १ सय ५६ गोल गर्नुका साथै ७७ गोलमा सहयोगी भूमिका निर्वाह गरेका छन्। उनकै प्रभावशाली प्रदर्शनमा सन्तोसले ६० को दशकपछि पहिलो पटक सन् २०११ मा कोपा लिबरेटेडोर्स कप जितेको थियो। आधा शताब्दीअघि टोलीले यही सफलता हासिल गर्दा पेले मुख्य खेलाडी थिए। अन्तर्राष्ट्रिय स्तरमा आफूलाई प्रमाणित गर्ने सिलसिलामा नेइमारले ३२ खेलमा २० गोल गरिसकेका छन्।
संकटमा किशोर फुटबलर

संकटमा किशोर फुटबलर

काठमाडौं-नेपाली जनता महाभूकम्पको पीडा बिर्सने कोसिस गरिरहेका बेला किशोर फुटबलरहरू एएफसी यु–१४ फुटबल फेस्टिबल खेल्न ताजिकिस्तान उडेका थिए। अभ्यास गरिरहेका बेला उनीहरूले वैशाख २९ को अनुकम्पनलाई भोगे। जनजीवन सामान्य बन्दै...

जनकपुरलाई महिला राष्ट्रिय क्रिकेट उपाधि

जनकपुरलाई महिला राष्ट्रिय क्रिकेट उपाधि

पोखरा-क्षेत्र नम्बर–७ जनकपुरले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ। पोखरा रंगशालामा बुधबार भएको फाईनल खेलमा जनकपुरले सशस्त्र प्रहरी वलको एपीएफलाई ५ रनको झिनो अन्तरले पराजित गर्दै...

पूर्वाधार क्षतिले अस्तव्यस्त खेलकुद

पूर्वाधार क्षतिले अस्तव्यस्त खेलकुद

काठमाडौं-दक्षिण एसियाली खेलकुदको १२औं संस्करण हुने टुंगो छैन। एसियाली खेलकुद आउन चार वर्ष बाँकी छ। ओलम्पिक आउँदो वर्ष भए पनि त्यहाँ नेपालको उपस्थिति सहभागिताका लागि मात्र हो।

‘नेपाली फुटबलका हितैसी गुमायौं’

‘नेपाली फुटबलका हितैसी गुमायौं’

काठमाडौं– करेन्ट लागेर निधन भएका अखिल नेपाल फुटबल संघका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। भैंसेपाटीस्थित नयाँ घरमा सरेको दिन शुक्रबार करेन्ट लागेर उनको निधन भएको...

मेसीमा टिकेको अर्जेन्टिनी आस

मेसीमा टिकेको अर्जेन्टिनी आस

ला सेरेना– लियोनेल मेसीले बार्सिलोनाबाट सम्भव हुने सबैखाले सफलता आत्मसात गरिसकेका छन्। बार्सिलोनाका लागि गरेको प्रदर्शनकै आधारमा उनले आफूलाई विश्वको सर्वकालिन महान खेलाडीको सुचिमा उभ्याउन पनि सफल भएका छन्। तर...

लामाको आत्मसमिक्षा, आफैलाई ७५ अंक

लामाको आत्मसमिक्षा, आफैलाई ७५ अंक

काठमाडौं– राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले आफ्नो चार वर्षे कार्यकालको समिक्षा गर्दा मंगलबार आफैलाई ७५ अंक दिएका छन्।

बार्सिलोनाले जित्यो च्याम्पियन्स लिग

बार्सिलोनाले जित्यो च्याम्पियन्स लिग

बर्लिन-बार्सिलोनाले युभेन्टसलाई ३-१ को गोल अन्तरले पराजित गर्दै पाँचौं पटक च्याम्पियन्स लिगको उपाधी जितेको छ। शनिबार बर्लिनस्थित ओलम्पिक रंगाशालामा भएको खेलमा बार्सिलोनाका स्टार स्ट्राइकरहरुले गोल गर्दै टोलीलाई यो सिजनमा तेस्रो उपाधि...

ब्लाटर पाँचौंपल्ट कसरी अध्यक्ष भए?

ब्लाटर पाँचौंपल्ट कसरी अध्यक्ष भए?

जुरिच– न भ्रष्टाचार मुद्दाले लामो समय प्रभाव पार्‍यो, न फिफाको चमकमा कुनै कमी देखियो। न त युवा उम्मेद्वार अलीले नै कडा चुनौती पेश गर्न सके। विश्व फुटबल महासंघ (फिफा) को...