Friday 24 Baishak, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

थ्री स्टार र आरसिटीको लय

(0 votes)
काठमाडौं– दुईपल्टको विजेता लक्ष्मी बैंक थ्री स्टारले गोर्खा कप फुटबलमा शनिबार विजयी सुरुआत गर्दा चोटमुक्त भएर फर्केका कप्तान सन्तोष साहुखलले ह्याट्रिक गरेका छन्। तुलनात्मक रूपमा कमजोर नवलपरासीको देशभक्त युवा क्लबलाई ६–० ले हराउँदा थ्री स्टारबाट डुडोज, निराजन खड्का र योगेश गुरुङले १–१ गोल थपे।


nepalipatr-april
शनिबारै समूह 'बी' को अर्को खेलमा सुमन लामाको निर्णायक गोलमा म्याकडोवेल्स आरसिटीले ए डिभिजन प्रतिद्वन्द्वी एपिएफलाई २–१ ले हरायो। सुविन श्रेष्ठको सट्टा दोस्रो हाफमा मैदान छिरेका सुमनले अन्तिम ११ मिनेट बाँकीमा लोभलाग्दो गोल गर्दै आरसिटीलाई सिजनको पहिलो खेलमै जित दिलाए। फुटबलबाट अलग भएको एनआरटीबाट आरसिटी पुगेका रोशन लामिछानेको पास अघि बढाउँदै सुमनले पेनाल्टी बक्स बाहिरबाट कडा प्रहार गर्दा बल गोलमा परिणत भयो। सुमनको आरसिटीबा डेब्यु खेल हो।

त्यसअघि पहिलो मिनेटमै अमर डंगोलको गोलमा आरसिटीले अग्रता लियो। एकल प्रयासमा अमरले पेनाल्टी बक्स बाहिरबाट शक्तिशाली प्रहारमा गोल गरे। पहिलो हाफमै बराबरीको मौका चुकाएको एपिएफलाई ५०औं मिनेटमा सफलता मिल्यो। गत वर्ष यती हिमालयन शेर्पाबाट खेलेका जाङ्बु शेर्पाको पासमा राजेन्द्र रावलले नजिकबाट गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफमा गणेश लावतीले पेनाल्टीमा गोल गर्न नसक्दा बराबरी अवसर गुमेको हो। ३८औं मिनेटमा जाङ्बुलाई आरसिटीका डिकेश खड्गीले पेनाल्टी बक्सभित्र फाउल हानेपछि फिफा रेफ्री लव खत्रीले एपिएफलाई पेनाल्टी हान्न दिए। गणेशले पेनाल्टी प्रहार आरसिटी गोलकिपर दिलीप क्षेत्रीले रोके। पेनाल्टीकै दुईपल्टको रिबाउन्डलाई पनि दिलीपले विफल पार्दै खेल बराबरी हुनबाट जोगाए। उनले पहिलो रिवाउन्डमा गणेश र त्यसपछि रिबाउन्डमा टोपबहादुर विष्ट दुवैको प्रहार विफल पारे। राजेन्द्रको गोलपछि एपिएफले दबाब बढाउँदै लगे पनि गोल थप्न भने सकेन। गणेशले दुईटा उत्कृष्ट मौका खेर फाल्नुको मूल्य टोलीले अन्तिमतिर गोल खाएर चुकाउनुपर्यो ।

एपिएफका प्रशिक्षक जनक सिंहले गणेशले पेनाल्टीमा गोल गर्न नसक्नु नै क्लबको दुर्भाग्य भएको बताए। 'समग्रमा राम्रो खेल्यांै। रक्षापंक्तिमा अझै कमजोरी देखियो,' उनले भने, 'दबाब दिएर पनि गोल गर्न नसक्दा हार्यौंन।' चार खेलाडी श्याम नेपाली, शिवराम गिरी, रञ्जन विष्ट र सरोज कोइराला विभागीय तालिमबाट फर्केपछि टोली बलियो हुने जनाउँदै सिंहले भने, 'उनीहरूले यो प्रतियोगिता भने खेल्न भ्याउँदैनन्।'

समान स्तरको टोली भएकाले एपिएफविरुद्ध जित्ने लक्ष्यसहित उत्रिएको जनाउँदै आरसिटीका प्रशिक्षक मधु कार्कीले भने, 'पछिल्लो ६ दिनमा टिम बनाउँदै र प्रशिक्षण सँगै गर्यौंप। त्यतिमा यो नतिजा राम्रै हो। तर फिटनेस पुगेको छैन। टिमसेट हुन केही समय लाग्छ।'

दुई साताअघि एएफसी प्रेसिडेन्ट्स कपको अन्तिम चरणमा छनोट थ्री स्टारले देशभक्तविरुद्ध १५औं मिनेटमा गोलको खाता खोल्यो। प्रकाश बुढाथोकीको क्रसमा सन्तोषले सिक्स यार्डबाट भलीमा गोल गरे। मध्यान्तर हुन दुई मिनेट बाँकीमा डुडोजले अन्तर दोब्बर बनाए। जगजित श्रेष्ठको क्रसमा विपक्षी गोलकिपर गोकुल छन्त्याल बिट भइसकेपछि डुडोडले नजिकबाट खाली पोस्टको मौका छोपे। मध्यान्तरअघि नै ३–० अग्रता लिन अवसरबाट थ्री स्टार चुक्यो। अजय पौडेलले आफैलाई फाउल हानेपछि पाएको पेनाल्टी सन्तोषले प्रहार गर्दा गोकुलले रोकेका थिए। त्यसअघि सन्तोष हानेको पेनाल्टी गोल भएपछि टोलीका अन्य खेलाडी पेनाल्टी बक्सभित्र छिरेकाले त्यो गोललाई फिफा रेफ्री सुदीश पाण्डेले मान्यता दिएनन् र दोस्रोपल्टक हान्न लगाएका थिए।

हातको चोट पूर्ण ठीक नभएका कारण प्रेसिडेन्ट्स कपका दुई खेल गुमाएका सन्तोषले ५२औं मिनेटमा डुडोजको पासमा गोललाइनबाट वान टचमै अर्को गोल गरे। त्यसको दुई मिनेटपछि जगजितको पासमा सन्तोषले मिलाइदिएको बललाई निराजनले पोस्टको बाटो देखाए। सन्तोषले ५८औं मिनेटमा ह्याटि्रक पूरा गरे। जारी गोर्खा कपमा ह्याटि्रक गर्ने उनी दोस्रो खेलाडी हुन्। पहिलो दिन सरस्वतीविरुद्ध ६–१ को जितमा मछिन्द्रका कर्ण लिम्बुले ह्याटि्रक गरेका थिए। जगजितको क्रसमा आएको बल गोलकिपर गोकुलले फुत्काएपछि त्यसमा गोल गर्दै सन्तोषले ह्याटि्रक पूरा गरेका हुन्। अन्तिम तीन मिनेट बाँकी हुँदा योगेशले पेनाल्टी बक्सबाट चिप गरेको बल पोलमा ठोक्किएर गोलमा परिणत भयो।

थ्री स्टारका प्रशिक्षक प्रदीप हुमागाईंले प्रतिद्वन्द्वी सहज हुँदा धेरै गोल भए पनि प्रदर्शन सन्तोषजनक नरहेको बताए। 'पहिलो हाफ राम्रो थिएन। दोस्रो हाफमा केही सुधार भयो र गोल पनि भयो,' उनले भने, 'उपाधितर्फ अघि बढ्न यो प्रदर्शनलाई बिर्सनुपर्छ।' हुमागाईंले दशरथ रंगशालामा पहिलोपल्ट दोस्रो रोजाइका गोलकिपर एलेन न्यौपानेलाई मौका दिनुको कारण खुलाउँदै भने, 'आहा–रारा गोल्डकप खेल्दा उनी किपर थिए। यहाँ पनि हामी खेलाउने प्रयास गरेका थियौं। तर कारणवश मिलेको थिएन। उनको मनोबल बढाउन अन्य खेलमा पनि अवसर दिन्छौं।' किरण चेम्जोङको सट्टा एलेनले ६३औं मिनेटबाट थ्री स्टारको पोस्ट सम्हाले।

देशभक्तका प्रशिक्षक जितबहादुर पुनले सहभागिता ठूलो भएको उल्लेख गर्दै कम गोल खाने रणनीति सफल नभएको बताए। '८–१० दिनअघि खबर पाएपछि खेलाडी खोजेर बिनातयारी यहाँ आएका हौं। त्यसले जित्ने अेपक्षा थिएन। कम गोल खाने रणनीति थियो,' उनले भने, 'तर थ्री स्टार राम्रो टोली भएकाले सोचेजस्तो भएन।'

गोर्खा कपमा आइतबार

आर्मीविरुद्ध संकटा (२ बजे)

मनाङविरुद्ध टुसाल (४ बजे)

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...